Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

५ हजार बालबालिकामा मुटु रोग

जाजरकोट । सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच ९स्क्रिनिङ० गरेको छ । ‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै बालबालिकामा मुटुरोगको समस्या देखियो’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले भने, “काठमाडौँंलगायत शहरमा परीक्षण गर्दा एक हजारमा एक जनामा समस्या देखिन्थ्यो तर जाजरकोटमा एक हजारमा सात जनामा समस्या देखियो ।’ करिब पाँच हजार बालबालिकामा गरिएको परीक्षणमा ३६ जना बालबालिकामा बाथ मुटुरोग (मुटुको भल्भको समस्या) को समस्या देखिएको छ ।” त्यसमध्ये दुई जनाको शल्यिक्रया नै गर्नुपर्ने भएको छ । उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइनेछ । अन्यले औषधि सेवन गरे ठीक हुने अवस्था छ ।” नेपाल हृदयरोग निवारण प्रतिष्ठानले जिल्लाका केही विद्यालयमा गरेको मुटुरोगसम्बन्धी स्क्रिनिङबाट यस्तो तथ्य फेला परेको हो । जन्मजात मुटुरोग हुने (मुटुमा प्वाल पर्ने) बालबालिकाको संख्या भने एक हजारमा तीन जना रहेको छ, यो भने सामान्य हो डा रेग्मीले भने, “गरिबी, विपन्नता, अशिक्षा, पोषणको कमी, आहार, बिहारको सन्तुलन नमिल्नुलगायत कारण मुटुरोग देखा पर्ने गरेको छ । बालबालिकामा टनसिल अर्थात् घाँटीको समस्या देखा परेका बेला समयमा उपचार नगरे मुटुको भल्भमा समस्या देखिन्छ।” नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म जाजरकोट भेरी नगरपालिकाका विभिन्न विद्यालयमा मुटरोगको स्क्रिनिङ गरिएको हो । वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मी, डा सत्यनारायण सुवाल, डा देव न्यौपाने, डा जिज्ञासा रेग्मीलगायत चिकित्सकले बालबालिका र युवाको मुटुरोग परीक्षण गरेका थिए । स्क्रिनिङ गर्दा मुटुमा समस्या देखिए ईको तथा इसीजी गरेर खास समस्या पत्ता लगाउने गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान अध्यक्ष दीपेन्द्र पुरुष ढकालले बताए । उहाँले मानवीय सेवाभावले यस दुर्गम जिल्लामा मुटुरोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम र शिविर आयोजना गरिएको बताए । शिविरमा पाँच हजार बालबालिका र एक हजार वयष्क गरी करिब ६ हजारले मुटु परीक्षण गराएका छन्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending