Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ओली र प्रचण्डको घुमाउरो कथन–‘एकता विलम्ब हुन्छ ?’

\"\"काठमाडौं । एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित संयुक्त कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले पार्टी एकताअगाडि दुवै नेता आपसी विश्वासको वातावरण बनाउने र एकीकृत पार्टीको संगठनको अनुपात मिलाउने छलफलमा अझै अल्झिएको प्रस्टै संकेत दिएको छ । आइतबारको सार्वजनिक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अलिक बढी एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट विश्वस्त हुन चाहिरहेका थिए भने ओली दाहाललाई विभेदरहित र सम्मानजनक एकतामा आशंका नगर्न आग्रह गर्दै थिए । पार्टी स्थापना दिवसमै पार्टी एकता गर्ने सम्भावित मिति टारेका एमाले(माओवादीले आइतबारको सभाबाट नयाँ मिति घोषणा गर्ने अपेक्षा दुवै पार्टीका नेता(कार्यकर्ताले गरेका थिए । तर, अझै पनि ओली(दाहाल आपसमा विश्वस्त हुन नसकेका कारण नयाँ मिति अन्योलमा परेको छ । यसलाई नेताहरूले भने चलाखीपूर्ण तरिकाबाट सम्बोधनका क्रममा मिति घोषणा नगरी ‘ढ्याम्मै’ पार्टी एकता गर्ने जवाफ दिएका छन् । एमालेले ९ वैशाखमा पार्टी एकता हुन नसके पनि पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकताको नयाँ मिति घोषणा गर्न माओवादी नेतृत्वसँग प्रस्ताव गरेको थियो । तर, माओवादीले एकताका समग्र विषय नमिलेसम्म नहतारिन गरेको आग्रहपछि आइतबार पार्टी एकताको नयाँ मिति घोषणा टरेको थियो । माओवादी अध्यक्ष दाहाल पार्टी एकतापछि पनि केन्द्रमा आफ्नो बलियो वर्चस्व कायम गरिराख्न चाहन्छन् । त्यसैले पनि उनले केन्द्रमा बराबरी आधारमा एकताको मोडेलमा एमाले अध्यक्ष ओलीसँगको ‘वन टु वन’ वार्तामा अडान लिइरहेका छन् । दाहालले आइतबारको कार्यक्रममा पनि पार्टी एकता गर्दा निर्माण हुने संगठनात्मक मोडालिटीमा पनि आफ्नो समय खर्चे । उनले शनिबार मात्रै ओलीसँगको ‘वन टु वन’ वार्तामा एकतापछिको पार्टी संगठनको मोडालिटीबारे तीन वटा सूत्रमा छलफल भएको खुलाए । उनले भने, ‘हामी दुई अध्यक्षबीच संगठनात्मक मोडालिटीका विषयमा पनि सहमति भएको छ । पहिलो, सम्मानजनक ढंगले एकता गर्नुपर्छ । कसैले कसैलाई हिमुलेट गर्ने, अपमानित गर्ने, विभेद गर्ने गरी एकता हुन सक्दैन । दोस्रो, एकता गर्दा समानताको सिद्धान्तलाई अंगीकार गर्नुपर्ने र तेस्रो न्यायोचित ढंगले एकता गर्ने समझदारी छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending