Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

प्रदेश नं ४ को राजधानी र नाम तोक्ने समितिको म्याद थप

पोखरा । प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन गरिएको जानकारी दिए । विभिन्न जिल्लाबाट आएका सुझावको समीक्षाका साथै राजनीतिक दलबाट आवश्यक सुझाव लिँदै प्रतिवेदनलाई अन्तिम रुप दिन म्याद समाप्त भएको मितिले १० दिन म्याद थप गर्न उनले प्रस्ताव गरे । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले समर्थन गर्नुभएको उक्त म्याद थपको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको चैत १२ गतेको बैठकले एक महिनाको कार्यावधिसहित प्रदेशको राजधानी तथा नामाङ्कन विषयक समिति गठन गरेको थियो । त्यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । मंगलबारको बैठकमा शून्य समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, राजीव पहारी, लक्ष्मी सुनार, ललितकला गुरुङ, सरिता गुरुङ र हरिशरण आचार्यले प्रदेशभित्रका विभिन्न समस्या सम्बन्धमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै, विशेष समयमा कृष्णबहादुर थापा, मणिभद्र कणेल, रामजी बराल ‘जीवन’, पियारी थापा, धनञ्जय पोखरेल लामा, मेखलाल श्रेष्ठ, दीपक कोइराला र राजीव पहारीले आआफ्ना धारणा राखेका थिए । यसअघिका बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नबारे जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारले प्रदेशमा स्तरीय औद्योगिक क्षेत्रको निर्माण, कोरला–पोखरा, पोखरा–त्रिवेणी सडकको विकास तथा विस्तार, फेवातालको संरक्षणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए । प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रणका लागि समिति बनाएर काम अघि बढाइएको पनि उनले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies