Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

खबरडबली संवाददाता

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीका लागि दातृ निकायले उपलब्ध गराएका करोडौँका विद्युतीय बस फेरि विवादको केन्द्रमा परेका छन्। प्रदूषणमुक्त लुम्बिनी बनाउने उद्देश्यले ल्याइएका पाँच बस र चौध साना सवारी साधन वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किँदै आएका छन्।

छ वर्षको अवधिमा सरकार फेरिँदा प्रत्येकपटक निर्देशन र अनुगमन भए पनि स्थायी समाधान ननिस्कँदा यी सवारी अलपत्र परेका थिए। हालै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयबाट मौखिक निर्देशन आएपछि दुई दिन परीक्षणका रूपमा सञ्चालन गरिए पनि त्यसले निरन्तरता पाएन।

तेस्रो दिनदेखि बसहरू भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर राखिएका छन्।

अब विभिन्न विमानस्थलमा सञ्चालन हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेलुम्बिनी विकास कोषले सञ्चालन गर्न नसकेको भन्दै जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको हो।

निर्णयअनुसार दुई बस पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा र एक–एक बस नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलमा पठाइने तयारी गरिएको छ।

मर्मत अभावले बिग्रिए सवारी

२१ करोड रुपैयाँ लागतका यी सवारी साधन लामो समय घामपानीमा थन्किँदा अधिकांशका शीतल प्रणाली र अन्य उपकरण बिग्रिएका छन्। विकास कोषका अनुसार मर्मतमा मात्रै करिब एक करोड रुपैयाँ लाग्ने अनुमान छ। पाँचमध्ये तीन बस बिग्रिएको अवस्थामा छन् भने आधा साना सवारी साधन ग्यारेजमा थन्किएका छन्।

२०७७ साल मंसिर र पुसमा एसियाली विकास बैंकको अनुदानमा ल्याइएका यी सवारी धार्मिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका लागि उपयोग गर्ने उद्देश्य थियो। तर सञ्चालन कार्यविधि, चालक पारिश्रमिक, मर्मत खर्च र कानुनी जटिलताका कारण निर्णय हुन नसक्दा सेवा नियमित हुन सकेन।

स्थानीयको असन्तोष

रुपन्देहीका विभिन्न संघसंस्थाले लुम्बिनीका लागि ल्याइएका सवारी बाहिर नलैजान माग गर्दै आएका थिए। लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार यी सवारी सुचारु भए लुम्बिनीलाई तिलौराकोट, रामग्राम र देवदहजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक पर्यटनमा ठूलो टेवा पुग्ने थियो।

तर मन्त्रालयको निर्णयपछि बसहरू विमानस्थलतिर मोडिँदा स्थानीयवासीले विकास कोष र मन्त्रालय दुवैप्रति असन्तोष व्यक्त गरेका छन्।

लुम्बिनीका लागि भनेर ल्याइएका साधन लुम्बिनीमै चल्न नसक्नुले योजना कार्यान्वयनमा देखिएको अन्योल र निर्णयहीनता फेरि उजागर भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही : नेकपा संयुक्त

काठमाडौं । नेकपा संयुक्तले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भएको टिप्पणी गरेको छ। शनिबा...

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छभने दुई जना घाइते भएका छ...

अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट, पछिल्लो दुई महिनामा २ सय बढी फर्काइए

काठमाडौं ।  अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू गत ७ अप्रिल (...

उपसभामुखमा उम्मेदवारी दिएकोमा राप्रपा महामन्त्री राणा असन्तुष्ट

काठमाडौँ । राप्रपाका महामन्त्री धवल शमशेर राणाले उपसभामुख पदको उम्मेदवारी पार्टीको संस्थागत निर्णयबिना अघि बढाइएको विषयप्रति गम्भीर असन्तुष्टि व्यक्त ...

एकीकरण एक हप्ताभित्र टुंग्याउने प्रयास भइरहेकाे छ: माधव नेपाल

काठमाडौ । काठमाडौँमा आयोजित कार्यक्रममानेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको बाँकी सङ्गठनात्मक एकीकरण ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending