Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

‘हाइ प्रोफाइल’ बाल यौन दुराचारी पक्राउ

\"\"काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) का पूर्वउच्चअधिकारी पिटर जोन डालग्लिस बाल यौन दुराचार आरोपमा पक्राउ परेका छन् । बालबालिकाका क्षेत्रमा सामाजिक काम गरी अन्तर्राष्ट्रिय रूपमा ख्याति आर्जन गरेका पिटरलाई शनिबार काभ्रे मदनपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ६० वर्षीय पिटर क्यानेडियाली हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी अधिकृत पिटरको प्रोफाइल हेर्दा आफैं आश्चर्यमा परेका छन् । अाजको अन्नपूर्णमा खबर छ-पिटरले गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानी सहयोग गर्ने नाममा काभ्रेको मण्डन देउपुर नगरपालिकामा हिमालयन कम्युनिटी फाउन्डेसन नामको संस्था खोलेर बसेका थिए । प्रहरी अनुसन्धानबाट विपन्न बालबालिकालाई शिक्षासँगै विदेश पठाइदिने नाममा उनले यौन दुराचार गर्दै आएको खुलेको छ । उनी मण्डन देउपुरको १४ रोपनी जग्गाको कम्पाउन्डभित्र बस्दै आएका थिए । पिटरले त्यहाँभित्र रहेका बालबालिकालाई दुराचार गर्दै आएको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएका थिए । ‘विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने नाममा पिटरले धेरैलाई यौन दुराचार गरेको हाम्रो ठम्याइ छ । उनी एकताका यूएनमा काम गरेबापत नीलो राहदानी बोकेर विश्व सयर गरेका व्यक्ति हुन्,’ पिटरबारे जानकारी दिँदै सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले भने । पिटरले आवरणमा विशेषगरी युद्धपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आए पनि बाल यौन दुराचारमा भने लिप्त रहेको प्रहरीको दाबी छ ।
पिटरले आवरणमा विशेषगरी युद्धपीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आए पनि बाल यौन दुराचारमा भने लिप्त रहेको प्रहरीको दाबी छ ।
सीआईबीले यसअघि बाल यौन दुराचारकै आरोपमा ६ विदेशीलाई पक्राउ गरेको छ । त्यसमध्ये पिटर पनि हुन् । पक्राउपछि मुद्दा चलाइएका सबै अदालतबाट पुर्पक्षमा जेल चलान भएका छन् । कार्कीले भने, ‘अन्य मुलुकको दाँजोमा नेपालमा सजाय कम भएको र गरिबी एवं विपन्नसमेत नेपालमै बढी भएकाले पनि त्यसको फाइदा उठाएर यौन दुराचारका लागि विदेशी नागरिक नेपालमा आउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।’ सीआईबीले नेपालभित्र दुराचारी छिरेको सूचना सहजै पाउने गरी नेटवर्क बनाएको जनाएको छ । सीआईबीका अनुसार बाल यौन दुराचारीको अन्तर्राष्ट्रिय सञ्जाल नै छ । खान, बस्न पनि सस्तो र सहज मुलुक रहेका कारण पनि विदेशीको नजर यहाँ पर्ने गरेको हो । बालबालिकाले हीनताबोध र लाजका कारण अरूलाई यौनहिंसाका घटना नसुनाउने हुँदा कतिपय यस्ता घटना बाहिर नआउने गरेको भनाइ डीआईजी कार्कीको छ । को हुन् पिटर ? क्यानेडियाली पिटर सन् १९८८ मा ‘विश्वका १० युवा प्रतिभामध्ये एक’मा चुनिएका पिटर जुनियर च्याम्बर इन्टरनेसनल अवार्ड पाएका व्यक्ति हुन् । पिटर नेपालमा सन् २००२ मा संयुक्त राष्ट्रसंघको बाल श्रम कार्यक्रमअन्तर्गत प्राविधिक सल्लाहकारका रूपमा नियुक्ति पाए । उनले क्यानडा सरकारकै कार्यक्रमअन्तर्गत ‘युथ सर्भिस क्यानडा’ मा पहिलो स्वयंसेवा निर्देशक भएर काम गरेका थिए । उनी सन् २०१० देखि २०१४ सम्म अफगानिस्तानको काबुलमा युनाइटेड नेसन ह्युमेन सेटलमेन्ट प्रोग्राम (यूएन–ह्याबिट्याट) मा वरिष्ठ सल्लाहकार र उपप्रमुखका रूपमा कार्यरत थिए । सन् २०१६ मा उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) वरिष्ठ अर्बन सल्लाहकारका रूपमा काम गरे । उनले यूएन मिसनअन्तर्गत इबोला इमर्जेन्सी रेस्पोन्स कार्यक्रमअन्तर्गत लाइबेरियामा २०१५ जनवरीदेखि २०१६ सम्म काम गरेका थिए । तीनवटा मानार्थ विद्यावारिधि पाएका उनी ‘स्ट्रिट किड्स इन्टरनेसनल’ संस्थाका संस्थापकसमेत हुन् । उनले ‘द करेज अफ चिल्ड्रेन : माई लाइफ विथ द वर्ल्ड पुअरेस्ट किड्स’ नामक पुस्तकसमेत लेखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending