Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रचण्ड भन्छन्-२ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार

[caption id=\"attachment_177981\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व रहने उनले दाबी गरे ।
अाजको कान्तिपुरमा खबर छ-‘हेर्दै जानोस् २ नम्बर प्रदेशमा पनि अब चाँडै वामपन्थीको नेतृत्वमा सरकार बन्ने निश्चित छ,’ धनकुटाको पाख्रिबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय तर्फको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको भवन शिलान्यास गर्दै प्रचण्डले भने।
२ नम्बर प्रदेशमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारको नेतृत्व गरेको छ भने राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा छ। विश्वासको मत लिंदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले पनि समर्थन गरेको थियो।
प्रचण्डले आगामी वैशाख ९ गते एमाले र माओवादी केन्द्रबीचपार्टी एकताको औपचारिक घोषणा हुने निश्चित भएको जानकारी दिए। दुई पार्टीको एकताको लागि बनेको एकता संयोजन समितिको बुधबार बस्ने बैठकले एकताबारे टुंगो लगाउने उनको भनाइ छ। ‘विशाल जनसभा गरेर दुवै पार्टीबीचको एकता घोषणा गर्ने तयारी गरिएको छ,’ उनले थपे, ‘अब समावेशी, लोकतान्त्रिक र एकीकृत पार्टीको घोषणासँगै समाजवादतर्फ उन्मुखमा हामी जुट्ने छौं।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले अब मुलुकले विश्वको ध्यान तान्दै सामाजिक न्याय र आर्थिक विकास तर्फ उन्मुख हुने बताए। सामाजिक न्याय सहितको विकाससँगै धनी र गरिबबीचको खाडल पुरिदै जाने उनको भनाइ थियो।
प्रचण्डले फरक प्रसंगमा मुलुकको वर्तमान शिक्षा पद्धति बेरोजगार उत्पादन गर्ने थलोको रुपमा रहेको टिप्पणी गर्दै अब प्राविधिक, उत्पादन वृद्धि गर्ने व्यवशायिक शिक्षा हुनु पर्ने बताए। उनले प्राकृतिक रुपमा सम्बृद्ध नेपालको भरपुर उपभोग गर्दै आगामी एक दशकभित्र मुलुक समृद्धशाली बनेको देख्न सकिने ठोकुवा गरे।
प्रचण्डले पाख्रिबासमा १ नं.प्रदेशको कृषि संकायको विश्व विद्यालय स्थापनाका लागि आफ्नो पार्टी तथा सरकारले जोड गर्ने उल्लेख गरे। कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल, सांसद राजेन्द्र राई, पूर्व सांसद हेमराज भण्डारी लगायतले पनि धारणा राखेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending