Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रोल्पाकी हली अोनसरी संसद्की सभामुख

\"\"जोत्दै गरेको हलोको अनौबाट एकैछिन हात हटाइन् । हलोले उप्काएको माटोको डल्ला समातिन् । त्यही डल्लैडल्लाले हानिन्, आफूलाई ‘राक्षसनी’ भनेर थुक्नेहरूलाई । ‘महिलाले हलो जोत्नुहुन्न’ भन्ने समाजसँग उनले काँचो उमेरमै विद्रोह गरिन् । भर्खर किशोरी वयमा पाइला टेकेकी थिइन्, उनले । समयसँगै आँट बटुलिँदै गयो । उमेरले डो-याएर तरुण अवस्थामा पु-याउँदै गर्दा उनले बन्दुक समातिन् । एक दशकसम्म त्यो बन्दुक र पेस्तोल तत्कालीन शासन व्यवस्थाको प्रतिकारमा प्रयोग गरिन् । अाजको नयाँ पत्रिकामा खबर छ-शासन बदलियो । व्यवस्था फेरियो । बदलिँदै गयो, परम्परावादी असमान र विभेदयुक्त मानसिकता । परिवर्तित मुलुकको नयाँ जगसामुन्ने प्रौढतिर लम्किँदै गर्दा आजभोलि विचारले मुलुकको मानसिकतामा मलजल गरिरहेकी छिन्, ओनसरी घर्ती । यही समाजले ओनसरीलाई ‘हलो जोत्ने राक्षसनी केटी’ भन्यो । कलिलो उमेरमा पारिवारिक पीडामा मलम लगाउन उनले जोतेको कुरा कसैले महसुस गरेन । यही समाज हो, निरंकुश व्यवस्था हटाउनुपर्छ भन्दै बन्दुक बोक्दा, ‘महिला भएर पनि बन्दुक बोक्ने’ भन्दै उनको खिल्ली उडाउँथ्यो । विगतमा अनेक रूप धारण गरेर आइलागेका विभेद र दुःखका शृंखलाले नै आज यो स्थानमा ल्याइपु-याएको ठान्छिन्, पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती ।  
छोरो जेल परेपछि ओनसरीका बुबाले धर्मकर्म छाडिदिए । पूजा गर्ने ठाउँ हटाइदिए । छोरीहरूलाई पनि क्रान्तिकारी बन्न छुट दिए । ओनसरी त्यस्ती क्रान्तिकारी भइन्, जसले मूलबाटो अगाडि सारा मानिस रमिते बन्दा पनि हलो जोतिन् ।
  कसैले टपक्क टिपेर ओनसरीलाई मुलुककै पहिलो महिला सभामुख बनाएको होइन । मन्त्री र सांसद् पनि चिठ्ठा परेको होइन । आफ्नो विगत कोट्याउँदै गर्दा भावुक देखिइन्, पूर्वसभामुख घर्ती । उनको भोगाइ सुन्दा कुनै दुःखको कथाजस्तो लाग्छ । यसकारण जोतिन् हलो रोल्पाको माडीचौरमा ०३४ साल कात्तिक २८ गते जन्मिएकी ओनसरी तीन दाजु, एक दिदी र दुई बहिनीको बीचकी माइली छोरी हुन् । विकट ग्रामीण परिवेश, निम्न मध्यमवर्गीय किसान परिवार । दुःख गर्नु सामान्य कुरा थियो । पानीसँग मात्रै मकैको बासी ढिँडोले भोक मेटाएको त्यो बाल्यकाल हिजोजस्तै लाग्छ, उनलाई । बिहानै उठेर घाँसदाउरा गर्न कहिले बारीका कान्लातिर त कहिले जंगलतिर निस्कनु जिन्दगीको नियमजस्तै थियो । ‘पिठ्युँभरि स्याउलाको भारी बोकेर सकी–नसकी गाईबस्तुको गोठमा पु¥याउनुपथ्र्यो । हस्याङफस्याङ गर्दै विद्यालय जानु र छुट्टी भएपछि हतार–हतार घर दगुर्नु दैनिकी नै थियो,’ उनले सम्झिन्, ‘घर पुगेर कहिले पानीसँग, कहिले काँचो तोरीको तेलमा नुनसँग चोपेर बासी ढिँडो खान्थ्यौँ । अनि उसैगरी नाम्लोडोरी र हँसिया बोकेर खेतबारीका कान्लादेखि पहरा चिथोर्न पुग्थेँ ।’ माओवादी सांसदसमेत रहेकी पूर्वसभामुख घर्ती बाल्यकालका थप दृश्यहरू पल्टाउँछिन्, ‘पहिले–पहिले सुक्खायाममा गाउँघरतिर तरकारी फल्दैन थियो । त्यस्तो हुँदा कहिले पानीसँग, कहिले काँचो तोरीमा नुनसँग चोपेर ढिँडो खाइयो । त्यसवेला नुनसमेत टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । चिनीको मुख त झन् कहाँबाट देख्नु, त्यसवेला ।’ त्यसवेला धेरैको पारिवारिक परिस्थिति त्यस्तै थियो । अझै पनि दुर्गम जीवनशैली दुर्गममै छोडिएको देख्छिन्, उनी । गरिबीको छानोमुनि जन्मिएका बालबालिकालाई खुट्टा टेक्न सक्ने भयो कि अनेक काममा लगाउनुपर्ने बाध्यता अझै बाँकी रहेको बताउँछिन् । ओनसरी ९÷१० वर्षकी हुँदी हुन्, हत्या आरोपमा उनका माइला दाइ पक्राउ परे । त्यो क्षण सम्झिन्छिन्, ‘माइला दाइ त्यसवेला कम्युनिस्टको सदस्य भइसक्नुभएको रहेछ । कांग्रेस र कम्युनिस्ट भनेपछि त्यसवेला काटाकाट, मारामारजस्तो पो हुन्थ्यो । पञ्चायत भने रमिता हेर्न मन पराउँथ्यो ।’ दाइ पक्राउ पर्नुको कारण प्रस्ट्याउँछिन्, ‘गाउँनजिकैको मेलामा एकजना मानिसले टन्न रक्सी खाएछ, मातेर नजिकैको खोलामा डुबेर ऊ मरेछ । त्यो कुरा सारा समाजलाई थाहा थियो, तर कांग्रेसीले मेरा दाइसहित ६÷७ जना अरू कम्युनिस्ट सदस्यले हत्या गरेको आरोप लगाउँदै मुद्दामामिला गरे ।’ आइलागेपछि बाध्यतावश सामना गर्नुको विकल्प हुन्न । आइलागेको बाध्यतासामु हार्न चाहिनन्, ओनसरी । दाइ हिरासतमा रहँदा घरबाट दुई–तीन घन्टा हिँडेर खाना पु-याउन सदरमुकाम धेरै धाइन् । भन्छिन्, ‘होटेलबाट किनेर दाइलाई खाना खुवाउने पैसा थिएन । घरैबाट खाना लैजाँदा पनि मलाई नै चाख्न भन्थ्यो पुलिसले । चाखिसकेपछि दाइलाई भने हेर्न नदिएर बाहिर पठाउँथ्यो ।’ १२ दिन दैनिक तीन घन्टा निरन्तर हिँडिन्, दाइलाई खाना पु-याइन् । दाइको अनुहारै हेर्न दिएनन् । भन्छिन्, ‘मलाई नेपाली पनि राम्रोसँग बोल्न आउँदैनथ्यो । दाइलाई लगिदिएको खाना खान पनि दिँदैनन् किजस्तो लाग्यो । शंका लागेर एक दिन भेट्न दिनुस् भनेर जिद्धि गरेँ । निकै जिद्धि गरेपछि टाढैबाट दाइलाई हेर्न पाएँ ।’ पञ्चायतकालमा गाउँघरमा एक÷दुईजना प्रहरी पुग्दा पनि भाले काटेर खुवाउने चलन थियो । मान्छेहरू प्रहरी भनेपछि खुब डराउने । ‘खाएको विष मात्र लाग्छ, नखाएको लाग्दैन’ भनिन्छ । तर, मानिसको जीवनमा कहिलेकाहीँ त्यस्तो क्षण पनि आउँछ, जतिवेला नगरेको गल्तीको पनि अनाहकमा सजाय भोग्नुपर्छ । ओनसरीले दाइलाई निर्मम यातना दिएको देखिन् । दाइका औँलाहरूमा पिनले खोपेर घाउ नै घाउ बनाइएको थियो । हत्या गरेको स्वीकार गर्ला भनेर औँला फुटाएर करेन्ट लगाइएको अवस्थामा उनलाई देखिन् । दुई–तीन घन्टा हिँडेर घरबाट ल्याएको खानेकुरासमेत कहिलेकाहीँ मात्रै दिने गरिएको थाहा पाइन् । हत्या आरोपमा पक्राउ परेका अरूका परिवारले घुस दिएर आफन्तलाई छुटाए । ओनसरीका माइला दाइ मात्र हिरासतमै रहे । हिरासतबाट जेल चलान हुनुअघि ओनसरीको परिवारसँग पनि घुस मागियो । बुबा धर्मकर्ममा विश्वास गर्ने, पूजापाठ गर्ने व्यक्ति । उनले घुस दिनु पाप हो भन्ने सम्झिरहे । छोरो निर्दोष छ, आफूले पूजापाठ गर्दै आएका भगवान्ले न्याय दिन्छन्, ऊ छुट्छ भन्ने विश्वासमा ओनसरीका बुबा थिए । तर, छुटेनन्, उनलाई जेल चलान गरियो । दाइ जेल चलान भएपछि ओनसरीको जीवनले नयाँ मोड लियो । निर्दोष हुँदाहुँदै पनि घुस नखुवाएकै कारण छोरो जेल परेपछि ओनसरीका बुबाले धर्मकर्म छाडिदिए । पूजा गर्ने ठाउँ हटाइदिए । छोरीहरूलाई पनि क्रान्तिकारी बन्न छुट दिए । ओनसरी त्यस्ती क्रान्तिकारी भइन्, जसले मूलबाटोअगाडि सारा मानिस रमिते बन्दा पनि हलो जोतिन् । बुबासँगै मिलेर खरले घर छाइन् । बंगुरको खोर बनाइन्, गाह्रो लगाइन् । छोरा मान्छेले मात्रै गर्दै आएका जोखिमपूर्ण तथा घरायसी काम उनले गर्दा समाजले उनलाई ‘राक्षसनी’ भन्यो । सम्झिन्छिन्, ‘लेकको जग्गा ठूलो दाइले खनजोत गर्नुहुन्थ्यो । उहाँ उतै व्यस्त हुनुहुन्थ्यो । माइला दाइ जेल, कान्छा दाइ जागिरे थिए, छुट्टी मिल्दैनथ्यो ।’ उनलाई बुबाको वचनले पनि अनौ समात्न प्रेरित गरेको रहेछ । भन्छिन्, ‘बाले पटकपटक ‘तिमीहरू पनि छोरा भएर जन्मिएको भए मैले जोत्ने मान्छे खोज्दै अरूलाई गुहार्नुपर्ने थिएन’ भन्नुहुन्थ्यो । दाइ जेल परेपछि बाले धर्मकर्म छाड्नुभयो । अनि मैले पनि बुबासँगै हलो जोतेँ ।’ माडीचौर थियो उनको घर । वरिपरि जग्गाजमिन । सदरमुकाम आउने–जानेको लर्को दिनभरजसो लागिरहन्थ्यो । ओनसरीले हलो जोतेको देखेर मानिस लाइन लागेर हेर्थे । कतिपयले धर्मविपरीत भन्दै उनलाई ‘राक्षसनी’ भने, थुके पनि । भन्छिन्, ‘सबैले अपमान गर्न थाले । अति भएपछि मैले त्यही जोतेको माटोको डल्लैडल्लाले हानेर लखेटेँ ।’ छोरो निर्दोष छ भनेर उनका बुबाले जिल्ला अदालत तथा पुनरावेदन अदालतसम्म मुद्दामामिला गरे । धेरै पैसा खर्चिंदासमेत न्याय मिलेन । ‘केही सीप नचलेपछि परिवारले १० हजार घुस दिएर १८ महिनापछि माइला दाइलाई जेलमुक्त गरायो,’ उनले भनिन् । गल्ती नगरी छोरो जेल पर्नु, न्याय माग्दा घुस खुवाउनुपर्नाले आनेसरीका बुबालाई आस्तिकबाट पूरै नास्तिक बनायो । छोरीमान्छेले घरको धुरी चढ्न हुँदैन भन्ने बुबाले नै ओनसरीलाई धुरीमा चढाए । सँगै मिलेर घर छाए । छोरीहरूलाई परिआए बन्दुकसमेत पड्काउन तयार हुनुपर्ने आँट उनैले दिए । राजनीति र बन्दुक स्कुल पढ्दा उनीभन्दा केही कक्षा अगाडिका अग्रज थिए, वर्षमान पुन अर्थात् हाल उनका श्रीमान् । विद्यालयमा जलजला युवा क्लब गठन भएको थियो । त्यही क्लबमा वर्षमानहरूले ओनसरीलगायतलाई नाच्न, गाउन लगाउने, खेलाउने र पुस्तक पढेर सुनाउने गर्थे । उनी सम्झिन्छिन्, ‘जलजला युवा क्लब भने पनि त्यो कम्युनिस्ट विचारधारा राख्नेहरूको संगठन थियो, पछि थाहा भयो । त्यही क्लबमा गीत गाउँदा, सुन्दा, पुस्तकालयमा उपन्यासहरू पढ्दा आफ्नै जीवनभोगाइजस्तो लाग्यो र प्रेरित हुँदै गइयो ।’ कम्युनिस्ट भएकै कारण उनका कान्छा दाइ पनि पक्राउ परे । यातना पाए । त्यसवेलाको शासनव्यवस्था, पञ्चायतको हस्तक्षेपले मुटु दह्रो बनाउन पाठ सिकाएको उनी बताउँछिन् । पहिलोदेखि अन्तिम युद्धसम्म तत्कालीन नेकपा माओवादीले १ फागुन ०५२ मा रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर ‘जनयुद्ध’को उद्घोष ग¥यो । त्यो युद्धमा सामेल झन्डै ४० जना लडाकुमध्ये दुईजना महिला थिए । तीमध्ये एक थिइन्, ओनसरी घर्ती र अर्की तारा घर्ती । भन्छिन्, ‘जनयुद्धका क्रममा दर्जनौँ युद्धमा सहभागी भएँ । तर, त्यो पहिलो युद्ध अविस्मरणीय लाग्छ । हामीले त्यसवेला राजा फाल्ने र गणतन्त्र ल्याउने कुरा गर्दा मानिसहरू हाँस्थे, पत्याउँदैनथे । अनि माओवादी युद्धकै अन्तिम भिडन्त सिन्धुपाल्चोकको चौतारामा पनि म सहभागी थिएँ ।’ पहिलोपटक बन्दुक समात्दा माओवादी युद्धको थालनी हुनुअघि राजनीतिक प्रशिक्षण दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादल रोल्पा पुगे । उनीहरूको बिदाइका लागि सातवटा बन्दुकबाट फाइरिङ गर्ने भन्ने भयो ।  
ओनसरीले दाइलाई निर्मम यातना दिएको देखिन् । उनका दाइका औँलाहरूमा पिनले खोपेर घाउ नै घाउ बनाइएको थियो । औँला फुटाएर करेन्ट लगाइएको अवस्थामा पाइन् । दुई–तीन घन्टा हिँडेर घरबाट ल्याएको खानेकुरासमेत कहिलेकाहीँ मात्रै दिने गरिएको थाहा पाइन् ।
  महिलाले पड्काउँदा पड्किँदैन भन्ने मानसिकता स्वयं माओवादीकै नेतामा समेत थियो । ओनसरी सम्झिन्छिन्, ‘अध्यक्ष प्रचण्ड र बादलको बिदाइमा हामी तीनजना महिलाले फाइरिङ गर्छौं भनेर मैले प्रस्ताव राखेँ । सबैजना हाँसे । हामीले बन्दुक पड्काएरै छाड्यौँ । महिलाले बन्दुक पड्काउँदा नपड्किने हो कि भन्ने द्विविधा मेरो मनमा पनि थियो । बन्दुक पड्किँदा म निकै खुसी भएँ ।’ त्यसवेला उनीसँगै बन्दुक पड्काउने तारा घर्ती र गीता विक पनि थिए । घोराहीको आक्रमण ओनसरीका अगाडि भएका दर्जनौ युद्धमध्ये दाङको घोराहीको आक्रमण पनि उनलाई अविस्मरणीय लाग्छ । त्यसवेला सञ्जोग र सपना नामका एकजोडी दम्पती युद्धमा सँगै थिए । सपनाको घटनास्थलमै मृत्यु भयो । घाइतेलाई गाडीमा ओसारेर उपचारका लागि लैजाने जिम्मा ओनसरीलाई आइलाग्यो । सञ्जोगसमेत गम्भीर घाइते अवस्थामा बसभित्र छटपटाइरहेका थिए । डाक्टरलाई सोध्दा बाँच्ने सम्भावना कम छ भनेपछि ओनसरीले उनकी श्रीमती सपनाको मृत्यु भएको खबर सुनाइदिन उचित ठानिछन् । ‘आखिर उनी बाँच्ने सम्भावना थिएन । श्रीमतीको अवस्था थाहा पाऊन् भनेर मैले सपनाले सहादत पाएको सुनाउनेबित्तिकै मेरो हात समाइरहेका सञ्जोगले पनि नखोल्ने गरी आँखा चिम्लिए,’ उनले त्यो दिन सम्झिन् । दर्जनौँ युद्धमा दर्जनौँ साथीले छाडेर गएको, कतिपय छटपटाइरहेका घाइते अहिले पनि उनको मस्तिष्कमा नाचिरहन्छन् । पटक–पटक सांसद भइसकेकी पूर्वसभामुख ओनसरी घर्ती त्यही अतीतलाई टेकेर अब मुलुकको समृद्धि चाहन्छिन् । भन्छिन्, ‘मानिस जेमा रमाउन सक्छ त्यही रहेछ सुख । मैले कुनै समय महिला भएर बन्दुक पड्काउँदा आनन्द र खुसी महसुस गरेकी थिएँ । व्यवस्था परिवर्तन र गणतन्त्र स्थापनाका लागि मैले पहिलोपटक बन्दुक पड्काउँदाको क्षण जति आनन्दको थियो, त्यस्तो क्षण अर्को छैन । अब आत्मनिर्भर राष्ट्र बनेको दिन अर्को क्षण हुनेछ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending