Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट

[caption id=\"attachment_177624\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत निर्णय एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न उनीहरूले अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराएका छन् ।
अाजको कान्तिपुरमा खबर छ-मन्त्रालयका काममा आफू उत्तरदायी हुनुपर्ने तर निर्णयहरू प्रधानमन्त्रीले जानकारी नदिई गर्दै जाने प्रवृत्ति ठीक नभएको उनीहरूले दाहालसमक्ष गुनासो राखेका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि ३० जना सचिवको सरुवा गरेका थिए । उक्त सरुवामा आफूहरूलाई जानकारीसमेत नदिइएको गुनासो मन्त्रीहरूको छ ।
सरकारका कामकारबाही र बजेट निर्माणलगायत विषयमा सोमबार बिहान अध्यक्ष दाहालले आफ्नो दलका मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलको एउटा मुख्य विषय पछिल्लो सरुवा र प्रधानमन्त्रीले गरेका निर्णयहरूमाथि केन्द्रित थियो । ‘निर्णयहरूमा थाहै नपाउने स्थिति हुनु हुँदैन भन्ने मन्त्रीहरूको धारणा थियो,’ बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।
बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीलाई सिधै निर्णयमाथि प्रश्न गर्न सक्ने अवस्था नरहेकाले अध्यक्षलाई यो विषयमा कुरा गरिदिन अनुरोध गरेका थिए । ‘प्रधानमन्त्रीय पद्धति भएकाले हामीले सिधै ‘अब्जेक्सन’ गर्न गाह्रो भयो । त्यसैले अध्यक्षले नै कुरा गर्नुपर्‍यो । निर्णयहरू अपारदर्शी हुने गरेका छन्, प्रधानमन्त्रीको हस्तक्षेपजस्तो देखिएको छ,’ एक मन्त्रीले बैठकमा राखेको कुरा सुनाए । सचिव सरुवामा प्रधानमन्त्रीप्रति बढी उत्तरदायी हुने व्यक्तिहरूलाई माओवादी मन्त्रीले सम्हालेका मन्त्रालयमा लगिएको उनीहरूको गुनासो थियो ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयलाई बलियो बनाउने भन्दै विभिन्न निकाय त्यहाँ गाभिएको बारे पनि मन्त्रिपरिषद्मा छलफल नभएकोमा मन्त्रीहरूले दाहालसमक्ष गुनासो गरेका थिए । गुनासो सुनेपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग कुरा गर्ने आश्वासन आफ्नो दलका मन्त्रीहरूलाई दिएका थिए । दाहालले निकट भविष्यमा पार्टी एकतासमेत हुन लागेकाले आफ्ना काममा लाग्न मन्त्रीहरूलाई निर्देशन दिए । सरकार सञ्चालनमा समस्या देखिए त्यसलाई समाधान गर्ने गरी नेतृत्वले छलफल गर्ने तर मन्त्रीहरूले आफूले देखिने खालका राम्रा काम गर्नुपर्ने दाहालको भनाइ थियो ।
प्रधानमन्त्रीय पद्धतिमा सरकारले गर्ने निर्णय प्रधानमन्त्री एक्लैले गर्न सक्छन् । प्रधानमन्त्रीको सहयोगीका रूपमा मात्र मन्त्री हुने पद्धति भएकाले उनले गर्ने निर्णय मन्त्रीहरूले उल्टाउन सक्दैनन् । तर, गठबन्धनबाट बनेका सरकारका निर्णयमा सत्ता सहयात्री दल र मन्त्रीहरूको पनि सुझावमा निर्णय हुने अभ्यास छ । यस पटक प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीय अभ्यासको प्रयोग गर्दै मन्त्रीहरूलाई समेत जानकारी नदिई निर्णय गरिदिए ।
माओवादी मन्त्रीहरूले अहिलेसम्म पार्टी एकता नभइसकेको अवस्थामा माओवादी दल वा मन्त्रीहरूसँग छलफल नै नगरी निर्णय गर्नुलाई अस्वाभाविक ठानेका छन् । विगतमा मन्त्रीहरूले आफूअनुकूलका सचिवहरू छान्ने र अन्यत्रबाट मन्त्रालयमा ल्याउने गरेकोमा यस पटक मन्त्रीहरूले सचिव छान्ने अवसर पाएनन् । मन्त्रीले सचिव छानेर नीतिगत निर्णय आफूअनुकूल गराउने गरेको घटना पनि विगतमा थिए । मन्त्री र सचिवहरूको सेटिङमा नीतिगत भ्रष्टाचार र अनियमितता पनि भएका छन् ।
यस पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार भएलगत्तैको मन्त्री र सचिवहरूको बैठकमा उनीहरूमाथि पनि छुट्टै अनुगमन हुने बताएका थिए । त्यस क्रममा ओलीले सचिवहरूलाई सरुवा–बढुवाका लागि मन्त्री र राजनीतिक दलका नेताकहाँ नधाउन निर्देशन दिएका थिए । काम र क्षमताको उचित मूल्यांकन गरेर उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा लगिने उनले उल्लेख गरेका थिए । त्यस्तै, मन्त्रीहरूलाई पनि आफूअनुकूलका व्यक्ति खोज्ने, पारिवारिक सम्पर्क र आसेपासेलाई अघि नसार्न प्रधानमन्त्री ओलीले निर्देश गरेका थिए ।
मन्त्रीहरूका काममा प्रधानमन्त्रीकै तहबाट अनुगमन भइरहेको जानकारी पनि गराएका थिए । मन्त्रीहरूको पहिलो बैठकमा गरेको निर्देशनअनुसारकै शैली प्रधानमन्त्री ओलीले पछिल्लो सचिव सरुवामा अवलम्बन गरे । आफ्नै दल एमालेका पनि सबै मन्त्रीले यो विषयमा जानकारी पाएनन् । सचिवहरूले एकैपटक सरुवाको पत्र पाएपछि मात्र सरुवाको सूचना बाहिरिएको थियो ।
मन्त्रीहरूसँगको छलफलमा नेताहरूले प्रभावकारी रूपमा मन्त्रालयको काम गर्न, योजनाबद्ध ढंगले अघि बढ्न सुझाव दिएका थिए । आगामी बजेट निर्माण प्रक्रिया सुरु हुन लागेकाले जनमुखी कार्यक्रम अघि सार्न पनि उनीहरूले मन्त्रीहरूलाई आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending