Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

गुणस्तरहिन काम गर्न नमानेपछि इन्जिनियरमाथि कांग्रेस नेताले लगाए घुस मागेको आरोप

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा एक उपभोक्ता समितिले गुणस्तरहिक काम गर्न नमागेपछि सव इन्जिनियरलाई २० हजार घुस मागेको आरोप लगाइएको छ । कटारी नगरपालिका १० सोरुङ्ग छब्बिसेको हर्रा भञ्ज्याङ भालुखोला जोर्तिघाट सडक निमार्ण उपभोक्ता समितिले नगरपालिकाका सव इन्जिनियर ओम मिश्रलाई यस्तो आरोप लगाइएको हो । सव इन्जिनियर ओम मिश्रलाई २० हजार घुस मागेको आरोप लगाइएको नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले खबरडबलीलार्इ बताए । ‘कुनै प्रमाण छैन, घुस खायो २० हजार सव इन्जिनियरले भनेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘कारवाही गर, मात्र भन्छन, तर, कुन नम्वरको, कति वेला, कहाँबाट २० हजार लिएको कोही भन्दैनन, स्काईभेटर व्यवसायी तथा नेपाली कांग्रेस कटारी नेता कृष्ण थापाले पार्टीगत रिसीवि साँधेर यस्तो आरोप लगाएका हुन ।’ यता कटारी नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले पनि आरोप झुटो रहेको बताएकी छिन । गुणस्तर हिन काम गर्ने अनि स्काईभेटर तथा जेसिवि व्यवसायीले नगरपालिकालाई तिर्ने करसमेत नतिर्ने नेपाली कांग्रेस कटारी नेता कृष्ण थापाले योजना बनाएर सव इन्जिनियर मिश्रले आरोप लगाएको बताए । ‘थापा जीले स्काइभेटर प्रयोगको कर कर नलिदिनु मलाई पटक पटक आग्रह गरेका थिए,’ उनले खबरडबलीलार्इ भने, ‘उनले गरेका अनेका कामहरु गुणस्तर हिन हुन्छन, ति सवैको भुक्तानी दिन्न, काममा सुधार गर भन्छु, त्यही भएकाले आरोप लागेको हो ।’ नगरपालिकाकाले लिने भाडा बहाल कर मागेपछि सव इन्जिनियरलाई २० हजार घुस मागेको आरोप लगाइएको छ। स्थानीय स्काईभेटर व्यवसायी तथा नेपाली काँग्रेस कटारी नेता कृष्ण थापाले उपभोक्ता समुह परिचालन गरी घुस मागेको भनेर निरथक प्रपोकाण्ड मच्चाएका छन। आरोपित सव इन्जिनियर ओम मिश्रले आफुलाई कल्पोकल्पित आरोप लगाएको बताए । ‘ओम मिश्रले २० हजार घुस खायो भनेर सामाजिक सञ्जालहरु भाइरल बनाइएको छ, चरित्र हत्या गरिएको छ, न्याय खोज्न कहाँ जाउ, २० हजार रुपैँयामा कस्ता कस्ता नोट मैले लिए, अनि कहाँबाट कसरी लिए कोही भन्दैनन, आरोप लगाए अव कानुनी उपचारको अघि बढ्छु ।’ सव इन्जिनयर मिश्रले स्काईभेटर व्यवसायी तथा नेपाली काँग्रेस कटारी नेता कृष्ण थापाले स्काईभेटरले काम गरेको कर समेत नलिन आग्रह गर्दै आएका थिए। ‘थापाजीले स्काइभेटर प्रयोगको कर कर नलिदिनु मलाई पटक पटक आग्रह गरेका थिए,’ मिश्रले खबरडबलीलार्इ भने, ‘मैले मानेको थिइन, पछि तलाँई देखाउँछु भन्दै धम्की दिँदै उपभोक्ता समिति परिचालन गरी २० हजार घुस खाएको आरोप लगाए चरित्र हत्या गरे ।’ सोरुङ्गछब्बिसेको हर्रा भञ्ज्याङ भालुखोला जोर्तिघाट सडक निमार्ण उपभोक्ता समितिले निर्माण काम गरेको थियो। सोही सडकमा थापाकै स्काईभेटरले सडक निर्माण गरिएको थियो। कटारी क्षेत्रमा लामो समयदेखि स्काईभेरको व्यवसाय गर्दै आएका छन । नेपाली काँग्रेस कटारीका नेता समेत रहेका थापाले आफुले उपभोक्ता समुह परिचालन नगरेको बताएका छन । ‘अहिले नगरपालिकाका घुसिया कर्मचारी संरक्षणमा जुटेको छ,’ उनले भने, ‘मैले व्यवसाय गर्दा नगरपालिकाकालाई बुझाउने सवै कर तिरकै छु, उपभोक्ता समुहका अध्यक्ष मानबहादुर खत्रीले होटलमा लगेर पैसा दिएको भनेका छन ।’ कटारी नगरपालिकाका १० का वडा अध्यक्ष लिला भट्टराईले जनप्रतिनिधि र नगरपालिकाकाको कर्मचारीको चरित्र हत्या गर्न २० हजार घुसको हल्ला गरेको बताए। ‘मैले उपभोक्ता समितिका मान्छेहरुसँग पनि बुझे,’ उनले भने, ‘होटलमा लगेर २० हजार घुस दिइएको छ भनेको छ, तर, कतै प्रमाण छैन, भगवान जानोस, २० घुस लिएको ठोस प्रमाण छैन ।’ नाम नखुलाउने शर्तमा एक जना उपभोक्ता समितिका सदस्यले स्काईभेटर तथा जेसिवि व्यवसायिक थापा र उपभोक्ता समितिका पदाधिकारीले योजना बनाएर सव इन्जिनियरलाई आरोप लगाएको बताए । ‘कृष्ण थापा, उपभोक्ता समितिका पदाधिकारीले गुणस्तरहिन काम गर्न खोजेका थिए,’ उनले भने, ‘सव इन्जिनियर नमानेपछि घुस खाएको आरोप लगाएर फसाउने योजना बनाइएको थियो ।, कनि झगडा प¥यो थाहा भएन, मलाई माइनोटमा हस्ताक्षर गर्न मात्र बोलाउँछन ।’ यता उपभोक्त समितिका अध्यक्ष मानबहादुर खत्रीले २० हजार रुपैयाँ घुसदिएको भनिएपनि सम्पर्क हुन सकेन। तर, इलाका प्रकाशन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले गएको बैशाष १६ गते उपभोक्ता समितिले सवा ईन्जिनियरले ४५ हजार मागेका र पछि २० हजार दिएको दिएको भन्ने आधारहिन निवेदन आएको बताए। ‘निवेदन ल्याउनेसँगै मैले प्रमाणहरु मागे,’ पौडेलले भने, ‘कसैले केही प्रमाण दिन सकेनन, मैले सव इन्जिनियसँग स्प्रष्टिीकरण लिएको छु, मलाई लाग्यो आरोप मत्र हरेछ भन्ने ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies