Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट

[caption id=\"attachment_177624\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत निर्णय एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न उनीहरूले अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराएका छन् ।
अाजको कान्तिपुरमा खबर छ-मन्त्रालयका काममा आफू उत्तरदायी हुनुपर्ने तर निर्णयहरू प्रधानमन्त्रीले जानकारी नदिई गर्दै जाने प्रवृत्ति ठीक नभएको उनीहरूले दाहालसमक्ष गुनासो राखेका छन् । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि ३० जना सचिवको सरुवा गरेका थिए । उक्त सरुवामा आफूहरूलाई जानकारीसमेत नदिइएको गुनासो मन्त्रीहरूको छ ।
सरकारका कामकारबाही र बजेट निर्माणलगायत विषयमा सोमबार बिहान अध्यक्ष दाहालले आफ्नो दलका मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलको एउटा मुख्य विषय पछिल्लो सरुवा र प्रधानमन्त्रीले गरेका निर्णयहरूमाथि केन्द्रित थियो । ‘निर्णयहरूमा थाहै नपाउने स्थिति हुनु हुँदैन भन्ने मन्त्रीहरूको धारणा थियो,’ बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् ।
बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीलाई सिधै निर्णयमाथि प्रश्न गर्न सक्ने अवस्था नरहेकाले अध्यक्षलाई यो विषयमा कुरा गरिदिन अनुरोध गरेका थिए । ‘प्रधानमन्त्रीय पद्धति भएकाले हामीले सिधै ‘अब्जेक्सन’ गर्न गाह्रो भयो । त्यसैले अध्यक्षले नै कुरा गर्नुपर्‍यो । निर्णयहरू अपारदर्शी हुने गरेका छन्, प्रधानमन्त्रीको हस्तक्षेपजस्तो देखिएको छ,’ एक मन्त्रीले बैठकमा राखेको कुरा सुनाए । सचिव सरुवामा प्रधानमन्त्रीप्रति बढी उत्तरदायी हुने व्यक्तिहरूलाई माओवादी मन्त्रीले सम्हालेका मन्त्रालयमा लगिएको उनीहरूको गुनासो थियो ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयलाई बलियो बनाउने भन्दै विभिन्न निकाय त्यहाँ गाभिएको बारे पनि मन्त्रिपरिषद्मा छलफल नभएकोमा मन्त्रीहरूले दाहालसमक्ष गुनासो गरेका थिए । गुनासो सुनेपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग कुरा गर्ने आश्वासन आफ्नो दलका मन्त्रीहरूलाई दिएका थिए । दाहालले निकट भविष्यमा पार्टी एकतासमेत हुन लागेकाले आफ्ना काममा लाग्न मन्त्रीहरूलाई निर्देशन दिए । सरकार सञ्चालनमा समस्या देखिए त्यसलाई समाधान गर्ने गरी नेतृत्वले छलफल गर्ने तर मन्त्रीहरूले आफूले देखिने खालका राम्रा काम गर्नुपर्ने दाहालको भनाइ थियो ।
प्रधानमन्त्रीय पद्धतिमा सरकारले गर्ने निर्णय प्रधानमन्त्री एक्लैले गर्न सक्छन् । प्रधानमन्त्रीको सहयोगीका रूपमा मात्र मन्त्री हुने पद्धति भएकाले उनले गर्ने निर्णय मन्त्रीहरूले उल्टाउन सक्दैनन् । तर, गठबन्धनबाट बनेका सरकारका निर्णयमा सत्ता सहयात्री दल र मन्त्रीहरूको पनि सुझावमा निर्णय हुने अभ्यास छ । यस पटक प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीय अभ्यासको प्रयोग गर्दै मन्त्रीहरूलाई समेत जानकारी नदिई निर्णय गरिदिए ।
माओवादी मन्त्रीहरूले अहिलेसम्म पार्टी एकता नभइसकेको अवस्थामा माओवादी दल वा मन्त्रीहरूसँग छलफल नै नगरी निर्णय गर्नुलाई अस्वाभाविक ठानेका छन् । विगतमा मन्त्रीहरूले आफूअनुकूलका सचिवहरू छान्ने र अन्यत्रबाट मन्त्रालयमा ल्याउने गरेकोमा यस पटक मन्त्रीहरूले सचिव छान्ने अवसर पाएनन् । मन्त्रीले सचिव छानेर नीतिगत निर्णय आफूअनुकूल गराउने गरेको घटना पनि विगतमा थिए । मन्त्री र सचिवहरूको सेटिङमा नीतिगत भ्रष्टाचार र अनियमितता पनि भएका छन् ।
यस पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार भएलगत्तैको मन्त्री र सचिवहरूको बैठकमा उनीहरूमाथि पनि छुट्टै अनुगमन हुने बताएका थिए । त्यस क्रममा ओलीले सचिवहरूलाई सरुवा–बढुवाका लागि मन्त्री र राजनीतिक दलका नेताकहाँ नधाउन निर्देशन दिएका थिए । काम र क्षमताको उचित मूल्यांकन गरेर उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा लगिने उनले उल्लेख गरेका थिए । त्यस्तै, मन्त्रीहरूलाई पनि आफूअनुकूलका व्यक्ति खोज्ने, पारिवारिक सम्पर्क र आसेपासेलाई अघि नसार्न प्रधानमन्त्री ओलीले निर्देश गरेका थिए ।
मन्त्रीहरूका काममा प्रधानमन्त्रीकै तहबाट अनुगमन भइरहेको जानकारी पनि गराएका थिए । मन्त्रीहरूको पहिलो बैठकमा गरेको निर्देशनअनुसारकै शैली प्रधानमन्त्री ओलीले पछिल्लो सचिव सरुवामा अवलम्बन गरे । आफ्नै दल एमालेका पनि सबै मन्त्रीले यो विषयमा जानकारी पाएनन् । सचिवहरूले एकैपटक सरुवाको पत्र पाएपछि मात्र सरुवाको सूचना बाहिरिएको थियो ।
मन्त्रीहरूसँगको छलफलमा नेताहरूले प्रभावकारी रूपमा मन्त्रालयको काम गर्न, योजनाबद्ध ढंगले अघि बढ्न सुझाव दिएका थिए । आगामी बजेट निर्माण प्रक्रिया सुरु हुन लागेकाले जनमुखी कार्यक्रम अघि सार्न पनि उनीहरूले मन्त्रीहरूलाई आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending