Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सलमान जेलमै, करोडौं फस्दै

\"\"कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको छ । आजको अन्नपूर्णमा खबर छ-जमानतमाथिको फैसला शनिबार दिउँसो सुनाइने भएको छ । जोधपुर जेलमा सलमान कैदी नम्बर १०७ हुन् । उनलाई २ नम्बर ब्यारेकमा राखिएको छ । जेलमा उनलाई दाल, रोटी दिइएको थियो तर उनले खाएनन् । करोडौं फस्ने सम्भावना बालिउडका सफल कलाकार सलमानमाथि अहिले फिल्म निर्माताको करिब ६ सय करोड रुपैयाँ लगानी भइसकेको छ । विवादास्पद निजी जिन्दगीमा ‘भाइ’ को पहिचान बनाएका सलमानसँग राम्रो र खराब दुवै चरित्र जोडिएको छ । सलमान खान दोषी ठहरिएसँगै अब उनको प्रोफेसनल प्रोजेक्ट रोकिन सक्ने अड्कल काट्न थालिएको छ । सलमान अहिले धेरै प्रोजेक्टसँग जोडिएका छन्। अहिले सलमान ‘भारत’ नामक फिल्ममा काम गर्दै थिए । उनी लामो समय जेल गए यो फिल्म त्यसै थन्किनेछ । यसको निर्देशन अली अब्बास जफरले गर्दैछन् । उनले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेका छन् । यसैगरी सुपरहिट सिरिज ‘दबंग-३’ मा पनि सलमानले खेल्ने तय भइसकेको थियो । यो फिल्मको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो । उता सलमानको सुपरहिट फिल्म ‘किक’को सिक्वेल पनि बन्ने तयारीमा थियो । सलमानको नाम अहिलेसम्म ‘बिग बोस’ को नयाँ सिजनका लागि तय भइसकेको छ । अक्टोबरबाट सुरु हुन लागेको ‘बिग बोस-१२’ का लागि अब सलमानको ठाउँमा नयाँ होस्ट खोज्नु पर्नेछ । उनले यसका लागि ११ करोड पारिश्रमिक बुझ्दै आएका थिए । नेपालमा हुने भनिएका सलमानको दबंग टुर पनि प्रभावित हुने भएको छ । आयोजकले सलमानलाई केही अग्रिम पारिश्रमिक दिइसकेको थियो । अब त्यो रकम के हुने भन्ने अन्योल छ । तर आयोजकले कति रकम सलमानलाई दिएको हो भन्ने यकिन तथ्यांक भने खुलाइएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending