Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सचिव सरुवामा माओवादी मन्त्रीहरुको असन्तुष्टि

\"\"काठमाडौं । सरकारले एकसाथ ३० जना सचिवहरुको सरुवा गरेको विषयमा माओवादी केन्द्रका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको सरकारी निवासमा शुक्रबार बसेको बैठकमा माओवादीका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त परामर्श नगरी सचिवहरुको सरुवा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा हरेक १५ दिनमा बस्ने गरेको यो बैठकमा सचिव सरुवालाई लिएर केही मन्त्रीले रोष प्रकट गरेका हुन् । प्रचण्डको निर्देशन अनुसार दोस्रो पटक बसेको माओवादी मन्त्रीहरुको बैठमा प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेकाले मातृका यादव भने सहभागी थिएनन् । बैठकमा अन्य सबै मन्त्री सहभागी थिए । अाजको अन्नपूर्णमा खबर छ-सरकारको काम कारबाहीको समिक्षाका लागि बस्ने यो बैठकमा सचिव सरुवाको विषयमा केही आफूकहाँ राम्रै सचिव आएको बताएका थिए भने केहीले भने तीब्र असन्तुष्टि जनाएका थिए । \'बैठकमा सचिव सरुवा लगायत विषयमा छलफल भएको थियो\', माओवादीका एक मन्त्रीले भने, \'केही मन्त्रीले ठीकै सचिव आएको बताए पनि केहीले भने असन्तुष्टि जनाएका थिए ।\' ती मन्त्रीका अनुसार यसैका आधारमा पार्टीले प्रधानमन्त्रीसँग असन्तुष्टि पोख्नुपर्ने कुरामा कुनै चर्चा नभएको उनले बताए । \'छलफलका एजेण्डाका रुपमा भन्दा भैपरी आएका घटनाको समिक्षाका क्रममा यो विषय उठेको हो\', ती मन्त्रीले भने, \'तर ओलीले जति परामर्श गर्नुपर्ने हो, त्यसो नगरी सचिव सरुवा गरिँदा केही मन्त्रीलाई असजिलो भएको छ ।\' बैठकमा पनि सचिव सरुवामा परामर्श नगरेको धारणा केही मन्त्रीले राखेका थिए । \'यसबारे कुरा उठेको हो, तर प्रम ओलीसँग यो विाष्यमा आपत्ति जनाउनेबारे कुनै निर्णय भएको छैन\', ती मन्त्रीले भने, \'छलफलमा कुरा मात्र उठेको हो । त्यो भन्दा धेरै अरु केही भएको होइन ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending