Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रचण्डलाई सिध्याउन खोज्ने पुरस्कृत

\"\"काठमाडौं । सेनालाई जुनसुकै सिष्टम आए पनि फरक नपर्ने रहेछ । राजा सक्रिय रहेकै बेला एउटा घटना भएको थियो जसको पुनरावृत्ति गत साता देख्न पाइयो । त्यसबेला एक जना जर्नेल थिए, भिक्ट्री राणा नाम गरेका । उनलाई घर बसेको एक महिनापछि पुनर्बहाली गरिएको थियो । ब्रिगेडियरबाट म्याद थपी दुई तारेमा उकालिएका उनलाई पछि तीनतारेसम्म बनाएर बर्मामा राजदूतको जिम्मा दिई पठाइयो । अहिले पनि सेनामा तीजस्तै शक्तिशाली एकजना कर्णेल देखा परेका छन् । जसको नाम हो– डिकबहादुर थापा । पासपोर्ट नेपालमै छाडेर पल्टनसहित सुडान पुग्ने हुस्सु हाकिम हुन् उनी । जनआस्था साप्ताहिकमा खबर छ-सेनापतिले यस्तै मानिसलाई सिफारिस गरेपछि अरूको बढुवा हुने कुरै भएन । फेरि जो मन्त्री आए पनि त्यस्तैको बढुवालाई सदर गर्दै ल्याप्चे लगाउने गरेको देखिन्छ । यसबीच सेनापतिले चाहिँ सुडान, कंगोलगायत नेपालका शान्ति सेना तैनाथ मुलुकको भ्रमणमा जाँदा त्यो विभाग हेर्ने हेमन्त कुँवरलाई नलिईकन दुई वर्षमै दुईतारे जर्नेल भएका बहुपत्नीका धनी र बजेट महाशाखा हेर्ने भुवन अधिकारीलाई लगेका छन् । स्टाफ अफिसरको रूपमा बजेटका मान्छे बोकेर उनले गर्दै गरेको अफ्रिका भ्रमणलाई सेनाका मान्छेले ज्ञानेन्द्रको अफ्रिका भ्रमणसँग तुलना गरेका छन् । यसअघि गौरव समशेरले विकास निर्माणका इञ्जिनियर जर्नेल नरेश बस्नेतलाई च्यापेझैं राजेन्द्र क्षत्रीले पनि पैसा खेलाउने हाकिमलाई भाउ दिने गरेको आरोप छ । उनको सैनिक सचिवालयमा एक महिनादेखि २ जना जर्नेल छन् । राष्ट्रिय निकुञ्जमा तीन वर्षदेखि कर्णेलले कब्जा जमाएर बसेका छन् । त्यतातिर आँखा लगाउने खड्ग मल्ललाई सैनिक सचिवमै अल्झाएर राखिएको छ । जुम्लाबाट ल्याइएका सुरजप्रताप राणा पनि त्यहीँ छन् । ०५२ सालमा एमाले सरकार हुँदा गडुल समशेरले ब्रिगेडियर जनरलको पाँच वर्षे कार्यकाल सकिएपछि ३ वर्षसम्म पदावधि थप्न सकिने प्रावधान प्रयोग गर्दै दुई जनाको नाम पठाएका थिए । डा. मदनमान अमात्य र पाइलट तेजजंग थापाको नाम थियो त्यो लिस्टमा । पछि गिरिजाको सरकार बन्यो, धर्मपालवरसिंह थापा सेना प्रमुख बने । उनले ‘म कसैको पनि म्याद थप्दिन, यसले तलकाको बृत्ति विकास रोकिन्छ’ भनेर फाइल फर्काए । तर, पछि दरबारमा एउटा मिटिङ बस्यो । भिक्ट्री राणा फिल्डमार्सल नीर समशेरका नातेदार भएको कारण मुमा बडामहारानी रत्न, म्याद नथपिएका ताराबहादुर थापासहित बसेर उनलाई खुसुक्क म्याद थप्ने काम भयो । गोपालसिंह बोहरा पछि दार्चुलाबाट एमालेको सांसद भए । उनी पनि जर्नेल थिए तर उनलाई भने त्यो बेला घर पठाइयो । अहिले त्यही तरिकाले कपनमा महल बनाएर बसेका, विवादमा परेका व्यक्तिको म्याद थप्ने काम भएको छ । मिसनमा नेतृत्व गरेर जाँदा पासपोर्ट यतै छोेडेर जाने डिकबहादुर कुनै बेला रुक्मांगद कटवालका दाहिने हात थिए । द्वन्द्वकालमा जिउँदै समातिएका माओवादीलाई यातना दिने र बेपत्ता बनाउने कामका कारण उनी गोर्खामा रहँदा चर्चामा आए । यिनकै पालामा माओवादी चर्चित नेत्री रेखा शर्माले चरम यातना पाएकी थिइन् । कटवालको अंगरक्षकसमेत रहेका उनी प्रधानमन्त्री प्रचण्डविरुद्ध सेनापतिलाई उकास्नेमध्येका हुन् । त्यो बेला प्रधानमन्त्रीनिवास लक्ष्य गरेर भैरवनाथ गणको फौज बोलाई मेसिनगन फिट गर्ने काममा सक्रिय थिए । सिपाही दर्जामा जागिर शुरु गरेका उनको सम्पत्ति कति छ भन्ने सायद उनैलाई यकिन छैन होला भन्छन् नातेदार । उनको सेवा अवधि चैत मसान्तमा सकिँदै थियो । म्याद नथप्ने निर्णय तीनतारे जर्नेलको बोर्डबाट भएकै हो । तर, अन्ततः सेनापतिको जोडमा म्याद थपियो । मुस्ताङस्थित गणमा भएको भ्रष्टाचार काण्डमा परेर ५ वर्ष प्रमोसन रोकिएका महासेनानी इन्द्र रायमाझीको पनि वाम गठबन्धनको प्रतापका कारण एक वर्ष मात्र सजाय हुनेगरी ४ वर्ष कटौती भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending