Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

रोल्पाकी हली अोनसरी संसद्की सभामुख

\"\"जोत्दै गरेको हलोको अनौबाट एकैछिन हात हटाइन् । हलोले उप्काएको माटोको डल्ला समातिन् । त्यही डल्लैडल्लाले हानिन्, आफूलाई ‘राक्षसनी’ भनेर थुक्नेहरूलाई । ‘महिलाले हलो जोत्नुहुन्न’ भन्ने समाजसँग उनले काँचो उमेरमै विद्रोह गरिन् । भर्खर किशोरी वयमा पाइला टेकेकी थिइन्, उनले । समयसँगै आँट बटुलिँदै गयो । उमेरले डो-याएर तरुण अवस्थामा पु-याउँदै गर्दा उनले बन्दुक समातिन् । एक दशकसम्म त्यो बन्दुक र पेस्तोल तत्कालीन शासन व्यवस्थाको प्रतिकारमा प्रयोग गरिन् । अाजको नयाँ पत्रिकामा खबर छ-शासन बदलियो । व्यवस्था फेरियो । बदलिँदै गयो, परम्परावादी असमान र विभेदयुक्त मानसिकता । परिवर्तित मुलुकको नयाँ जगसामुन्ने प्रौढतिर लम्किँदै गर्दा आजभोलि विचारले मुलुकको मानसिकतामा मलजल गरिरहेकी छिन्, ओनसरी घर्ती । यही समाजले ओनसरीलाई ‘हलो जोत्ने राक्षसनी केटी’ भन्यो । कलिलो उमेरमा पारिवारिक पीडामा मलम लगाउन उनले जोतेको कुरा कसैले महसुस गरेन । यही समाज हो, निरंकुश व्यवस्था हटाउनुपर्छ भन्दै बन्दुक बोक्दा, ‘महिला भएर पनि बन्दुक बोक्ने’ भन्दै उनको खिल्ली उडाउँथ्यो । विगतमा अनेक रूप धारण गरेर आइलागेका विभेद र दुःखका शृंखलाले नै आज यो स्थानमा ल्याइपु-याएको ठान्छिन्, पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती ।  
छोरो जेल परेपछि ओनसरीका बुबाले धर्मकर्म छाडिदिए । पूजा गर्ने ठाउँ हटाइदिए । छोरीहरूलाई पनि क्रान्तिकारी बन्न छुट दिए । ओनसरी त्यस्ती क्रान्तिकारी भइन्, जसले मूलबाटो अगाडि सारा मानिस रमिते बन्दा पनि हलो जोतिन् ।
  कसैले टपक्क टिपेर ओनसरीलाई मुलुककै पहिलो महिला सभामुख बनाएको होइन । मन्त्री र सांसद् पनि चिठ्ठा परेको होइन । आफ्नो विगत कोट्याउँदै गर्दा भावुक देखिइन्, पूर्वसभामुख घर्ती । उनको भोगाइ सुन्दा कुनै दुःखको कथाजस्तो लाग्छ । यसकारण जोतिन् हलो रोल्पाको माडीचौरमा ०३४ साल कात्तिक २८ गते जन्मिएकी ओनसरी तीन दाजु, एक दिदी र दुई बहिनीको बीचकी माइली छोरी हुन् । विकट ग्रामीण परिवेश, निम्न मध्यमवर्गीय किसान परिवार । दुःख गर्नु सामान्य कुरा थियो । पानीसँग मात्रै मकैको बासी ढिँडोले भोक मेटाएको त्यो बाल्यकाल हिजोजस्तै लाग्छ, उनलाई । बिहानै उठेर घाँसदाउरा गर्न कहिले बारीका कान्लातिर त कहिले जंगलतिर निस्कनु जिन्दगीको नियमजस्तै थियो । ‘पिठ्युँभरि स्याउलाको भारी बोकेर सकी–नसकी गाईबस्तुको गोठमा पु¥याउनुपथ्र्यो । हस्याङफस्याङ गर्दै विद्यालय जानु र छुट्टी भएपछि हतार–हतार घर दगुर्नु दैनिकी नै थियो,’ उनले सम्झिन्, ‘घर पुगेर कहिले पानीसँग, कहिले काँचो तोरीको तेलमा नुनसँग चोपेर बासी ढिँडो खान्थ्यौँ । अनि उसैगरी नाम्लोडोरी र हँसिया बोकेर खेतबारीका कान्लादेखि पहरा चिथोर्न पुग्थेँ ।’ माओवादी सांसदसमेत रहेकी पूर्वसभामुख घर्ती बाल्यकालका थप दृश्यहरू पल्टाउँछिन्, ‘पहिले–पहिले सुक्खायाममा गाउँघरतिर तरकारी फल्दैन थियो । त्यस्तो हुँदा कहिले पानीसँग, कहिले काँचो तोरीमा नुनसँग चोपेर ढिँडो खाइयो । त्यसवेला नुनसमेत टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । चिनीको मुख त झन् कहाँबाट देख्नु, त्यसवेला ।’ त्यसवेला धेरैको पारिवारिक परिस्थिति त्यस्तै थियो । अझै पनि दुर्गम जीवनशैली दुर्गममै छोडिएको देख्छिन्, उनी । गरिबीको छानोमुनि जन्मिएका बालबालिकालाई खुट्टा टेक्न सक्ने भयो कि अनेक काममा लगाउनुपर्ने बाध्यता अझै बाँकी रहेको बताउँछिन् । ओनसरी ९÷१० वर्षकी हुँदी हुन्, हत्या आरोपमा उनका माइला दाइ पक्राउ परे । त्यो क्षण सम्झिन्छिन्, ‘माइला दाइ त्यसवेला कम्युनिस्टको सदस्य भइसक्नुभएको रहेछ । कांग्रेस र कम्युनिस्ट भनेपछि त्यसवेला काटाकाट, मारामारजस्तो पो हुन्थ्यो । पञ्चायत भने रमिता हेर्न मन पराउँथ्यो ।’ दाइ पक्राउ पर्नुको कारण प्रस्ट्याउँछिन्, ‘गाउँनजिकैको मेलामा एकजना मानिसले टन्न रक्सी खाएछ, मातेर नजिकैको खोलामा डुबेर ऊ मरेछ । त्यो कुरा सारा समाजलाई थाहा थियो, तर कांग्रेसीले मेरा दाइसहित ६÷७ जना अरू कम्युनिस्ट सदस्यले हत्या गरेको आरोप लगाउँदै मुद्दामामिला गरे ।’ आइलागेपछि बाध्यतावश सामना गर्नुको विकल्प हुन्न । आइलागेको बाध्यतासामु हार्न चाहिनन्, ओनसरी । दाइ हिरासतमा रहँदा घरबाट दुई–तीन घन्टा हिँडेर खाना पु-याउन सदरमुकाम धेरै धाइन् । भन्छिन्, ‘होटेलबाट किनेर दाइलाई खाना खुवाउने पैसा थिएन । घरैबाट खाना लैजाँदा पनि मलाई नै चाख्न भन्थ्यो पुलिसले । चाखिसकेपछि दाइलाई भने हेर्न नदिएर बाहिर पठाउँथ्यो ।’ १२ दिन दैनिक तीन घन्टा निरन्तर हिँडिन्, दाइलाई खाना पु-याइन् । दाइको अनुहारै हेर्न दिएनन् । भन्छिन्, ‘मलाई नेपाली पनि राम्रोसँग बोल्न आउँदैनथ्यो । दाइलाई लगिदिएको खाना खान पनि दिँदैनन् किजस्तो लाग्यो । शंका लागेर एक दिन भेट्न दिनुस् भनेर जिद्धि गरेँ । निकै जिद्धि गरेपछि टाढैबाट दाइलाई हेर्न पाएँ ।’ पञ्चायतकालमा गाउँघरमा एक÷दुईजना प्रहरी पुग्दा पनि भाले काटेर खुवाउने चलन थियो । मान्छेहरू प्रहरी भनेपछि खुब डराउने । ‘खाएको विष मात्र लाग्छ, नखाएको लाग्दैन’ भनिन्छ । तर, मानिसको जीवनमा कहिलेकाहीँ त्यस्तो क्षण पनि आउँछ, जतिवेला नगरेको गल्तीको पनि अनाहकमा सजाय भोग्नुपर्छ । ओनसरीले दाइलाई निर्मम यातना दिएको देखिन् । दाइका औँलाहरूमा पिनले खोपेर घाउ नै घाउ बनाइएको थियो । हत्या गरेको स्वीकार गर्ला भनेर औँला फुटाएर करेन्ट लगाइएको अवस्थामा उनलाई देखिन् । दुई–तीन घन्टा हिँडेर घरबाट ल्याएको खानेकुरासमेत कहिलेकाहीँ मात्रै दिने गरिएको थाहा पाइन् । हत्या आरोपमा पक्राउ परेका अरूका परिवारले घुस दिएर आफन्तलाई छुटाए । ओनसरीका माइला दाइ मात्र हिरासतमै रहे । हिरासतबाट जेल चलान हुनुअघि ओनसरीको परिवारसँग पनि घुस मागियो । बुबा धर्मकर्ममा विश्वास गर्ने, पूजापाठ गर्ने व्यक्ति । उनले घुस दिनु पाप हो भन्ने सम्झिरहे । छोरो निर्दोष छ, आफूले पूजापाठ गर्दै आएका भगवान्ले न्याय दिन्छन्, ऊ छुट्छ भन्ने विश्वासमा ओनसरीका बुबा थिए । तर, छुटेनन्, उनलाई जेल चलान गरियो । दाइ जेल चलान भएपछि ओनसरीको जीवनले नयाँ मोड लियो । निर्दोष हुँदाहुँदै पनि घुस नखुवाएकै कारण छोरो जेल परेपछि ओनसरीका बुबाले धर्मकर्म छाडिदिए । पूजा गर्ने ठाउँ हटाइदिए । छोरीहरूलाई पनि क्रान्तिकारी बन्न छुट दिए । ओनसरी त्यस्ती क्रान्तिकारी भइन्, जसले मूलबाटोअगाडि सारा मानिस रमिते बन्दा पनि हलो जोतिन् । बुबासँगै मिलेर खरले घर छाइन् । बंगुरको खोर बनाइन्, गाह्रो लगाइन् । छोरा मान्छेले मात्रै गर्दै आएका जोखिमपूर्ण तथा घरायसी काम उनले गर्दा समाजले उनलाई ‘राक्षसनी’ भन्यो । सम्झिन्छिन्, ‘लेकको जग्गा ठूलो दाइले खनजोत गर्नुहुन्थ्यो । उहाँ उतै व्यस्त हुनुहुन्थ्यो । माइला दाइ जेल, कान्छा दाइ जागिरे थिए, छुट्टी मिल्दैनथ्यो ।’ उनलाई बुबाको वचनले पनि अनौ समात्न प्रेरित गरेको रहेछ । भन्छिन्, ‘बाले पटकपटक ‘तिमीहरू पनि छोरा भएर जन्मिएको भए मैले जोत्ने मान्छे खोज्दै अरूलाई गुहार्नुपर्ने थिएन’ भन्नुहुन्थ्यो । दाइ जेल परेपछि बाले धर्मकर्म छाड्नुभयो । अनि मैले पनि बुबासँगै हलो जोतेँ ।’ माडीचौर थियो उनको घर । वरिपरि जग्गाजमिन । सदरमुकाम आउने–जानेको लर्को दिनभरजसो लागिरहन्थ्यो । ओनसरीले हलो जोतेको देखेर मानिस लाइन लागेर हेर्थे । कतिपयले धर्मविपरीत भन्दै उनलाई ‘राक्षसनी’ भने, थुके पनि । भन्छिन्, ‘सबैले अपमान गर्न थाले । अति भएपछि मैले त्यही जोतेको माटोको डल्लैडल्लाले हानेर लखेटेँ ।’ छोरो निर्दोष छ भनेर उनका बुबाले जिल्ला अदालत तथा पुनरावेदन अदालतसम्म मुद्दामामिला गरे । धेरै पैसा खर्चिंदासमेत न्याय मिलेन । ‘केही सीप नचलेपछि परिवारले १० हजार घुस दिएर १८ महिनापछि माइला दाइलाई जेलमुक्त गरायो,’ उनले भनिन् । गल्ती नगरी छोरो जेल पर्नु, न्याय माग्दा घुस खुवाउनुपर्नाले आनेसरीका बुबालाई आस्तिकबाट पूरै नास्तिक बनायो । छोरीमान्छेले घरको धुरी चढ्न हुँदैन भन्ने बुबाले नै ओनसरीलाई धुरीमा चढाए । सँगै मिलेर घर छाए । छोरीहरूलाई परिआए बन्दुकसमेत पड्काउन तयार हुनुपर्ने आँट उनैले दिए । राजनीति र बन्दुक स्कुल पढ्दा उनीभन्दा केही कक्षा अगाडिका अग्रज थिए, वर्षमान पुन अर्थात् हाल उनका श्रीमान् । विद्यालयमा जलजला युवा क्लब गठन भएको थियो । त्यही क्लबमा वर्षमानहरूले ओनसरीलगायतलाई नाच्न, गाउन लगाउने, खेलाउने र पुस्तक पढेर सुनाउने गर्थे । उनी सम्झिन्छिन्, ‘जलजला युवा क्लब भने पनि त्यो कम्युनिस्ट विचारधारा राख्नेहरूको संगठन थियो, पछि थाहा भयो । त्यही क्लबमा गीत गाउँदा, सुन्दा, पुस्तकालयमा उपन्यासहरू पढ्दा आफ्नै जीवनभोगाइजस्तो लाग्यो र प्रेरित हुँदै गइयो ।’ कम्युनिस्ट भएकै कारण उनका कान्छा दाइ पनि पक्राउ परे । यातना पाए । त्यसवेलाको शासनव्यवस्था, पञ्चायतको हस्तक्षेपले मुटु दह्रो बनाउन पाठ सिकाएको उनी बताउँछिन् । पहिलोदेखि अन्तिम युद्धसम्म तत्कालीन नेकपा माओवादीले १ फागुन ०५२ मा रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर ‘जनयुद्ध’को उद्घोष ग¥यो । त्यो युद्धमा सामेल झन्डै ४० जना लडाकुमध्ये दुईजना महिला थिए । तीमध्ये एक थिइन्, ओनसरी घर्ती र अर्की तारा घर्ती । भन्छिन्, ‘जनयुद्धका क्रममा दर्जनौँ युद्धमा सहभागी भएँ । तर, त्यो पहिलो युद्ध अविस्मरणीय लाग्छ । हामीले त्यसवेला राजा फाल्ने र गणतन्त्र ल्याउने कुरा गर्दा मानिसहरू हाँस्थे, पत्याउँदैनथे । अनि माओवादी युद्धकै अन्तिम भिडन्त सिन्धुपाल्चोकको चौतारामा पनि म सहभागी थिएँ ।’ पहिलोपटक बन्दुक समात्दा माओवादी युद्धको थालनी हुनुअघि राजनीतिक प्रशिक्षण दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल रोल्पा पुगे । उनीहरूको बिदाइका लागि सातवटा बन्दुकबाट फाइरिङ गर्ने भन्ने भयो ।  
ओनसरीले दाइलाई निर्मम यातना दिएको देखिन् । उनका दाइका औँलाहरूमा पिनले खोपेर घाउ नै घाउ बनाइएको थियो । औँला फुटाएर करेन्ट लगाइएको अवस्थामा पाइन् । दुई–तीन घन्टा हिँडेर घरबाट ल्याएको खानेकुरासमेत कहिलेकाहीँ मात्रै दिने गरिएको थाहा पाइन् ।
  महिलाले पड्काउँदा पड्किँदैन भन्ने मानसिकता स्वयं माओवादीकै नेतामा समेत थियो । ओनसरी सम्झिन्छिन्, ‘अध्यक्ष प्रचण्ड र बादलको बिदाइमा हामी तीनजना महिलाले फाइरिङ गर्छौं भनेर मैले प्रस्ताव राखेँ । सबैजना हाँसे । हामीले बन्दुक पड्काएरै छाड्यौँ । महिलाले बन्दुक पड्काउँदा नपड्किने हो कि भन्ने द्विविधा मेरो मनमा पनि थियो । बन्दुक पड्किँदा म निकै खुसी भएँ ।’ त्यसवेला उनीसँगै बन्दुक पड्काउने तारा घर्ती र गीता विक पनि थिए । घोराहीको आक्रमण ओनसरीका अगाडि भएका दर्जनौ युद्धमध्ये दाङको घोराहीको आक्रमण पनि उनलाई अविस्मरणीय लाग्छ । त्यसवेला सञ्जोग र सपना नामका एकजोडी दम्पती युद्धमा सँगै थिए । सपनाको घटनास्थलमै मृत्यु भयो । घाइतेलाई गाडीमा ओसारेर उपचारका लागि लैजाने जिम्मा ओनसरीलाई आइलाग्यो । सञ्जोगसमेत गम्भीर घाइते अवस्थामा बसभित्र छटपटाइरहेका थिए । डाक्टरलाई सोध्दा बाँच्ने सम्भावना कम छ भनेपछि ओनसरीले उनकी श्रीमती सपनाको मृत्यु भएको खबर सुनाइदिन उचित ठानिछन् । ‘आखिर उनी बाँच्ने सम्भावना थिएन । श्रीमतीको अवस्था थाहा पाऊन् भनेर मैले सपनाले सहादत पाएको सुनाउनेबित्तिकै मेरो हात समाइरहेका सञ्जोगले पनि नखोल्ने गरी आँखा चिम्लिए,’ उनले त्यो दिन सम्झिन् । दर्जनौँ युद्धमा दर्जनौँ साथीले छाडेर गएको, कतिपय छटपटाइरहेका घाइते अहिले पनि उनको मस्तिष्कमा नाचिरहन्छन् । पटक–पटक सांसद भइसकेकी पूर्वसभामुख ओनसरी घर्ती त्यही अतीतलाई टेकेर अब मुलुकको समृद्धि चाहन्छिन् । भन्छिन्, ‘मानिस जेमा रमाउन सक्छ त्यही रहेछ सुख । मैले कुनै समय महिला भएर बन्दुक पड्काउँदा आनन्द र खुसी महसुस गरेकी थिएँ । व्यवस्था परिवर्तन र गणतन्त्र स्थापनाका लागि मैले पहिलोपटक बन्दुक पड्काउँदाको क्षण जति आनन्दको थियो, त्यस्तो क्षण अर्को छैन । अब आत्मनिर्भर राष्ट्र बनेको दिन अर्को क्षण हुनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending