Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

राजेन्द्र महतोसँगको अन्तरवार्ताः हामीले दिन सक्ने दिइसक्यौँ, अब प्रतीक्षामा छौं

\"\"राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग कुराकानी । सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट औपचारिक प्रस्ताव आएको थियो । तर, प्रस्तावले मात्रै वातावरण बन्दैन । यसमा हामीले विगतदेखि नै भन्दै आएको प्रमुख विषय संविधान संशोधन नै हो । त्यसमा ठोस प्रस्ताव आएपछि सरकारमा सहभागी हुने वातावरण बन्छ । अाजको नयाँ पत्रिकामा लेखिएको छ- अहिलेसम्म रेशम चौधरीलाई शपथ ग्रहण गराइएको छैन । त्यसबारेमा पनि प्रस्ट भइसकेपछि सरकारमा सहभागी हुने वातावरण बन्छ । भनेको अहिलेसम्म ठोस कुरा केही पनि भएको छैन ? संविधान संशोधनको विषयमा र सरकारमा सहभागी हुने दुवै विषयमा ठोस कुरा आएको छैन । संशोधनको विषयमा ठोस कुरा नआई सरकारमा सहभागीताबारे केही भन्न सकिन्न । अर्थात तत्काल सरकारमा सहभागी हुने संभावना छैन ? अहिलेसम्मको वातावरण हेर्दा तत्काल सरकारमा सहभागी हुने वातावरण छैन । र त्यो संभावना देखिएको छैन । अन्योलको अवस्थामा तत्काल सरकारमा सहभागी हुने कुरा आउदैन । सरकारमा सहभागीताको विषयमा तपाईहरुको पार्टीभित्रै दुई धार देखिएको छ । त्यसैले संसदीय दलको नेता पनि चयन गर्न सक्नुभएको छैन नि ? संसदीय दलको नेता चयन गर्न हामीले विधान मस्यौदा कार्यदल बनाएका छौं । त्यसले काम गरिरहेको छ । कार्यदलले विधानको मस्यौदा तयार भएपछि दलले पारित गर्छ । अनि छलफल अगाडि जाला । वैशाख ८ गते राजनीतिक समितिको बैठक पनि छ । त्यसपछि दलको नेता चयन होला । अब तपाईले भनेजस्तो दलभित्र दुईथरी विचार राख्ने नेताहरु हुन्छन् । पार्टीमा यस्तो दुई धार देखिन्छ । त्यसलाई अस्वभाविक मान्न हुदैन । अनि संशोधनको बारेमा के के कुरा भएको छ त अहिलेसम्म ? संविधान संशोधनका बारेमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले संसदमा पनि संशोधन औचित्यका आधारमा गर्ने भनेर बोलेका छन । सोही अधारमा हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छौं । दुईतिहाई पनि पु-याई दिएका छौं । हामीले दिनसक्ने दिइसक्यौँ, अब प्रतिक्षामा छौं, उहाँले के दिनुहुन्छ । अहिलेसम्म हामीसँग ठोस छलफल भएको छैन, मौखिक अभिव्यक्तिबाहेक । तपाईहरुका पहिलाका ११ बुँदे मागमा केही तलमाथि हुन सक्छ ? ११ बुँदे बुदाँमा अहिले केही छलफल भएको छैन । ती बुदाँका बारेमा छलफल गर्छौ । छुटेका मुद्दाहरुकमा छलफल गछौं । थपघट गर्न सकिन्छ । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending