Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेन्डा : गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

[caption id=\"attachment_176553\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए । कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पारवहन अधिकार उल्लेख भए पनि अझै कार्यान्वयनमा नआएको भन्दै प्रधानमन्त्रीले आसन्न भ्रमणमा कार्यान्वयनका लागि प्रमुखताका साथ उठाउने बताए । अाजको नयाँ पत्रिकामा खबर छ-‘कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट सामुद्रिक पहुँच जलमार्गसम्बन्धी अधिकार प्राप्त गर्ने उल्लेख भइसकेकाले प्रधानमन्त्रीज्यूले भ्रमणमा त्यो अधिकार कार्यान्वयनको विषय उठाउनु स्वागतयोग्य हुनेछ,’ भ्रमणको प्राथमिक एजेन्डामा टिप्पणी गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने । गंगामा नेपालको पानीजहाज चलाउने ओलीको योजना प्रधानमन्त्री ओलीले दुई वर्षभित्र समुद्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने बताउँदै आएका छन् । आफ्नो उक्त योजनालाई मूर्त रूप दिन भ्रमणमा मुख्य एजेन्डा बनाउने ओलीले स्थायी समितिमा बताए । पटनासँग जोडिएको गंगा नदीमा नेपालको पानीजहाज सञ्चालन गरी कोसी, गण्डकी र कर्णाली नदी हुँदै सामुद्रिक मार्गबाट सामान आयात–निर्यात गर्न सकिने चर्चा चल्दै आएको छ । ‘गंगा नदीबाट आफ्नै पानीजहाजमा सामान ल्याएर नेपालको सिमानासम्म जोड्ने कुरा भ्रमणमा उठाइने कुरा उहाँले जानकारी गराउनुभयो,’ ओलीलाई उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘उहाँले राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको औचित्य यसपटकको भ्रमणमा प्रमाणित गर्न खोज्नुभएको देखिन्छ, भारतले नेपालसँग कुनै सर्त नराखी कार्यान्वयन गर्दा त धेरै राम्रो हो, तर त्यसभित्र कोसी हाइड्याम बनाउने स्वार्थ जोडिएर आयो भने झन् खतरनाक हुन सक्छ ।’ त्यसबारे गृहकार्य भए–नभएको तथा भारतीय चाहना कस्तो छ भन्नेबारे प्रधानमन्त्री ओलीले बैठकलाई विस्तृत जानकारी गराएनन् । कोसी नदीमा स्टिमर (सानो पानीजहाज) चलाउनुपर्छ बैठकमा प्रधानमन्त्री ओलीले भारतसँग सामुद्रिक पहुँचको अधिकारसँगै भारतीय सीमासम्म कोसी नदीमा सानो पानीजहाज ‘स्टिमर’ चलाउने योजना पनि सुनाएका थिए । ‘उहाँले भारतसँग भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने सामुद्रिक पहुँचको अधिकारसँगै कोसी नदीमा स्टिमर चलाउने योजना रहेको पनि जानकारी गराउनुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘नयाँ सम्झौताभन्दा पनि पुराना सहमति कार्यान्वयनमै जोड रहनेछ ।’ जलमार्गको सम्भाव्य पहुँचबारे भ्रमणमा कुराकानी  डा. राजन भट्टराई, परराष्ट्रविद् भारतीय भूमिदेखि केही पर अर्थात् (नौटिकल माइल)देखि पर समुद्रको भूभाग अन्तर्राष्ट्रिय अधिकार क्षेत्रभित्र पर्छ । हाम्रा नदीहरू गंगामा मिसिन्छन् । गंगा नदी बग्दै बंगालमा पुग्छ । त्यहाँसम्म बगेको नदीमा साना जहाजमार्फत नेपालको जलमार्गको पहुँच हुन्छ भन्ने सम्भाव्यताबारे भारत सरकारसँग भ्रमणमा कुराकानी गर्ने भनिएको हो । सम्भावना छ भने भारतसँग अनुमति पनि मागिनेछ । तर, अहिले नै ठूला पानीजहाज सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन भइरहेको छ । कतिले सम्भव र कतिले असम्भव भनिरहेकाले त्यसबारे उनीहरूसँग अनुमति लिएर सम्भाव्यता अध्ययन अघि बढाउँछौँ । साना जहाज हामी कोसी र गण्डकी नदी जहाँ पनि चलाउन सक्छौँ । तर, कहाँदेखि कहाँसम्म चलाउने कुरा प्राविधिक विषय भएकाले अहिले नै केही पनि भन्न सकिने स्थिति छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending