Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जनार्दन शर्माले गरे यस्तो प्रस्ताव

\"\"काठमाडौं । पूर्व उर्जामन्त्री जनार्दन शर्मा बुढीगण्डकी जलविद्युत आयोजना विदेशी लगानीमा नै निर्माण गर्नुपर्ने बताएका छन् । यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने भनेर यस अघिको सरकारले गरेको निर्णय गलत भएको उनको दावी छ । ‘देश यस्तै नेता भएका कारण बिग्रेको हो, बुढीगण्डकी आयोजनामा लगानी अनुसारको रिटर्न आउँदैन, त्यस्तो आयोजनामा जनताको लगानी किन समावेश गर्ने ?,’ शर्माले प्रश्न गरे । राजधानीमा शुक्रबार  नेकपा माओवादी केन्द्रको जलस्रोत तथा उर्जा विभागले आयोजना गरेको ‘जलविद्युतको उत्पादन, प्रसारण र बितरणमा नेपालको लगानी क्षमता’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै शर्माले बुढीगण्डकी आयोजनामा जनताको लगानी समावेश गर्नु घातक हुने चेतावनी दिए । यो आयोजनाको रिटर्न अन्य आयोजनाको भन्दा न्युन हुने भएका कारण सेयरको रुपमा जनताको लगानी गर्न उचित नहुने उनको तर्क छ । देशमा लोडसेडिङ हटाएर वाहवाही कमाएका शर्मा सरकार छाड्ने बेलामा बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनी गेजुवालाई दिएका कारण विवादमा परेका थिए । बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवासँग दिने गरी प्रचण्ड सरकारले गरेको निर्णय देउवा सरकारले उल्ट्याएको थियो । शर्माले देशमा जलविद्युत आयोजनाको निर्माण पैसा अभावको कारण नअड्किने बताउँछन् । विभिन्न विदेशी एक्जिम बैंक तथा दातृ निकायहरु नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न इच्छुक भएकाले लगानी सहजै जुटाउन सक्ने उनको दावी छ । ‘कणर्ाली-चिसापानी अघि बढाउँ, त्यसका लागि आवश्यक इक्वीटी ६ अर्ब बराबरको रकम जुटाउने मेरो काम भयो,’ उनले भने । साथै उनले कर्मचारीतन्त्रका कारण देशमा आयोजना समयमै निर्माण हुन नसकेको दावी गर्छन् । विद्युत् बिक्री गर्न भारतले अड्को थाप्दैमा नेपाललाईसमस्या नहुने उनको तर्क छ । ‘नेपालमा उत्पादन भएको बिजुली बंगलादेश र चीनमा निर्यात गर्ने सक्ने प्रशस्त सम्भावना छ,’शर्माले भने ‘बंगलादेशमा १५ हजार मेगावाट बिजुली आवश्यक छ, हङकङले ६ हजार किमी पारीबाट बिजुली ल्याएको जहाँ हामी बेच्न सक्छौं ।’ विद्युत् प्राधिकरण अन्र्तगत विभिन्न कम्पनीहरु खडा गरेपनि ती कम्पनीले प्रभावकारी रुपमा काम गर्न सकेका छैनन् । यस्ता कम्पनी खडा गर्नमा शर्माको नै जोड थियो । उनले अहिले त्यस्ता कम्पनीले सहि रुपमा काम गर्न नसकेको बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending