Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सिन्डिकेट अन्त्यसँगै भाडादर सस्तियो

\"\"काठमाडाैं । धुलिखेल–काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म  यात्रुले भाडादर थाहा पाउन कठिन थियो। यही मौका छोप्दै बस व्यवसायीले यात्रुपच्छिे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयूरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ। ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं। तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’ एक व्यवसायीले भने ।

आजको नागरिक दैनिकमा खबर छ-चैत १ गते बनेपा आउँदा मयूर यातायातले कोटेश्वर–काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो। तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासि भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्।

‘हिजो साझा बस पनि आयो । अरू बस पनि आए, त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा–काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन्’, एक यात्रुले भने। यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा–काठमाडौं ४० रुपैयाँ, बनेपा–कोटेश्वर ३५ र बनेपा–सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ। मयूरको सरह भाडा लिन थाले पनि काभ्रेका समितिका बसले महिला, जेष्ठ नागरिक, अपांगलाई अझै प्राथमिकता दिएका छैनन्।

बुधबार मयूरको रुट परमिट खारेजीका लागि दबाब भन्दै बनेपामा सेवा बन्द गरेका काभ्रे बस  र काभ्रे मिनिबस समितिले बिहीबार भने बिहानैदेखि चुपचाप बस सञ्चालन गर्न थालेका थिए। बनेपासम्म सञ्चालन हुँदै आएको मयूरले बिहीबार धुलिखेलसम्म पनि सेवा दियो भने अपराह्न पनौतीमा जाने क्रममा बनेपाको रातो पुलमा काभ्रे मिनिबस समितिका ३ वटा मिनिबसले अवरोध गरेका थिए।

‘मयूरको बाटो छेकेको खबर आएलगत्तै टोली पठाएर बाटो क्लियर गरी पनौती पठाएका छौं। बाटो छेक्ने ३ वटै मिनिबस र चालकलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याएका छौं,’ जिल्ला यातायात व्यवस्थापन समितिका सदस्य एवं काभ्रे प्रहरी प्रमुख सहकुल थापाले भने।

पहिलोपटक मयूरका ३ वटा बस पनौतीको मानेश्वरी बसपार्कमा पुगे पनि त्यहाँबाट व्यवसायी र मजदुरले ती बसमा यात्रुलाई चढ्न दिएनन्। मयूरलाई तोडफोड गर्ने प्रयासलाई प्रहरीले विफल पारेको छ। तर, बनेपा र धुलिखेलबाट सञ्चालन भएका मयूर बसलाई अघिल्ला दिनमा जसरी अवरोध भएको छैन।

अरनिको राजमार्गमा चालिसौं वर्षदेखि कायम सिन्डिकेट हटाउँदै अरू बसलाई समेत अवसर दिएको यातायात व्यवस्था विभागको निर्णयलाई यात्रुले स्वागत गरेका छन्। ‘सिन्डिकेट त तोडियो। अब पार्किङ, टाइम सेड्युल, ग्रामीण तहमा सेवा विस्तार, व्यवसायीको लगानी सुरक्षा, नियमसम्मत ढंगले आउने व्यवसायीसँगको समन्वयजस्ता व्यवस्थापकीय पक्षबारे पनि सोच्न सुरु गर्ने समय आयो,’ बनेपाका दीपेन्द्र पौडेलले भने।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending