Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल दर्जामा

\"\"काठमाडौं । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। आजको नागरिकदैनिकमा खबर छ - दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विगत पाँच वर्षअघि परीक्षणमा पठाइँदै आएको छ । प्रतिस्पर्धामा ९० अंक पाएको यो पहिलोपटक हो। गुणस्तर मापन गर्दा लेकाली बगानमा फलेको कफीले ९० अंक पाएर उच्च गुणस्तरको कफीका रुपमा स्थापित भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । ‘४० मुलुकको कफी परीक्षण गर्दा नेपालको कफीले ९० स्कोर पाएर अब्बल बनेको छ,’ बोर्डका निर्देशक दीपक खनालले भने, ‘अब विश्व बजारमा नेपाली कफी प्रतिस्पर्धा गर्न सक्षम भएको छ।’ फ्लेवर, टेस्ट, एसिडिटी, स्विटनेसलगायतका विभिन्न मापदण्डमा कुल एक सय स्कोरलाई आधार बनाएर कफी परीक्षण गरिन्छ । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विश्व बजारमा उत्कृष्ट मानिन्छ । यसलाई आधार बनाएर विश्वभरका कफी बायर (क्रेता) ले सम्बन्धित मुलुकमा पुगेर कफी खरिद गर्ने गरेका छन् । अमेरिकामा रहेको कफी रिभ्यु डटकमले उक्त रिपोर्ट सार्वजनिक गर्ने गरेको छ। धेरै मेहनतपछि आफ्नो बगानको कफी अब्बल बनेको लेकाली कफी स्टेटका सञ्चालक निमा तेन्जिङ शेर्पाले बताए । ‘धेरै वर्षदेखिको कफी प्रशोधनका विभिन्न चरण पूरा गरेर यो अवस्थामा आएका हौं,’ शेर्पाले भने, ‘कफी टिप्दादेखि भण्डारण प्रक्रियामा सानो गल्ती गरे पनि गुणस्तर कमजोर हुन्छ।’ कफी टिपेदेखि, ग्रेडिङ, पल्पिङ, गुम्स्याउने, धुने, सुकाउनेलगायतका प्रक्रियामा मापदण्ड पूरा गर्नुपर्ने उनले बताए । ‘पाँच वर्षदेखिको प्रयासले सफलता प्राप्त गरेका छौं,’ शेर्पाले भने, ‘हामी नेपाली किसानका लागि गौरवको विषय हो ।’ सबै प्रक्रिया पुर्‍याएर कफीखेती गरे नेपाली कफीका लागि आगामी दिन सुखद रहेको शेर्पाले बताए ।गुणस्तरी उत्पादनका लागि कफी रोपणदेखि प्रोसेसिङ विधि व्यवस्थित गनुपर्ने सरोकारवाला बताउँछन् । ८० अंकभन्दा बढी प्राप्त गर्ने कफीलाई विदेशीहरुले उच्च मूल्य दिएर खोजी–खोजी लैजाने व्यवसायी बताउँछन्। नेपालमा कफीखेती परम्परागत रुपमा हुँदै आएको छ । अब व्यावसायिक हुनुपर्ने बेला आएको बोर्डका योजना अधिकृत गौरव लुइँटेलले बताए । ‘नेपाली कफीले गुणस्तरमा विदेशी कफीसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने प्रमाणित भएको छ,’ लुइँटेलले भने, ‘सबै कफी उत्पादक किसानले अब गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको छ ।’आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भए पनि उत्पादन बढ्न सकेको छैन । कफी उत्पादनबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भए पनि अपेक्षित रुपमा कफीखेती विस्तार हुन नसकेको हो। नेपाली कफी उत्पादक किसानलाई उत्तिकै चुनौती रहेको कफीविज्ञ राजकुमार बन्जाराले बताए । ‘एउटा बगानका उत्पादकको मेहनतले कफी उत्कृष्ट बनेको छ,’ बन्जराले भने, ‘सबै किसानले कफी उत्पादनका मापदण्ड अनुशरण गर्नुपर्छ।’ वाणिज्य नीति र कृषि रणनीतिले पनि कफीलाई उच्च प्राथमिकतामा राखेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको व्यापार तथा निजी क्षेत्र विकास परियोजनाका बद्रीप्रसाद बस्ताकोटीले बताए । ‘विशेष कफी उत्पादन हुँदा अन्तर्राष्ट्रिय बजारमा लैजान सकिन्छ,’ बस्ताकोटीले भने, ‘अन्तर्राष्ट्रिय बजारको अक्सनमा गएपछि बढाबढबाट उच्च मूल्यमा कफी बिक्री गर्न सकिन्छ।’ मुलुकभर २६ सय हेक्टर क्षेत्रफलमा चार सय ६६ मेट्रिक टन कफी उत्पादन हुने गरेको बोर्डले जनाएको छ । चालू आर्थिक वर्षमा करिब सात प्रतिशत उत्पादन बढ्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending