Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आमाबुवाको निधन भएको ४ वर्षपछि बच्चा

\"\"चीनमा कार दुर्घटनामा परी दिवङ्गत भएको एउटा दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ।

बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा \'सरोगेट मदर\' मार्फत् ती बच्चाको जन्म भएको चीनका सञ्चारमाध्यमहरूले जनाएका छन्। सन् २०१३ मा इनभिट्रो फर्टिलाइजेन (आईभीएफ) पद्धति अर्थात् कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा त्यो दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भण्डारण गर्ने व्यवस्था मिलाएका थिए। लाओसकी \'सरोगेट\' आमामार्फत् यी बालकको जन्म गत डिसेम्बरमा भएको थियो। यसबारे \'द बेइजिङ न्यूज\'ले यही साता समाचार प्रकाशित गरेको छ। यस्ता घटनाहरू पहिला भएको उदाहरण नहुँदा त्यो दम्पतीका बाबुआमा सरोगेसीको प्रक्रिया सुरु हुनुअघि कस्तो खाले कानुनी झमेलामा पर्नुपर्‍यो भनी उक्त पत्रिकाले व्याख्या गरेको छ। दुर्घटना हुँदा भ्रूणहरू नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्याङ्कमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो। कानुनी प्रक्रियापछि ती बालकका घर र मावलीतर्फ गरी चारै जना बाजेबजै ती भ्रूणको अधिकार पाएका थिए। समाचारहरूका अनुसार उनीहरूले आफ्ना सन्तानको भण्डारण गरिएका भ्रूणहरू लिन पाउँछन् कि पाउँदैनन् भन्ने कुनै नजिर थिएन। अहिले उनीहरू आफ्नो वंशले निरन्तरता पाउने भयो भनेर उत्साहित छन्। अन्तत: सन्तानको भ्रूणमाथि को अधिकार पाए पनि उनअरूले अर्को समस्या झेल्नुपर्‍यो। नान्जिङ अस्पतालले अर्को अस्पतालले पनि त्यसैगरी भ्रूणलाई जोगाएर सुरक्षित राख्छ भन्ने प्रमाण भए मात्रै उनीहरूलाई लैजान दिइने बतायो। महिलाको कोखमा प्रत्यारोपण गर्न बाँकी भ्रूणबारे यस्तो कानुनी अन्योल कायम रहँदा चीनमा यस्तै अर्को अस्पताल खोज्न निकै कठिन भयो। चीनमा सरोगेसी गैरकानुनी भएकोले एउटै यथार्थपरक विकल्प भनेको देशबाहिर खोज्नु थियो। अन्तत: उनीहरू लाओसमा वैधानिक रूपमा नै व्यापारिक सरोगेसीको सेवा उपलब्ध गराउने संस्थाको सम्पर्कमा पुगे। कुनै पनि विमानले तरल नाइट्रोजनको बोतललाई लैजान नमानेपछि कारले कार्गो गर्‍यो। लाओसमा उक्त भ्रूणलई सरोगेट आमाको कोखमा प्रत्यारोपण गरियो र सन् २०१७ को डिसेम्बरमा एक बालक जन्मिए। \'टियन्टियन्\' नाम दिइएका बालकको नागरिकताबारे जटिलता आउनसक्छ। किनभने उनी लाओमा नभएर एउटा साधारण पर्यटक भिसामा सरोगेट आमा चीनमा भएका बेला जन्मिएका थिए। पितृत्वको प्रमाण दिन अभिभावकहरू छैनन्। चारै जना बाजेबजैले उनलाई रगत दिनुपरेको थियो। त्यो बच्चा आफ्नै नाति भएको र उनका बाबुआमा दुवै चिनियाँ नागरिक थिए भनेर उनीहरूले डीएनए परीक्षण गराएका थिए। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending