Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रचण्ड बिरामीः एकीकरण बैठक स्थगित

[caption id=\"attachment_172170\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । वाम एकता संयोजन समितिको बुधबारको बैठक स्थगित भएको छ । चैत २२ गते बसेको वाम एकता संयोजन समितिको बैठकमा दुई कार्यदलले तयार पारेको छुट्टाछुट्टै प्रतिवेदन बुझाइएको थियो । कार्यदलले तयार पारेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमा सहमति नजुटेका विषय एकता संयोजन समितिमार्फत टुंग्याउन बुधबार ५ बजे बैठक बोलाइएको थियो । अाजको अन्नपूर्णमा खबर छ-एकता संयोजन समितिका सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अवस्थ्य भएकाले बैठक स्थगित भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए । एकता संयोजन समितिका सदस्यसमेत रहेको श्रेष्ठले भने, ‘बैठक कहिले बस्ने टुंगो लागेको छैन । अध्यक्षको स्वास्थ्यमा सुधार आयो भने भोलि पनि बैठक बस्न सक्छ,’ उनले भने । दाहाल सामान्य बिरामी भएकाले आराम गरिरहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदनमाथि संयोजन समितिले छलफल गरी टुंग्याउने कार्यदेश छ । ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने, निर्वाचन चिह्न तथा केन्द्रदेखि गाउँपालिकासम्म एकीकरणपछिको पार्टी कमिटीमा एमाले–मााओवादीबाट कतिकति राख्ने भन्ने विषय एकता संयोजन समितिमै छलफल गरी टुंग्याउने उल्लेख छ । यी विषयमाथि एकता संयोजन समितिले छलफल गरी टुंग्याएपछि पार्टी एकता घोषणा हुनेछ । कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १ सय ५१ को प्रदेश कमिटी र ७५ सदस्यीय जिल्ला कमिटी तथा ७५ सदस्यीय महानगर, ७१ सदस्यीय उपमहानगर तथा ५१ सदस्यीय नगर तथा गाउँपालिका स्तरको कमिटी र २५ सदस्यीय वडा तहको कमिटी रहने प्रस्तावित खाका तयार गरेको छ । कार्यदलले तयार गरेको संगठनको खाकामाथि पनि संयोजन समितिले आवश्यक छलफल गरी निर्णय लिनेछ । एकीकृत पार्टीको सिद्धान्त भने महाधिवेशनले मात्रै टुंग्याउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending