Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

मणि थुक्पा उद्योग पूर्वमै उत्कृष्ट, दश जनालाई रोगगारी

\"\"झापा । झापा अर्जुनधारा नगरपालिका–१० स्थित मणि थुक्पा उद्योग प्रदेश नं. १ को उत्कृष्ट घरेलु तथा साना उद्योगको रुपमा पुरस्कृत भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर प्रदेश नम्बर १ मा रहेका उद्योगमध्ये मणि थुक्पा उद्योगलाई उत्कृष्ट उद्योगको रुपमा पुरस्कृत गरेको हो । झण्डै १५ वर्ष अघि रु २० लाख लगानीमा डम्बरकुमारी श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त उद्योगले पछिल्लो दुई वर्षयता रंङ र केमिकल रहित थुक्पासहित १५ प्रकारका खाद्य सामग्री उत्पादन गर्दै आएको छ । स्वास्थ्यका दृष्टिकोणले पोषणयुक्त खाद्य वस्तु उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उद्योगलाई प्रदेश नंम्वर १ मा उत्कृष्ठ घरेलु तथा साना उद्योगका रुपमा पुरस्कृत गरेको हो । विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा दोस्रो खाद्य स्वच्छता महिनाको अवसरमा सात प्रदेशका सात उद्योगलाई पुरस्कृत गरेको बताइएको छ । स्वच्छ र गुणस्तरीय खाद्य उत्पादन नै उद्योगको प्रमुख प्राथमिकता हो, उद्योगका सञ्चालक श्रेष्ठले भने– “हामीले विगत दुई वर्षदेखि मिसावट रहित, रङ र केमिकल रहित खाद्य वस्तु उत्पादन गर्दै आएका छौँ ।” खाद्य नियमावली २०७० को अनुसूची १० को दफा २२ मा प्रति किलोमा रङ २०० मिलिग्राम नबढाई हाल्ने प्रावधन भए पनि पकाएको खानेकुरामा रङ हाल्न नपाइने उल्लेख छ । तर, पछिल्लो समय अधिकांश तयारी खानामा रंङको प्रयोग गरिएको पाईन्छ । यसले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको चिकित्सकको भनाइ छ । दश जनालाई रोगगारी मणि थुक्पा उद्योगले अहिले दश जनालाई रोगजारी प्रदान गरेको छ । पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङसहित मोरङ तथा सुनसरीमा समेत यो उद्योगको उत्पादन पुग्ने गरेको छ । कूल बजार मागको १० प्रतिशत मात्र आफ्नो उद्योगको सामग्री बजारमा जाने गरेको सञ्चालक श्रेष्ठको भनाइ छ । उनी भन्छन् –“पछिल्लो समय थुप्कालगायत तयारी नुडल्सको माग पूर्वमा अधिक छ, हामीलाई धान्नै गाह्रो छ ।” उत्पादनका हिसाबले हामीले कम मात्रै सामग्री उत्पादन गर्न सकेका छौँ श्रेष्ठले भन्नुभयोे– “तर, गुणस्तरमा भने कुनै कञ्जुस्याइँ छैन ।” हाल उद्योगले नेपालमै पहिलो पटक सोलार प्रविधिबाट थुक्पा सुकाउने मेसिन भित्र्याउन लागेको पनि उनले जानकारी दिए । हामीले उत्पादन गरेको सम्पूर्ण सामग्री ‘जङफुड’ अन्तर्गत पर्दैन, श्रेष्ठले भने– “हामी फापर, आँटा र भेजिटेवल सामग्री बजारमा लिएर आएका छौँ, निकट भविश्यमा नै ननभेजिटेवल सामग्री पनि बजारमा ल्याउँछौँ, जसका लागि ल्याब टेष्टमा पठाएका छौँ ।” श्रेष्ठको उद्योगमा उत्पादित सवै सामग्री अजिना, रङ र केमिकलरहित हुने गरेको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending