Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

प्रचण्डलाई सिध्याउन खोज्ने पुरस्कृत

\"\"काठमाडौं । सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री राणा नाम गरेका । उनलाई घर बसेको एक महिनापछि पुनर्बहाली गरिएको थियो । ब्रिगेडियरबाट म्याद थपी दुई तारेमा उकालिएका उनलाई पछि तीनतारेसम्म बनाएर बर्मामा राजदूतको जिम्मा दिई पठाइयो । अहिले पनि सेनामा तीजस्तै शक्तिशाली एकजना कर्णेल देखा परेका छन् । जसको नाम हो– डिकबहादुर थापा । पासपोर्ट नेपालमै छाडेर पल्टनसहित सुडान पुग्ने हुस्सु हाकिम हुन् उनी । जनआस्था साप्ताहिकमा खबर छ-सेनापतिले यस्तै मानिसलाई सिफारिस गरेपछि अरूको बढुवा हुने कुरै भएन । फेरि जो मन्त्री आए पनि त्यस्तैको बढुवालाई सदर गर्दै ल्याप्चे लगाउने गरेको देखिन्छ । यसबीच सेनापतिले चाहिँ सुडान, कंगोलगायत नेपालका शान्ति सेना तैनाथ मुलुकको भ्रमणमा जाँदा त्यो विभाग हेर्ने हेमन्त कुँवरलाई नलिईकन दुई वर्षमै दुईतारे जर्नेल भएका बहुपत्नीका धनी र बजेट महाशाखा हेर्ने भुवन अधिकारीलाई लगेका छन् । स्टाफ अफिसरको रूपमा बजेटका मान्छे बोकेर उनले गर्दै गरेको अफ्रिका भ्रमणलाई सेनाका मान्छेले ज्ञानेन्द्रको अफ्रिका भ्रमणसँग तुलना गरेका छन् । यसअघि गौरव समशेरले विकास निर्माणका इञ्जिनियर जर्नेल नरेश बस्नेतलाई च्यापेझैं राजेन्द्र क्षत्रीले पनि पैसा खेलाउने हाकिमलाई भाउ दिने गरेको आरोप छ । उनको सैनिक सचिवालयमा एक महिनादेखि २ जना जर्नेल छन् । राष्ट्रिय निकुञ्जमा तीन वर्षदेखि कर्णेलले कब्जा जमाएर बसेका छन् । त्यतातिर आँखा लगाउने खड्ग मल्ललाई सैनिक सचिवमै अल्झाएर राखिएको छ । जुम्लाबाट ल्याइएका सुरजप्रताप राणा पनि त्यहीँ छन् । ०५२ सालमा एमाले सरकार हुँदा गडुल समशेरले ब्रिगेडियर जनरलको पाँच वर्षे कार्यकाल सकिएपछि ३ वर्षसम्म पदावधि थप्न सकिने प्रावधान प्रयोग गर्दै दुई जनाको नाम पठाएका थिए । डा. मदनमान अमात्य र पाइलट तेजजंग थापाको नाम थियो त्यो लिस्टमा । पछि गिरिजाको सरकार बन्यो, धर्मपालवरसिंह थापा सेना प्रमुख बने । उनले ‘म कसैको पनि म्याद थप्दिन, यसले तलकाको बृत्ति विकास रोकिन्छ’ भनेर फाइल फर्काए । तर, पछि दरबारमा एउटा मिटिङ बस्यो । भिक्ट्री राणा फिल्डमार्सल नीर समशेरका नातेदार भएको कारण मुमा बडामहारानी रत्न, म्याद नथपिएका ताराबहादुर थापासहित बसेर उनलाई खुसुक्क म्याद थप्ने काम भयो । गोपालसिंह बोहरा पछि दार्चुलाबाट एमालेको सांसद भए । उनी पनि जर्नेल थिए तर उनलाई भने त्यो बेला घर पठाइयो । अहिले त्यही तरिकाले कपनमा महल बनाएर बसेका, विवादमा परेका व्यक्तिको म्याद थप्ने काम भएको छ । मिसनमा नेतृत्व गरेर जाँदा पासपोर्ट यतै छोेडेर जाने डिकबहादुर कुनै बेला रुक्मांगद कटवालका दाहिने हात थिए । द्वन्द्वकालमा जिउँदै समातिएका माओवादीलाई यातना दिने र बेपत्ता बनाउने कामका कारण उनी गोर्खामा रहँदा चर्चामा आए । यिनकै पालामा माओवादी चर्चित नेत्री रेखा शर्माले चरम यातना पाएकी थिइन् । कटवालको अंगरक्षकसमेत रहेका उनी प्रधानमन्त्री प्रचण्डविरुद्ध सेनापतिलाई उकास्नेमध्येका हुन् । त्यो बेला प्रधानमन्त्रीनिवास लक्ष्य गरेर भैरवनाथ गणको फौज बोलाई मेसिनगन फिट गर्ने काममा सक्रिय थिए । सिपाही दर्जामा जागिर शुरु गरेका उनको सम्पत्ति कति छ भन्ने सायद उनैलाई यकिन छैन होला भन्छन् नातेदार । उनको सेवा अवधि चैत मसान्तमा सकिँदै थियो । म्याद नथप्ने निर्णय तीनतारे जर्नेलको बोर्डबाट भएकै हो । तर, अन्ततः सेनापतिको जोडमा म्याद थपियो । मुस्ताङस्थित गणमा भएको भ्रष्टाचार काण्डमा परेर ५ वर्ष प्रमोसन रोकिएका महासेनानी इन्द्र रायमाझीको पनि वाम गठबन्धनको प्रतापका कारण एक वर्ष मात्र सजाय हुनेगरी ४ वर्ष कटौती भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending