Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

जमिन फाटेपछि स्थानान्तरणको खोजीमा सहलकोटवासी

पाल्पा, हालैको विनाशकारी भूकम्पले पूर्ण रुपले क्षति भएको सहलकोट गाविसको सुकेकोटको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । लगातार भूकम्पको पराकम्पनका कारण जमिनमा धाँजा फाटेपछि सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हो । पहिलो र दोस्रो भूकम्पबाट विपत्तिको सामाना गरेका सहलकोटवासीलाई तेस्रोपटकको विनाशकारी भूकम्पले जमिन नै फाट्ने गरी क्षति पु¥याएपछि ५५ घरपरिवार पूर्णरुपले गाउँबाटै विस्थापित हुने भएको छ । ‘भूकम्पबाट घर भत्कियो, दुःखसुख गरी सानोतिनो ओत लाग्ने ठाउँ बनाएर जीविकोपार्जन गरौँला भन्ने सोच थियो तर तेस्रोपटकको प्रकम्पनले घर नजिकैको जमिन पनि चर्कियो, अब कहाँ जाने हो’– तिलबहादुर रानाले भने । घर बनाउन नसकेको अवस्थामा विपत्ति प¥यो, घर बनाउन पनि जग्गा नै छैन् कहाँ जाने स्थानीय अर्का खुमबहादुर रानाले पनि दुःखेसो गरे । दैवी विपत्ति कतिबेला आउँछ त्यो कसैलाई थाहा नहुँदो रहेछ, पहिले त घरमा मात्र क्षति पुगेको थियो पछि आएको प्रकम्पनले झन् जमिन नै धाँजा फाट्न थालेपछि कहाँ गएर ज्यान बचाउने भन्ने तिन्ताले सताएको यमबहादुर रानाले गुनासो गरे । गत वैशाख १२ र १३ गतेको भूकम्पले सुकेकोटका ५५ घरमध्ये २६ घर पूर्ण रुपमा र बाँकी घर चर्किएर ठूलो क्षति पुगेको थियो भने पछि गएको अर्को विनाशकारी प्रकम्पनले चर्केका घरमा पूरै क्षति पुगेपछि यस क्षेत्रका बासिन्दा कहाँ गएर दिनरात बिताउने हो भन्ने चिन्तामा डुबेका छन् । यस्ता बस्ती जिल्लामा धेरै स्थानमा छन् । कसेनी गाविसको सरापकोट, कोलडाँडाको सत्यवती, हुमिनको लोरेन्जस्ता बस्तीहरु उच्च जोखिममा रहेका छन् । विशेषगरी पाल्पामा चुरे आसपासका क्षेत्रमा यस्ता समस्या देखिएका छन् । पाल्पाको कुल भू–भागमध्ये १८ प्रतिशत भू–भाग चुरे क्षेत्रमा पर्दछ । चुरे क्षेत्र आसपासका बस्ती उच्च जोखिममा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies