Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

सलमान जेलमै, करोडौं फस्दै

\"\"कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको छ । आजको अन्नपूर्णमा खबर छ-जमानतमाथिको फैसला शनिबार दिउँसो सुनाइने भएको छ । जोधपुर जेलमा सलमान कैदी नम्बर १०७ हुन् । उनलाई २ नम्बर ब्यारेकमा राखिएको छ । जेलमा उनलाई दाल, रोटी दिइएको थियो तर उनले खाएनन् । करोडौं फस्ने सम्भावना बालिउडका सफल कलाकार सलमानमाथि अहिले फिल्म निर्माताको करिब ६ सय करोड रुपैयाँ लगानी भइसकेको छ । विवादास्पद निजी जिन्दगीमा ‘भाइ’ को पहिचान बनाएका सलमानसँग राम्रो र खराब दुवै चरित्र जोडिएको छ । सलमान खान दोषी ठहरिएसँगै अब उनको प्रोफेसनल प्रोजेक्ट रोकिन सक्ने अड्कल काट्न थालिएको छ । सलमान अहिले धेरै प्रोजेक्टसँग जोडिएका छन्। अहिले सलमान ‘भारत’ नामक फिल्ममा काम गर्दै थिए । उनी लामो समय जेल गए यो फिल्म त्यसै थन्किनेछ । यसको निर्देशन अली अब्बास जफरले गर्दैछन् । उनले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेका छन् । यसैगरी सुपरहिट सिरिज ‘दबंग-३’ मा पनि सलमानले खेल्ने तय भइसकेको थियो । यो फिल्मको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो । उता सलमानको सुपरहिट फिल्म ‘किक’को सिक्वेल पनि बन्ने तयारीमा थियो । सलमानको नाम अहिलेसम्म ‘बिग बोस’ को नयाँ सिजनका लागि तय भइसकेको छ । अक्टोबरबाट सुरु हुन लागेको ‘बिग बोस-१२’ का लागि अब सलमानको ठाउँमा नयाँ होस्ट खोज्नु पर्नेछ । उनले यसका लागि ११ करोड पारिश्रमिक बुझ्दै आएका थिए । नेपालमा हुने भनिएका सलमानको दबंग टुर पनि प्रभावित हुने भएको छ । आयोजकले सलमानलाई केही अग्रिम पारिश्रमिक दिइसकेको थियो । अब त्यो रकम के हुने भन्ने अन्योल छ । तर आयोजकले कति रकम सलमानलाई दिएको हो भन्ने यकिन तथ्यांक भने खुलाइएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending