Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

कम विद्यार्थी भएका विद्यालय गाभिदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो । पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभूत विद्यालय लक्ष्मीपुरमा र वडा नं ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाभिएको हो । अन्य विद्यालयले पनि गाभिनका लागि निवेदन दिएको र त्यसलाई क्रमशः अनुगमन गरेर कार्यान्वयन गरिने बताइएको छ । गाभिएका विद्यालयमा रहेका शिक्षकलाई आवश्यकताअनुसार विभिन्न विद्यालयमा पठाइने पनि संयोजक विकले बताए । यसैबीच तुलसीपुर उपमहानगरपालिकामा आज बसेको शिक्षा समितिको बैठकले विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा बालमनोविज्ञानमा नकारात्मक असर पार्नेखालका गीत र नृत्य प्रस्तुत नगर्न आग्रह गर्ने निर्णय गरेको छ । बालबालिकालाई सस्ता, भद्दा र अश्लीलखालका गीतमा नृत्य गराउनाले उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै बैठकले राष्ट्रिय भावधाराका गीतमा नृत्य गर्नका लागि आग्रह गर्नेसमेत निर्णय गरेको छ । यसैगरी शिक्षक महासंघले बुझाएका विरोध तथा मागपत्र अध्ययन गरेर स्थानीय तहले गर्ने भनेका कुरा स्थानीय तह र संघ र प्रदेशले गर्ने कुराका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page