Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

मोबाइलबाट जोडिएको जोडी यसरी भए दुई किनारा

\"\"काठमाडाैं । “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहो¥याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिसाएजस्तो गरेपनि जवानीले उनलाई कुत्कुत्याउन थाल्यो । उनले पनि झन् मख्ख पर्दै फोनमै सवालजवाफ गर्न थालिन् । सहपाठी उनकै आफन्त थिए । उमेरले आफूभन्दा करीब एक वर्ष जेठो । अाजको राजधानी दैनिकमा खबर छ-किशोरी जिल्लाकै एक सरकारी विद्यालयमा कक्षा ९ र किशोर कक्षा १० मा अध्ययनरत थिए । सुन्दा कुनै चलचित्रको कथा जस्तो लागे पनि यो काल्पनिक कथा होइन । जिल्लाकै एक जोडीको वास्तविक प्रेम कथा हो । करीब एक घण्टाको दूरीमा उनीहरुको बासस्थान थियो भने नाताले पनि उनीहरु आफन्त नै पर्थे । यसकारण उनीहरुको भेटघाट तथा चिनजान सहज रुपमा अगाडि बढेको थियो । भोलिपल्ट प्रार्थनाका समयमा विद्यालयमा दुबैजनाको भेट भयो । सहपाठी रिसाउँछिन् कि भन्ने चिन्ताले ती किशोरलाई अलि नरमाइलो लागिरहेको थियो तर, किशोरीले मौन स्वीकृति जनाउन थालेपछि किशोरलाई नजिकबाटै खुलेर बोल्न सहज भयो । उनले खाजा खाने समयमा किशोरीसँग भेटेर उही बाक्य दोहो¥याए – “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” । किशोरीका अनुसार यसअघि पनि उनीहरुका बीच सामान्य कुराकानी तथा भेटघाट भइरहन्थ्यो । एकले अर्कालाई मन पराउन पनि थालिसकेका थिए । तर प्रेम प्रस्ताव राख्ने हिम्मत भने दुबैले गरेका थिएनन् । यो जोडीलाई मोबाइलले साइनो गाँस्न सहज बनाइदियो । यसपछिका दिनमा दुबैबीच फोनबाट घण्टौं कुराकानी हुन थाल्यो । प्रेम चलेको करीब तीन महिना नपुग्दै यो जोडीले आजभन्दा ५ वर्ष पहिले प्रेम विवाह ग¥यो । विवाह पूर्वका दिनभन्दा विवाह पछिका दिनहरु केही निरसिला बन्न थाले । दुबैका वीच मनमुटाव हुन थाल्यो । स–साना कुरामा पनि घण्टौं बहस चल्न थालेपछि सम्बन्धले जटिल मोड लिँदै गएको किशोरीको भनाइ छ । “प्रेम र विवाह शायद फरक कुरा रै’छन्,” किशोरीले भनिन् । प्रेम चल्दाका बखत आफूलाई हेरेर बाँच्न सक्छु भन्नेले विवाह पछिका दिनमा फरक ब्यवहार गर्न थाले । विवाह गरिसकेपछि विद्यालय जाने वातावरण पनि बिग्रियो । घरको कामकाजमा बाधा पुग्ने भन्दै परिवारले विद्यालय जान रोक लगाएका कारण उनी विद्यालय जान सकेनन् । विवाह पछि आर्थिक भार थपिँदै गएका कारण गरिबी र बेरोजगारीले गला थिच्न थाल्यो र दिनहँु घरझगडा हुन थाल्यो । फलतः विवाह गरेको करीब १ वर्ष नपुग्दै गर्भमा नासो छाडेर श्रीमान् विदेशिए । “मैले यता दुःखसुख गरेर काखको नानी दुईवर्ष बनाएपछि उनी घर फर्किए तर उनले मेरो वास्ता गर्न छोडे,” उनले भनिन् । उनको मोबाइल अर्र्कै प्रेमिकाका लागि बज्न थालेको छ भन्ने सुनेकी उनले त्यस पुरुषसँग बाँच्न नसक्ने निधो गरेर जिल्ला अदालत रोल्पामा करीब एकवर्ष पहिले मैले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । अदालतबाट सम्बन्ध विच्छेद भयो । जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एकै जुनी पनि साथ दिन सकेनन् । “त्यसैले अहिले उनी र म आ–आफ्नो बाटोमा छौं,” उनले भनिन् – “पढ्ने उमेरमा बुद्धि बिग्रिएपछि न पढाइ बन्यो न घरबार ।” अदालतले उनीसँग जोडेको घरबार भत्काएर आफूलाई न्याय गरेको उनको भनाइ छ । “केटा मान्छेको जात स्वार्थी हुँदोरहेछ, जता राम्रो देख्यो उतै ढल्किँदा रहेछन् त्यसैले अब दोस्रो बिहे नगर्ने निधो गरेकी छु,” उनले भनिन् । उनका अनुसार उनका श्रीमान्ले भने अहिले दोस्रो बिहे गरिसकेका छन् । जिल्ला अदालत रोल्पाका अनुसार पछिल्ला दिनमा मोबाइलका कारण कतिका नयाँ घरबार बनेका छन् भने कतिका घरबार बिग्रिएका छन् । सम्बन्ध जोड्न मोबाइल वा सामाजिक सञ्जाल सहज साधन हुन् नै सुखी जीवनका लागि पनि यिनको उपयोग भइदिए उत्तम हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending