Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

पदाधिकारी मनोनीत गर्दै देउवा, क-कसको सम्भावना ?

\"\"काठमाडाैं । नेपाली  कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो । निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएके केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए । आजको नयाँ पत्रिकामा खबर छ-‘जारी बैठकको अन्तिममा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारीमा सभापति हुनुहुन्छ,’ स्वकिय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि आवश्यक गृहकार्यमा उहाँ व्यस्त हुनुहुन्छ ।’ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि १६ चैतबाट स्थगित बैठक ७ वैशाखमा बोलाइएको छ । क–कसलाई रोजे देउवाले ? सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ । विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । ‘सभापतिले टुंग्याएको नाममा उपसभापतिमा कसैको विमति छैन, महामन्त्री र सहमहामन्त्रीमा भने केही नेताले असन्तुष्टि जनाइरहनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘हाम्रा सभापतिको त निर्णय नगर्दासम्म भर हुँदैन, त्यसैले महामन्त्री र सहमहामन्त्री परिवर्तन हुन सक्ने सम्भावना छ । उपसभापति फिक्स्ड हो ।’ उपसभापतिमा दाबी गरिरहेका खड्काको निधनपछि निधिको बाटो सहज भएको हो । त्यसो त गोपालमान श्रेष्ठ पनि दाबेदार थिए, तर उनीसँग सहमति लिएर देउवाले निधिलाई रोजेका हुन् । ‘सभापतिले पूर्वउपसभापति श्रेष्ठलाई आफ्नो निर्णय जानकारी गराएर सहयोग गर्न आग्रह गर्नुभयो, उहाँले सहमति जनाइसक्नुभएको छ,’ स्रोतले भन्यो । तर, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए । तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए । त्यसो त नातेदारसमेत रहेका कार्कीलाई महामन्त्री बनाउने आश्वासन देउवाले सभापतिमा निर्वाचित भएदेखि नै दिँदै आएका थिए । तर, सरकारको नेतृत्व गर्दा अर्थमन्त्री बनेका कार्कीले सहयोग नगरेको भन्दै देउवा रुष्ट छन् । कार्कीले श्रीमती डा. आरजु राणा देउवाले भनेको काम गरेको, तर आफूले भनेको नटेरेको उनको निष्कर्ष छ । हालै दुवै नेताले देउवालाई भेटेर पदाधिकारीमा नसमेटेको भन्दै असन्तुष्टि जनाएको बूढानीलकण्ठ स्रोतले बतायो । यता सहमहामन्त्रीमा विश्वकर्माको नाम अगाडि सारेपछि एनपी साउद र डा. प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छँदा महतले आफ्नो छवी बिगार्ने गरी राजदूतमा नाम सिफारिस गरेको भन्दै देउवा पदाधिकारीमा तान्न इच्छुक छैनन् । साउदलाई देउवाले सुदूरपश्चिमबाट उकास्न चाहन्छन् । तर, नेता विश्वकर्मालाई सहमहामन्त्री बनाउने आश्वासन दिएर १३औँ महाधिवेशनमै आफ्नो गुटमा तानेकाले देउवा अप्ठ्यारोमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending