Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रधानमन्त्री ओली र मोदीबीच यसरी भयो 'सरप्राइज' भेट

\"\"काठमाडाैं । तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी ओलीले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग डेढ घण्टा लामो कुराकानी गरेका छन् । शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो । अाजको अन्नपूर्णमा खबर छ-पूर्वनिर्धारित कार्यक्रमभन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोक कल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि पत्रकारसँग ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ ।’भारतसँगको असमझदारी हटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताए । ‘नेपाल-भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन् ।’ओली र मोदीको भेटवार्तामा जलविद्युत्मा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ । दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउन बाँकी छ । ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सल्लाहकार विष्णु रिमालसमेत नलिई मोदीलाई भेट गर्न रेसकोर्स गएका थिए । भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि मोदीले यसरी नै सरप्राइज भेट गरेका थिए । यसअघि नेपाल एयरलायन्सको विमानबाट बिहान १०.४५ मा दिल्ली आइपुगेका ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । सिंह भारतीय जनता पार्टीका तेस्रो वरीयताका नेता तथा पार्टीका पूर्वअध्यक्ष हुन् । ओलीको स्वागतका लागि सिंहसँगै भारतीय वित्तीय राज्यमन्त्री शिवप्रताप शुक्ल पनि विमानस्थल पुगेका थिए । नेपाली दूतावासका तर्फबाट ओलीको स्वागतका लागि कार्यवाहक राजदूत भरतकुमार रेग्मी विमानस्थल पुगेका थिए । भारत सरकारले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था गरेको छ । विमानस्थलबाट सीधै राष्ट्रपति भवन पुगेका ओली केही बेरको आरामपछि धौलाकुँवास्थित ताज प्यालेसमा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरेका थिए । राजनीतिक भेटघाट भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेट गरी राजनीतिक भेटघाट सुरु गरेका छन् । यादवसँगको भेटपछि ओलीले भारतीय प्रमुख प्रतिपक्ष दलका अध्यक्ष राहुल गान्धीसँग भेटेका छन् । डिसेम्बरमा कांग्रेस आई अध्यक्षको जिम्मेवारी सम्हालेका राहुलले नेपालका उच्च राजनीतिज्ञलाई भेटेको यो पहिलो हो । विपक्षी नेता गान्धीसँगको संक्षिप्त भेटपछि ओलीले भारतीय जनता पार्टीका नेतासँग अनौपचारिक भेट गरेका छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसहितको टोलीले प्रधानमन्त्री ओलीसँग भेट गरेको छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालले भेट गरेका थिए । प्रधानमन्त्री मोदीको निवासमा हुने वार्ताको तयारीका लागि दोभालको भेट भएको हो । प्रधानमन्त्रीले शुक्रबार गरेको सबै शिष्टाचार भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल-भारत सम्बन्धलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । नेपाली दूतावासमा साँझ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीलाई सम्बोधन गरेका छन् ।प्रवासीसँगको छलफलपछि प्रधानमन्त्री ओली नेपाली दूतावासले उनको सम्मानमा दि इम्पेरियल होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । भारतीय व्यापारीलाई लगानी गर्न आह्वान प्रधानमन्त्री ओलीले विश्वस्त भएर नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारतीय विदेश मन्त्रालयको आयोजना तथा भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ तथा एसोच्यामको सहआयोजना भएको कार्यक्रममा ओलीले भारतीय लगानीकर्ताको लगानी नेपालमा सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरे । ‘हामी तपाईंहरूलाई सुन्न तयार छांै । आउनुस् नेपालमा लगानी गर्नुस्’ प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई आह्वान गर्दै भने । नेपालमा वाम गठबन्धनको सरकार आएपछि उदार अर्थव्यवस्थाबाट पछाडि फर्कने हो कि भन्ने भारतीय लगानीकर्ताको आशंकातर्फ संकेत गर्दै ओलीले भने, ‘तीन चौथाइभन्दा बढी संसद्को बहुमतबाट नेपालमा स्थिर सरकार बनेको छ । लगानीका लागि अनुकूल वातावरण छ । स्थिर सरकार भनेकै स्थिर नीति-नियम हो । हामी आर्थिक उदारीकरणलाई आत्मसात् गर्छौं । हामीकहाँ राजनीतिक परिवर्तन मात्र पूरा भएको छैन । युग नै परिवर्तन भएको छ । हामी देखिने परिवर्तन गर्न चाहन्छौं । आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि परिवर्तन चाहन्छौं ।’ प्रधानमन्त्री ओलीले विश्वमा लगानी गरिरहेको भारतीय लगानीकर्तालाई प्रतिप्रश्न गर्दै भने, ‘तपार्इंहरू विश्वका अन्य मुलुकमा लगानी विस्तार गरिरहनुभएको छ, नेपालमा किन नगर्ने ? ’ लगानीको अनुकूल वातावरणको तर्क दिँदै ओलीले भने, ‘कर्मचारीतन्त्र पारदर्शी छ । भ्रष्टाचारमा हामीले शून्य सहनशीलता अपनाएका छौं । स्वदेशी तथा विदेशी लगानीमा विभेद गरेका छैनौं । भ्रष्टाचारमुक्त प्रशासन संयन्त्रप्रति वर्तमान सरकार निकै संवेदनशील छ ।’ जलविद्युत् पर्यटन तथा कृषि क्षेत्रको लगानी प्राथमिकतामा रहेको ओलीले बताए । उनले भने, ‘नेपाल-भारतबीचको भौगोलिक, सांस्कृतिक समानताले भारतीय लगानीकर्तालाई सहज बनाउँछ ।’ कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालका लागि भारत चीनभन्दा ठूलो व्यापारिक साझेदार रहेको भन्दै भारतीय लगानीकर्तालाई लगानीका लागि आग्रह गरे । उनले भने, ‘हामी तपाईहरूसँग संयुक्त लगानीमा काम गर्न तयार छौं । लगानीका लागि थुप्रै ठूला परियोजनाको सम्भावना छ । उत्साहित छौं । तपार्इंहरूका लागि सही साझेदारको चुनावमा सहयोग गर्छौं ।’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले कार्यक्रममा नेपालको सन् २०३० सम्म १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्य प्रस्तुत गरेका थिए । त्यसैमा आधारित रहेर भारतीय पक्षका उद्योगी व्यवसायीले नेपालको जलविद्युत् क्षेत्रमा बढी चासो देखाएका थिए । उनीहरूले जलविद्युत्को लक्ष्य प्राप्तिका लागि नेपाल सरकारको नीति-नियमबारे चासो राखेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरेका भारतीय ठूला कम्पनी जीएमआरलगायत अन्य कम्पनीको सहभागिता थियो ।
लगानीकर्तालाई आश्वासन - नेपाली र विदेशी कम्पनीबीच विभेद छैन - द्विपक्षीय व्यापारको नयाँ आयाम - भौतिक पूर्वाधार नेपाल सरकारको पहिलो प्राथमिकता - द्विपक्षीय मोटर एग्रिमेन्ट - जलविद्युत् उद्योग, आइटी, खानी तथा कृषिजन्य - नेपालले अफर गर्न सक्ने धेरै छ - पर्यटनको पूर्वाधार निर्माण प्राथमिकतामा - हाइड्रो कृषि, हर्बल क्षेत्रमा पनि लगानीको सम्भावना ‘प्रवासीलाई स्वदेश फर्कने वातावरण बनाउँछु’
भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किने वातावरण बनाउने आश्वासन दिएका छन्। उनले भने, ‘मुलुकमा संक्रमणकाल अन्त्य भएर विकासका निम्ति अग्रसर भएको अवस्थामा तपाईंहरूलाई स्वदेश फर्किने वातावरण बनाउँछु ।’ प्रवासी नेपालीलाई सम्बोधन गर्ने क्रममा अचानक हावाहुरी आएपछि बीचमै प्रधानमन्त्रीको सम्बोधन रोकेर दूतावास निवासमा सुरक्षाकर्मीले पुर्‍याएका थिए । संसद्मा ७८ प्रतिशत मत पाएका प्रधानमन्त्री ओलीले लोकतन्त्रको संरक्षणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्रीको सम्बोधनपछि प्रवासमा क्रियाशील दलका भ्रातृ संगठनले ज्ञापनपत्र बुझाउने कार्यक्रम हावाहुरीका कारण बिथोलिएको थियो । दूतावासको विशेष कक्षमा कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति, एमालेनिकट प्रवासी नेपाली संघ, अखिल नेपाली एकता मञ्च तथा मूल प्रवाह अखिल भारत नेपाल मूल प्रवाह समितिले संयुक्त रूपमा १६ बुँदे ज्ञापनपत्र बुझाएका थिए । पोखरेल कार्यवाहक प्रधानमन्त्री यसअघि प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतमलगायतले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किनेछन् । यसैबीच, प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । वरिष्ठताका आधारमा पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending