Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मोबाइलबाट जोडिएको जोडी यसरी भए दुई किनारा

\"\"काठमाडाैं । “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहो¥याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी रिसाएजस्तो गरेपनि जवानीले उनलाई कुत्कुत्याउन थाल्यो । उनले पनि झन् मख्ख पर्दै फोनमै सवालजवाफ गर्न थालिन् । सहपाठी उनकै आफन्त थिए । उमेरले आफूभन्दा करीब एक वर्ष जेठो । अाजको राजधानी दैनिकमा खबर छ-किशोरी जिल्लाकै एक सरकारी विद्यालयमा कक्षा ९ र किशोर कक्षा १० मा अध्ययनरत थिए । सुन्दा कुनै चलचित्रको कथा जस्तो लागे पनि यो काल्पनिक कथा होइन । जिल्लाकै एक जोडीको वास्तविक प्रेम कथा हो । करीब एक घण्टाको दूरीमा उनीहरुको बासस्थान थियो भने नाताले पनि उनीहरु आफन्त नै पर्थे । यसकारण उनीहरुको भेटघाट तथा चिनजान सहज रुपमा अगाडि बढेको थियो । भोलिपल्ट प्रार्थनाका समयमा विद्यालयमा दुबैजनाको भेट भयो । सहपाठी रिसाउँछिन् कि भन्ने चिन्ताले ती किशोरलाई अलि नरमाइलो लागिरहेको थियो तर, किशोरीले मौन स्वीकृति जनाउन थालेपछि किशोरलाई नजिकबाटै खुलेर बोल्न सहज भयो । उनले खाजा खाने समयमा किशोरीसँग भेटेर उही बाक्य दोहो¥याए – “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ?” । किशोरीका अनुसार यसअघि पनि उनीहरुका बीच सामान्य कुराकानी तथा भेटघाट भइरहन्थ्यो । एकले अर्कालाई मन पराउन पनि थालिसकेका थिए । तर प्रेम प्रस्ताव राख्ने हिम्मत भने दुबैले गरेका थिएनन् । यो जोडीलाई मोबाइलले साइनो गाँस्न सहज बनाइदियो । यसपछिका दिनमा दुबैबीच फोनबाट घण्टौं कुराकानी हुन थाल्यो । प्रेम चलेको करीब तीन महिना नपुग्दै यो जोडीले आजभन्दा ५ वर्ष पहिले प्रेम विवाह ग¥यो । विवाह पूर्वका दिनभन्दा विवाह पछिका दिनहरु केही निरसिला बन्न थाले । दुबैका वीच मनमुटाव हुन थाल्यो । स–साना कुरामा पनि घण्टौं बहस चल्न थालेपछि सम्बन्धले जटिल मोड लिँदै गएको किशोरीको भनाइ छ । “प्रेम र विवाह शायद फरक कुरा रै’छन्,” किशोरीले भनिन् । प्रेम चल्दाका बखत आफूलाई हेरेर बाँच्न सक्छु भन्नेले विवाह पछिका दिनमा फरक ब्यवहार गर्न थाले । विवाह गरिसकेपछि विद्यालय जाने वातावरण पनि बिग्रियो । घरको कामकाजमा बाधा पुग्ने भन्दै परिवारले विद्यालय जान रोक लगाएका कारण उनी विद्यालय जान सकेनन् । विवाह पछि आर्थिक भार थपिँदै गएका कारण गरिबी र बेरोजगारीले गला थिच्न थाल्यो र दिनहँु घरझगडा हुन थाल्यो । फलतः विवाह गरेको करीब १ वर्ष नपुग्दै गर्भमा नासो छाडेर श्रीमान् विदेशिए । “मैले यता दुःखसुख गरेर काखको नानी दुईवर्ष बनाएपछि उनी घर फर्किए तर उनले मेरो वास्ता गर्न छोडे,” उनले भनिन् । उनको मोबाइल अर्र्कै प्रेमिकाका लागि बज्न थालेको छ भन्ने सुनेकी उनले त्यस पुरुषसँग बाँच्न नसक्ने निधो गरेर जिल्ला अदालत रोल्पामा करीब एकवर्ष पहिले मैले सम्बन्ध विच्छेदका लागि निवेदन दिइन् । अदालतबाट सम्बन्ध विच्छेद भयो । जुनीजुनी सँगै बाँच्छु सँगै मर्छु भन्नेले एकै जुनी पनि साथ दिन सकेनन् । “त्यसैले अहिले उनी र म आ–आफ्नो बाटोमा छौं,” उनले भनिन् – “पढ्ने उमेरमा बुद्धि बिग्रिएपछि न पढाइ बन्यो न घरबार ।” अदालतले उनीसँग जोडेको घरबार भत्काएर आफूलाई न्याय गरेको उनको भनाइ छ । “केटा मान्छेको जात स्वार्थी हुँदोरहेछ, जता राम्रो देख्यो उतै ढल्किँदा रहेछन् त्यसैले अब दोस्रो बिहे नगर्ने निधो गरेकी छु,” उनले भनिन् । उनका अनुसार उनका श्रीमान्ले भने अहिले दोस्रो बिहे गरिसकेका छन् । जिल्ला अदालत रोल्पाका अनुसार पछिल्ला दिनमा मोबाइलका कारण कतिका नयाँ घरबार बनेका छन् भने कतिका घरबार बिग्रिएका छन् । सम्बन्ध जोड्न मोबाइल वा सामाजिक सञ्जाल सहज साधन हुन् नै सुखी जीवनका लागि पनि यिनको उपयोग भइदिए उत्तम हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending