Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

ओलीले मोदीलाई सोधेका थिए-अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न ?

\"\"काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ-प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च प्राथमिकतासाथ कभरेज गरेका भारतीय अखबारहरूले चीनलाई भारत सरकारको कूटनीतिक जवाफबारे उल्लेख गरेका छन्। ‘गत वर्ष नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेइजिङ भ्रमणका बेला तिब्बत हुँदै सीमासम्म रेल सञ्जाल विस्तार गर्न आवश्यक प्राविधिक काम थाल्न नेपाल र चीनबीच भएको सहमतिको जवाफमा भारतका तर्फबाट पछिल्लो सहयोगको घोषणा भएको हो,’ भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ। नेपालको राजनीतिक परिवर्तन, निर्वाचन सफलतालगायत उपलब्धिप्रति खुसी व्यक्त गर्दै मोदीले नेपाली समकक्षी ओलीबाट मुलुकको राजनीतिक तथा आर्थिक विकासका क्रममा समाजका सबै तप्कालाई साथमा लिने आशा व्यक्त गरेको विदेश मन्त्रालयका सचिव विजय गोखलेलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ। भेटघाटका क्रममा मोदीले ‘सामाजिक न्याय’ र ‘सामाजिक एकता’ मा समेत जोड दिएको समाचारमा उल्लेख छ। भारतीय सञ्चारकर्मीले नेपाली अधिकारीलाई भेटदा पनि यी विषयमा जिज्ञासा राखेका थिए। उनीहरूले नेपालमा चीनको रेल कहिले आउला भनेर सोधेका थिए। मिडियाले नेपाल–भारत सम्बन्धमा चीनलाई जोड्ने काम गरे पनि दुईपक्षीय छलफलमा भने चीनसम्बन्धी कुनै पनि विषयले प्रवेश नपाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। ‘दुवै मुलुकसँग मात्र नभएर अन्य मुलुकसँग पनि नेपालको आफ्नो प्रकारको सम्बन्ध छ, यसलाई जोड्न मिल्दैन,’ ज्ञवालीले भने। प्रधानमन्त्री ओलीले दुई वर्षअघिको आर्थिक नाकाबन्दीलाई लक्षित गर्दै आजको आधुनिक युगमा वस्तु तथा मानिसको आवागमन अवरुद्ध हुने–नहुने जिज्ञासा राखेको अर्को अंग्रेजी दैनिक ‘द हिन्दु’ ले लेखेको छ। ‘द्विपक्षीय तथा क्षेत्रीय कनेक्टिभिटी र पारवहन व्यवस्था सधैं बिनाअवरोध सहज ढंगले सञ्चालन हुनुपर्छ,’ ओलीलाई उद्धृत गर्दै ‘द हिन्दु’ ले छापेको छ। भारत र चीन नीतिको निर्णय गर्न नेपाल स्वतन्त्र रहेकामा ओलीले विशेष जोड दिएको उक्त दैनिकले उल्लेख गरेको छ। भारतीय पत्रिकाहरूले प्रधानमन्त्री ओलीलाई ‘भारतले नेपालमा नाकाबन्दी लगाएको विषय बाहिर ल्याएर समाधानको पहल गर्ने व्यक्ति’ को संज्ञासमेत दिएका छन्। रेल र जलमार्ग विस्तारमा भएको समझदारीमार्फत नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गर्ने प्रयास गरिएको अर्को भारतीय अंग्रेजी दैनिक ‘हिन्दुस्तान टाइम्स’ ले लेखेको छ। चीनलाई जवाफ दिन पनि सत्तारोहणपछिको पहिलो विदेश भ्रमणमा निस्केका ओलीलाई भारतले रातो कार्पेट ओछ्याएर स्वागत गरेको उक्त दैनिकले उल्लेख गरेको छ। पत्रिकाले भारत भ्रमणका क्रममा ओलीले विश्वासमा आधारित सम्बन्धमा जोड दिएको बताएको छ। ‘छिमेकसँगको सम्बन्ध अरूसँग भन्दा फरक हुन्छ । समानता, न्याय, आपसी सम्मानजस्ता सिद्धान्त नै शान्तिपूर्ण छिमेकसँगको सहअस्तित्वपूर्ण सम्बन्धका आधार हुन्,’ ओलीलाई उद्धृत गर्दै ‘द हिन्दुस्तान टाइम्स’ ले लेखेको छ । अर्को अंग्रेजी दैनिक ‘टाइम्स अफ इन्डिया’ ले पनि पूर्वाधार विकासमा चीनको आक्रामक रणनीतिको जवाफमा भारतले हिमालयको देश नेपाललाई भारतीय रेल सञ्जालमा जोड्न भारतले अन्तरदेशीय रेलमार्ग र जलमार्ग निर्माणका लागि तत्परता देखाएको दाबी गरेको छ। जलमार्ग निर्माणले भूपरिवेष्ठित मुलुकलाई सिधै समुद्रसम्म पहुँच विस्तार हुने उक्त दैनिकको निष्कर्ष छ । जलमार्गसम्बन्धी पछिल्लो समझदारीबाट भारततर्फ बगेर गइरहेका नेपाली नदीमा रहेको जलविद्युत् ऊर्जाको सम्भावनाको सदुपयोग हुने र बाढीका कारण वातावरणीय तथा इकोलोजिकल प्रभावजस्ता समस्या सम्बोधन हुने विश्लेषण पनि पत्रिकाले गरेको छ। ओलीको भारत भ्रमणकै क्रममा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजनाको शिलान्यास गर्ने पूर्वनिर्धारित कार्यक्रम अन्तिम समयमा स्थगन गरिएको थियो । यसलाई भारतीय प्रधानमन्त्री मोदीले निकट भविष्यमा हुने आफ्नो नेपाल भ्रमणका अवसरमा शिलान्यास गर्ने योजना बनेकाले स्थगन गरिएको विदेश सचिव गोखलेलाई उद्धृत गर्दै उक्त दैनिकले लेखेको छ । यसमा नेपाली टोलीले पनि मौन समर्थन गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending