Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

राजेन्द्र महतोसँगको अन्तरवार्ताः हामीले दिन सक्ने दिइसक्यौँ, अब प्रतीक्षामा छौं

\"\"राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग कुराकानी । सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट औपचारिक प्रस्ताव आएको थियो । तर, प्रस्तावले मात्रै वातावरण बन्दैन । यसमा हामीले विगतदेखि नै भन्दै आएको प्रमुख विषय संविधान संशोधन नै हो । त्यसमा ठोस प्रस्ताव आएपछि सरकारमा सहभागी हुने वातावरण बन्छ । अाजको नयाँ पत्रिकामा लेखिएको छ- अहिलेसम्म रेशम चौधरीलाई शपथ ग्रहण गराइएको छैन । त्यसबारेमा पनि प्रस्ट भइसकेपछि सरकारमा सहभागी हुने वातावरण बन्छ । भनेको अहिलेसम्म ठोस कुरा केही पनि भएको छैन ? संविधान संशोधनको विषयमा र सरकारमा सहभागी हुने दुवै विषयमा ठोस कुरा आएको छैन । संशोधनको विषयमा ठोस कुरा नआई सरकारमा सहभागीताबारे केही भन्न सकिन्न । अर्थात तत्काल सरकारमा सहभागी हुने संभावना छैन ? अहिलेसम्मको वातावरण हेर्दा तत्काल सरकारमा सहभागी हुने वातावरण छैन । र त्यो संभावना देखिएको छैन । अन्योलको अवस्थामा तत्काल सरकारमा सहभागी हुने कुरा आउदैन । सरकारमा सहभागीताको विषयमा तपाईहरुको पार्टीभित्रै दुई धार देखिएको छ । त्यसैले संसदीय दलको नेता पनि चयन गर्न सक्नुभएको छैन नि ? संसदीय दलको नेता चयन गर्न हामीले विधान मस्यौदा कार्यदल बनाएका छौं । त्यसले काम गरिरहेको छ । कार्यदलले विधानको मस्यौदा तयार भएपछि दलले पारित गर्छ । अनि छलफल अगाडि जाला । वैशाख ८ गते राजनीतिक समितिको बैठक पनि छ । त्यसपछि दलको नेता चयन होला । अब तपाईले भनेजस्तो दलभित्र दुईथरी विचार राख्ने नेताहरु हुन्छन् । पार्टीमा यस्तो दुई धार देखिन्छ । त्यसलाई अस्वभाविक मान्न हुदैन । अनि संशोधनको बारेमा के के कुरा भएको छ त अहिलेसम्म ? संविधान संशोधनका बारेमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले संसदमा पनि संशोधन औचित्यका आधारमा गर्ने भनेर बोलेका छन । सोही अधारमा हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छौं । दुईतिहाई पनि पु-याई दिएका छौं । हामीले दिनसक्ने दिइसक्यौँ, अब प्रतिक्षामा छौं, उहाँले के दिनुहुन्छ । अहिलेसम्म हामीसँग ठोस छलफल भएको छैन, मौखिक अभिव्यक्तिबाहेक । तपाईहरुका पहिलाका ११ बुँदे मागमा केही तलमाथि हुन सक्छ ? ११ बुँदे बुदाँमा अहिले केही छलफल भएको छैन । ती बुदाँका बारेमा छलफल गर्छौ । छुटेका मुद्दाहरुकमा छलफल गछौं । थपघट गर्न सकिन्छ । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending