Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

उपेन्द्र यादवसँगको अन्तरवार्ताः विश्वासको मतसहित दुईतिहाइ पु-याइदिएका छौँ, अब पालो प्रधानमन्त्रीको

\"\" संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी फोरम पनि सरकारमा सहभागी हुने विषय अन्तिम चरणमा थियो । शपथग्रहणको तयारीसमेत थियो । एक्कासि प्रक्रिया रोकियो । खासमा के समस्या भयो ? यो विषयमा धेरै अगाडि छलफल भएको हो । तर, पछिल्लो समयमा छलफल भएको छैन । सरकारमा सहभागी हुने एउटा पाटो हो । त्यसमा हामी सकारात्मक नै छौँ । अाजको नयाँ पत्रिकामा खबर छ-तर, केही कुरा मिल्न बाँकी नै छ । प्रधानमन्त्री पनि तपाईंहरुजस्तै सकारात्मक हुनुहुन्छ भन्ने छ, तर कुरा के बाँकी छ ? विषय संविधान संशोधनसँग जोडिएको छ । संविधान संशोधन एउटा पाटो हो भने सरकारमा सहभागी हुने दोस्रो । यी दुवैमा कुरा मिलेको छैन । सरकारमा जाने भएपछि दुईवटै विषयमा प्रस्ट हुन आवश्यक हुन्छ । संविधान संशोधनका लागि के–के बुँदामा सहमति हुन सक्छ भन्नेमा छलफल भइसकेको छैन । अनि सरकारमा सहभागी भएपछि हाम्रो भूमिका के हुन्छ ? त्यो पनि प्रस्ट छैन । अहिलेको सरकारलाई बहुमत पु-याउन समस्या होइन । हामी नभई नहुने अवस्था नभएकाले हामी सरकारमा जाने भनेको नीतिगत दायित्वको विषय हो । अर्थात् हाम्रो सहभागिताको खाँचो भनेको समस्या समाधान गर्न हो । हाम्रो भूमिका प्रस्ट नहँुदा ढिलाइ भएको हो । खासमा तपाईंहरुले खोजेको भूमिका के हो ? नमिलेको भूमिका र दायित्व के हुने भन्नेमै हो । हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छौँ । बहुमत उहाँसँगै थियो, दुईतिहाइ पु-याइदिएका छौँ । अर्थात् हामीले प्रधानमन्त्रीलाई आवश्यक सबै कुरा दिएका छौं । सबै चिज दिएपछि अब सोच्ने र जिम्मेवार हुने पालोप्रधानमन्त्रीको हो । उहाँले हाम्रो भूमिका र दायित्व के हो भन्ने प्रष्ट पार्नुपर्छ पहिला । हामीले खोजेको भूमिका र दायित्व भनेको मधेशी र जनजातिको आन्दोलनले उठाएको मागअनुसार संविधान संशोधन वा परिमार्जन नै हो । त्यसका लागि प्रधानमन्त्रीसँग लिखित प्रतिबद्धता खोज्नुभएको हो ? समझदारी त लिखित नै हो । तर जनताका अगाडि प्रतिबद्धता गरेपछि लिखित सम्झौता नै चाहिन्छ भन्ने पनि होइन । प्रधानमन्त्रीले चाहनुभयो भने तत्काल हुन सक्छ । अब उहाँले नै सोच्नुपर्छ । संविधान संशोधन भएपछि मात्र अथवा संशोधनबारे कुनै सहमति बन्यो भने पनि सरकारमा सहभागी हुन सकिने स्थिति हो ? सरकारमा सहभागी हुने कुरा भनेको संविधान संशोधन भइहाल्नुपर्ने भन्ने होइन । संशोधन नभई हामी सरकारमा जाँदैनौ भनेको होइन, सरकारमा सहभागी हुन वातावरण बनाउनुपर्छ भनेको हो । वातावरण बनाउने भनेको संशोधनका लागि केही प्रयास भएको देखिनुपर्छ । यो सबै प्रधानमन्त्रीको हातमा छ । संविधान संशोधनको विषयमा कति छलफल भएको छ अहिलेस्म्म ? पहिला धेरै छलफल भएका हुन, अहिले छैन । हुन त, अघिल्लो सरकारले संशोधन विधेयक संसदमा पु¥याएको थियो । तर फेल भयो । त्यसले वास्तवमा हामी सबैलाई नोक्सान भयो । हामी सरकार सहभागी हुदै गर्दा संविधान संशोधन गरि संघीयता, समावेशीलगायतका विषयमा मधेशी र जनजातिले उठाएका विषयलाई हामीले सम्बोधन गर्नुपर्छ भन्ने चाहना हो । प्रदेशसभाको निर्वाचन त भयो तर स्थानीय तह प्रदेश मातहत छैन । चुनावछि तीन महिनासम्म शपथ गर्ने वातावरण बनेनन् । यी त्रुटि त संविधान भएकै कारणले हो नि । त्यो सच्याउनुपर्छ । सच्याउन सकिएन भने कुनै पनि बेला दुर्घटना हुन्छ । दुर्घटनाबाट बच्नलाई परिमार्जन आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending