Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

चियापानमा मात्र राज्यकाे वार्षिक ७ अर्ब रुपैयाँ खर्च

\"\"चियापानमा एक अर्ब विनियोजन,  ५९६ प्रतिशत बढी खर्च महालेखानियन्त्रक कार्यालयबाट पेस भएको आर्थिक विवरणअनुसार विविध खर्चमा एक अर्ब १६ करोड ५० लाख बजेट विनियोजन भएकोमा ५९६ प्रतिशत वृद्धि गरी ६ अर्ब ९४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा २४,२७६ रुपैयाँ अाजको नयाँ पत्रिकामा खबर छ-आर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ । जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ । कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपैयाँ २५ पैसा रहेको छ । यसरी एक वर्षमा प्रतिव्यक्ति ऋण दायित्व २ हजार १४७ रुपैयाँ ३४ पैसाले बढेको छ । सुकुमबासीका नाममा समिति, कामै नगरी आठ करोड खर्च २ असार ०७१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान समिति गठन गरेको थियो । यस वर्ष आयोग र अन्तर्गतका समितिले विभिन्न पदाधिकारी एवं कर्मचारीको तलब भत्तामा चार करोड ७१ लाख, अन्य भत्तामा एक करोड २१ लाख र अनुगमन तथा भ्रमण, फर्निचरलगायतमा दुई करोड ३८ लाखसमेत आठ करोड ३० लाख खर्च गरेको छ । महालेखा भन्छ– उद्देश्यअनुरूपको कुनै कार्य गरेको नदेखिएकाले उक्त खर्च उपलब्धिविहीन भएको छ । कर्मचारी पेन्सनमा ३७ अर्ब, कुल बजेटको ४.४९ प्रतिशत निवृत्त सरकारी कर्मचारीलाई पेन्सनबापत दिने रकम ०७१/७२ मा रु. २६ अर्ब १ करोड, ०७२/७३ मा ३४ अर्ब ९८ करोड र ०७३/७४ मा ३७ अर्ब १० करोड पुगेको छ । निवृत्तिभरण खर्च यस वर्षको सरकारको कुल खर्चको ४.४९ प्रतिशत र चालू खर्चको ७.१९ प्रतिशत छ । निवृत्तिभरण दायित्व बढ्दै गएको सन्दर्भमा योगदानमूलक निवृत्तिभरणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने व्यहोरा विगतदेखि औँल्याइएकोमा सरकारले बजेटमार्फत नीतिगत प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन हुन नसकेको टिप्पणी महालेखाको छ । बौद्ध महास्तुपा पुनर्निर्माणमा सुन प्रयोग गर्दा ८ करोड ८८ लाख भ्रष्टाचार बौद्ध महास्तुपा पुनर्निर्माण गर्न १२ करोड ४६ लाख लागत स्वीकृत भएकोमा २१ करोड ९८ लाखमा सम्पन्न गरिएको थियो । स्तुपा पुनर्निर्माणमा हर्मिका, त्रयोदश भुवन, छत्रको सेट तथा गजुरसमेतको ५ हजार ५ सय ८६ वर्गफिटमा प्रतिवर्गफिट आधा तोला सुन प्रयोग गर्न १४ हजार ७ सय २३ रुपैयाँ दरले कुल ८ करोड २३ लाखको लागत अनुमान स्वीकृत भएको देखिन्छ । तर, कार्य सम्पन्न प्रतिवेदनमा ४ हजार ९ सय ९९.९० वर्गफिटमा ३३ हजार ५ सय ३३ रुपैयाँ ७१ पैसाका दरले ३१ किलोग्राम सुनमा १६ करोड ७७ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । पुरातत्व विभागको ०७३/७४ को सुनको दर विश्लेषणअनुसार प्रतिवर्गफिट एक चौथाइ (१/४) तोला सुनको १६ हजार ४ सय ५८ रुपैयाँ ६४ पैसाका दरले ८ करोड २३ लाखमा १४ किलो ५८० ग्राम खपत हुन सक्नेमा बढी खपत देखाइएको छ । यसमा ८ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार भएको महालेखाले जनाएको छ । साढे २८ अर्बको लेखापरीक्षण गराइएन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्राविधिक सहायतामार्फत दिएको १० अर्ब १७ करोड २९ लाख रुपैयाँ तथा सोझै भुक्तानी दिएको ८६ करोड ५८ लाख रुपैयाँको लेखापरीक्षण गराएको छैन । यस्तै, सहरी विकास मन्त्रालयले ६७ करोड ११ लाख रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका ३ आयोजनालाई ३ मित्रराष्ट्रले उपलब्ध गराएको ४ अर्ब २७ करोड ६७ लाख रुपैयाँको पनि लेखापरीक्षण भएको छैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमातहतका १९१ इकाइलाई विभिन्न दाताले उपलब्ध गराएको ३ अर्ब ४९ करोड १६ लाख, स्वास्थ्य मन्त्रालयमातहत एक निकायलाई उपलब्ध गराएको ७४ करोड ९१ लाख र ४ मन्त्रालयले खर्च गरेको ९ अर्ब १८ करोड ८५ लाखको आर्थिक विवरण एवं से्रस्ता पेस गरी लेखापरीक्षण नगराएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आयल निगमको जग्गा खरिदमा अनियमितता महालेखाले नेपाल आयल निगमले झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रूपन्देहीको वसन्तपुरमा डिपो निर्माण गर्न खरिद गरेको जग्गामा प्रतिस्पर्धामा बोलपत्र भर्ने व्यक्तिमार्फत स्वामित्व ग्रहण नगरी जग्गाधनीमार्फत सीधै रजिस्ट्रेसन पास गराउँदा राजस्व छली भएको औँल्याएको छ । कारोबार व्यावसायिक प्रकृतिको भएकाले आयकर ऐनको दफा ३५ बमोजिम छानबिन गरी छलिएको ६१ करोड ३४ लाख असुल गर्न निर्देशन दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending