Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

दुवै प्रहरीमा नयाँ नेतृत्वः कसरी भए सर्वेन्द्र र शैलेन्द्र अाइजीपि ?

\"\"काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नेतृत्व छनोट गरेको छ। बालुवाटारमा मंगलबार सा“झ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई बढुवा गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा खनालद्वयलाई बिहीबारदेखि लागू हुने गरी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट महानिरीक्षकमा बढुवा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिराज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । अाजको अन्नपूर्णमा खबर छ-नेपाल प्रहरीमा सर्वेन्द्र २६ औं महानिरीक्षक हुनेछन् भने सशस्त्रमा शैलेन्द्र १० औं महानिरीक्षक बन्ने भएका छन्। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ बुधबारदेखि ३० वर्षे सेवा अवधिका कारण सेवानिवृत्त हुँदै छन्। उनीहरू सेवानिवृत्त हुनु एक दिनअघि सरकारले २९ चैतदेखि लागू हुने गरी दुवै प्रहरीमा नयाँ महानिरीक्षकमा बढुवा गरेको हो। नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआईजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्। ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए। गृह मन्त्रालयले सर्वेन्द्रलाई प्रहरी महानिरीक्षकका लागि प्रस्ताव गरेको थियो। मन्त्रिपरिषद्ले विवादबिनै महानिरीक्षकको नियुक्ति गरेको छ। सशस्त्रको कासमूमा एक नम्बरमै रहेका शैलेन्द्र सशस्त्रको मानव स्रोत संसाधनमा कार्यरत छन्। यसरी भयो छनोट मंगलबार बिहान ९:३० मा बालुवाटारमा मन्त्रिपरिषद्को पहिलो बैठक डाकिएको थियो। दुवै प्रहरीमा कसलाई आईजीपी बनाउने भन्नेमा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेकाले मन्त्रिपरिषद् बैठकमा यो विषयमा कुनै निर्णय हुन सकेन। बैठक स्थगन गरियो। बिहानको बैठक स्थगन भएपछि प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा गृहमन्त्री रामबहादुर थापाबीच छुट्टै बैठक बसेर प्रहरीका दुवै निकायमा बढुवा हुने भावी महानिरीक्षकको नाम टुंग्याएका थिए। उनीहरूबीच आईजीपी बनाउने विषयमा सहमति भएपछि मंगलबार साँझ ७:३० मा बालुवाटारमा पुनः मन्त्रिपरिषद्को बैठक बसेर निर्णय लिएको हो। को हुन् सर्वेन्द्र ? प्रहरी महानिरीक्षकमा बढुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल ०४६ सालमा प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका हुन्। कार्यक्षमता, कार्यसम्पादन मूल्यांकन र वरिष्ठतामा अगाडि रहेका खनाल हालसम्म बसेको प्रहरी इकाइमा उत्कृष्ट काम गरेको अभिलेख छ। ०६२÷६३ को जनआन्दोलनमा काठमाडौं प्रहरीको नेतृत्व गरेका खनालले संयमतासाथ काम गरेका थिए। मधेस आन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। महानगरीय प्रहरी अपराध महाशाखामा बस्दा खनालले गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टर, फुटबलमा हुँदै आएको ‘म्याच फिक्सिङ’, पेट्रोलियम पदार्थमा हुँदै आएको ठगी, सञ्चार उद्यमी जमिम शाहको हत्या आरोपी जगदीश चन्दलाई नियन्त्रण, ललितपुरको बडिखेलमा १२ वर्षपहिले एउटै परिवारका ५ जनाको बीभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दाफास, करोडौैं ठगी गर्ने युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गरी ख्याति कमाएका थिए। जनकपुर र नारायणी अञ्चलमा बस्दा तराईका गुन्डागर्दी नियन्त्रण र सशस्त्र समूह निमिट्यान्न पार्न खनालले अग्रणी भूमिका खेलेका थिए। कुख्यात भारतीय गुन्डा नाइके बब्लु दुबेलाई पक्राउ, तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधीर पाण्डे, राजन मुक्ति प्लाटुन कमान्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव र वीरगन्जमा उत्पात मच्चाउने गुन्डानाइके अग्नि भनिने सुनील जैसवाललाई पनि खनालले कारबाहीको दायरामा ल्याएका थिए। जागिरे जीवनमा उनले २२ वटा विभूषण र १२ वटा तालिम लिएका छन्। पछिल्लो कार्यकाल ट्राफिकमा रहँदा खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएका थिए। उनी नेपाल प्रहरीको नीति निर्माण तह तथा व्यवस्थापकीय कार्यमा पोख्त मानिन्छन्। एसएसपीबाट डीआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा थिए। दुई नम्बरमा रमेश खरेल र तीन नम्बरमा पुष्कर कार्की थिए। खनालले ८४ दशमलव ४७३४ अंक प्राप्त गरेका थिए। त्यस्तै, खरेल र कार्कीले क्रमशः ८३ दशमलव ८५१० र ७८ दशमलव २३११ अंक पाएका थिए। सशस्त्रमा शैलेन्द्र पनि अब्बल २०४९ मा नेपाल प्रहरीको प्रहरी निरीक्षकमा भर्ना भएका अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल २०५९ मा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए। तत्कालीन विद्रोही माओवादीको लडाकुसँग लड्न सशस्त्र गठन गरिएको थियो। उनी सशस्त्र प्रवेश गरेपछि त्रिपुरा गण हुँदै तालिम केन्द्र, राष्ट्रिय सुरक्षा परिषद् र प्रहरी महानिरीक्षकको सचिवालयमा बढी बसे। सशस्त्रको एआईजी बढुवामा एक्लै बढुवा हुन सफल भएका शैलेन्द्र सशस्त्रभित्र कमान्ड गर्नसक्ने अधिकृतका रूपमा चिनिन्छन्। लामो समय सचिवालयमा बिताएका शैलेन्द्रले सशस्त्र प्रहरीको नीति–नियमसँगै ऐन निर्माणमा समेत उल्लेखनीय भूमिका खेलेका थिए। मध्यक्षेत्र पथलैयामा बस्दा शैलेन्द्रले आर्थिक अनुशासनलाई पारदर्शी बनाएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending