Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

एकीकृत पार्टीमा कस्तो हुन्छ अध्यक्षद्वयको हैसियत ?

\"\"काठमाडाैं । एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । अाजको नयाँ पत्रिकामा खबर छ- अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरीयता पहिलो नम्बरमा हुने गरी विधान प्रतिवेदन बनाइएको छ,’ कार्यदलका सदस्य एमाले नेता बेदुराम भुसालले भने, ‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लोपटक पहिलो वरीयतामा रहेको अध्यक्ष पछिल्लोपटक स्वतः दोस्रो वरीयताको मर्यादाक्रममा हुनेछ ।’ निर्णय पुस्तिकामा आलोपालो हस्ताक्षर एमाले र माओवादी केन्द्रका बैठकहरूमा उपस्थिति पत्रमा सबैले, तर बैठकका निर्णयको अन्तिममा भने अध्यक्षले मात्र हस्ताक्षर गर्ने प्रचलन छ । यो प्रचलनअनुसार एकीकृत पार्टीमा दुई अध्यक्षमध्ये जसले बैठकको अध्यक्षता गर्छ, उसैले निर्णयको अन्तिममा हस्ताक्षर गर्नेछ । तर, आलोपालो अध्यक्षताको विधि र प्रक्रिया के हुने विषयमा भने विधान मौन रहेको स्रोतले जनायो । ‘प्रतिवेदन पार्टी एकता संयोजन समितिबाट अनुमोदन हुन बाँकी छ, त्यसैले यस्ता विषय स्पष्ट हुन पनि सक्छन्, दुई अध्यक्षले समझदारीमा गर्न पनि सक्नुहुन्छ,’ कार्यदलकै अर्का एक सदस्यले भने । पार्टी एकता घोषणा सभा बैठकको अध्यक्षता भने केपी ओलीले गर्ने गरी समझदारी भएको स्रोतले बतायो । २२ चैतमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणा सभा गर्नका लागि तयारी अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि २७ चैतमा पुनः संयोजन समिति बैठक बोलाइएको छ । उक्त बैठकले एकतापछि बन्ने पार्टीमा संख्याको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द विधानमा राख्ने कि नराख्ने विषय टुंगो लगाउने नेताहरूले बताउँदै आएका छन् । औपचारिक  पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर  विधान प्रतिवेदनमा पार्टीका तर्फबाट हुने औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने स्पष्ट पारिएको कार्यदलका नेताहरूले बताए । यस व्यवस्थाअनुसार पार्टीले जारी गर्ने सर्कुलर, कुनै संवैधानिक निकाय वा संस्थालाई पार्टीका तर्फबाट पत्राचार गरिँदा दुवै अध्यक्षले हस्ताक्षर गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending