Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि ठगी मुद्दामा यसरी समातिए

लमजुङ । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले कैद सजाय र जरिवाना तोकी फरार सूचीमा रहेका जनप्रतिनिधिलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित दूधपोखरी गाउँपालिका-१, का वडा सदस्य भरतप्रसाद भट्टराईलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी पदमबहादुर विष्टका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटेर गएको टोलीले भट्टराईलाई दूधपोखरी गाउँपालिका-१ दूधपोखरी माझीबारीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको र शुक्रबार जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अदालतले उनलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो । स्रोतका अनुसार उनलाई स्थानीय तहको निर्वाचनअघि जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला सुनाएको थियो । प्रहरीले उनको फैसलाको एकीन मिति भनेको छैन । अदालतले उनलाई फरार अभियुक्तको सूचीमा रहेको जानकारी दिएपछि प्रहरी उनलाई पक्राउ गर्न १ दिनको बाटो दूधपोखरी माझीबारी पुगेको थियो । प्रहरीले पक्राउ गरेका जनप्रतिनिधि वडा सदस्य भट्टराई दूधपोखरी गाउँपालिका-२, बिचौरस्थित बागिश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत हुन् । गाउँमा उनले अन्य व्यक्तिलाई पनि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको र उनी पक्राउ परेसँगै अन्य पीडित पनि थप मुद्दा लिएर प्रहरीकोमा आउने तयारी गरेको एक स्थानीयले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending