Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

फोरम र राजपा कहिले जान्छन् सरकारमा ?

\"\" १. प्रधानमन्त्रीको समस्या संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै, सहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरी दुईवटा मन्त्रालय मात्र बाँकी छन् । दुई मन्त्रालय र तीन सिटमा फोरम र राजपालाई अटाउन असम्भवप्रायः छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले एउटा दललाई मात्र लिन सक्छन् र त्यसका लागि फोरम उनको प्राथमिकतामा छ । अाजको नयाँ पत्रिकामा खबर छ-दुवै दललाई मिसाउन मन्त्रिपरिषद्सम्बन्धी संवैधानिक व्यवस्था नै परिमार्जन गर्नुपर्छ । २. फोरमको विवाद फोरमले अधिकतम दुई मन्त्री र एक राज्यमन्त्री पाउँछ । एउटा मन्त्रीमा उपेन्द्र यादवको नाम निश्चित छ । बाँकी एक मन्त्री र एक राज्यमन्त्रीका लागि राजेन्द्र श्रेष्ठ, रेणु यादव, मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव र हरिनारायण रौनियारको दाबेदारी छ । श्रेष्ठलाई पनि मन्त्री बनाएर दलको छवि राष्ट्रिय बनाउने उपेन्द्र यादवको चाहना छ तर महासचिव रामसहाय यादव भने प्रत्यक्ष निर्वाचितलाई मात्र बनाउने अडानमा छन् । ३. राजपाको अन्योल ६ सदस्यीय अध्यक्षमण्डलका दुई सदस्य राजेन्द्र महतो र शरत्सिंह भण्डारी सरकारमा जाने पक्षमा छन् । महेन्द्रराय यादव, अनील झा र राजकिशोर यादव विपक्षमा छन् । संयोजक महन्थ ठाकुर मौन छन् । त्यसैले राजपाले संसदीय दलको नेतासमेत छान्न सकेको छैन । सरकारमा जाने विषय धेरै टाढा छ । मन्त्री सिफारिस गर्नुस्, शपथ दिलाउन प्रधानमन्त्री तयार हुनुहुन्छ : विष्णु रिमाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार फोरम र राजपा पनि सरकारमा सहभागी हुने चर्चा थियो, तर विस्तारै सेलायो । किन यस्तो भयो ? \"\"संघीय समाजवादी फोरम सरकारमा सहभागी हुनेबारेमा पहिला नै सहमति भइसकेको हो । त्यसका लागि दुईवटा (सहरी विकास र स्वास्थ्य तथा जनसंख्या) मन्त्रालय पनि छोडेका छौँ । सहमतिअनुसार नै मन्त्रालयको संख्या छोडिएको हो, तर उहाँहरू प्राविधिक कारणले सरकारमा आइसक्नुुभएको छैन । र, फोरमसँग असहमति पनि छैन । तर, राजपाको सन्दर्भमा भने केही फरक कुरा छ । अहिले उहाँहरु सरकारमा आउन त्यति इच्छा देखाउनुभएको छैन । विरोध पनि नगर्ने र सरकारमा सहभागी पनि नहुने जस्तो मुडमा देखिनुभएको छ । फोरम सरकारमा सहभागी हुने सन्दर्भ चाँहि मुलतः प्रधानमन्त्रीको हातमा छ भनेर फोरमको अध्यक्षले भन्नुभएको छ नि ? प्रधानमन्त्रीको हातमा त के छ र ? पहिला नै मन्त्रालयको संख्याको विषयमा सहमति भएको थियो । त्यसमा अहिले पनि हामी प्रतिवद्ध छौं । हामी भन्छौँ– मन्त्रीको नाम सिफारिस गरेर पठाउनुस्, शपथ दिलाउन प्रधानमन्त्री तयार हुनुहुन्छ । तर, सरकारको तर्फबाट भन्दा पनि उहाँहरुको आन्तरिक कारणले सरकारमा सहभागी हुन नसकेको हो कि जस्तो लाग्छ । फोरम र राजपाका अध्यक्षले भन्नुभएको छ कि संविधान संशोधनको मुद्दाको विषयमा वस्तुगत छलफल पनि भएको छैन । त्यो विषयमा सरकारको प्रतिबद्धता नआए सरकारमा जान सकिदैन भन्नुभएको छ । संशोधनको मुद्दा के हुदैछ ? संविधान संशोधनको विषयमा म अहिले प्रवेश गर्दिनँ । यो सैद्धान्तिक कुरा पनि हो । संविधान असंशोधनीय छ भनेर हामीले भनेका छैनौ । हामीले औचित्यका आधारमा संशोधन हुनुपर्छ भनेको मात्रै हो । व्यवहारिक कुरा गर्दा संशोधन गर्नुपर्ने औचित्य पुष्टि भएमा कुन कुन धारा संशोधन गर्ने भन्ने सहमति गरिन्छ । त्यसो भए, फोरम तत्काल सरकार सहभागी हुने सम्भावना छैन ? त्यो त उहाँहरुमा भरपर्छ । उहाँहरुले नाम सिफारिश गरे प्रधानमन्त्रीले नियुक्त गर्नुहुन्छ । दुईवटा मन्त्रालय छोडेकै छौं । एमाले र माओवादी केन्द्र संयुक्त वाम गठबन्धन बनाई एउटै घोषणापत्र लिएर निर्वाचनमा गयौं । तर, फोरम र राजपा हाम्रो गठबन्धनमा हुनु हुन्थेन । उहाँहरु कांग्रेसको लोकतान्त्रिक गठबन्धनमा हुनुहुन्थ्यो । निर्वाचनमा हाम्रो गठबन्धन बहुमतमा आयो र सरकार बन्यो । त्यसपछि छुट्टै कार्यक्रम भन्ने हुदैन, मात्र घोषणपत्र लागु गर्ने भन्ने हुन्छ । अहिले उहाँहरुलाई यही कुरामा समस्या परेजस्तो लाग्छ । ‘तपाईहरुको घोषणपात्र लागु गर्दा हाम्रो कार्यक्रम कहाँनेर आउँछ ?’ भन्ने जिज्ञासा बढी हो भन्ने लागेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending