Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

अवैध कलेजमाथि मन्त्रालयले छानबिन थाल्यो

\"\"काठमाडौं । चितवन भरतपुरस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको सम्बन्धमा स्वास्थ्य मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको छ। आजको अन्नपूर्णपोष्टमा खबर छ– पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएको भनिएको ओएसिसले नेपाल नर्सिङ काउन्सिलबाट भने मान्यता नलिई बीएस्सी नर्सिङ र बीएनको कक्षा सञ्चालन गरिरहेको छ। नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ९ अनुसार शिक्षण संस्थाले काउन्सिलबाट मान्यता लिएकै हुनुपर्छ। तर, कलेजले आवश्यक मापदण्ड पूरा नगरेको जनाउँदै काउन्सिलले मान्यता दिएको छैन। सोही कारण कलेजबाट बीएस्सी नर्सिङ अध्ययन गरेका विद्यार्थीद्वय शोभा अर्याल र तनुजा श्रेष्ठलाई काउन्सिलले नाम दर्ता परीक्षा ९लाइसेन्स०मा सहभागी नगराएपछि अन्य ब्याचमा अध्ययनरत विद्यार्थीको भविष्य अनिश्चित देखिएको छ। ओएसिसले अवैध रूपमा नर्सिङ अध्यापन गराइरहेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि शिक्षा मन्त्रालयले छानबिन कार्य अघि बढाएको हो। मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले थप कुरा बुझ्न आवश्यक भएकाले विश्वविद्यालयका उपकुलपति र नर्सिङ काउन्सिलका पदाधिकारीहरूलाई छलफलका लागि बोलाइने बताए। उनले भने, ‘उपकुलपतिसँग सम्पर्क हुन सकिरहेको छैन।’ कलेजले मंगलबार प्रेस विज्ञप्ति जारी गरी नर्सिङ लाइसेन्स परीक्षामा सामेल नगराउनुले परिषद्को नियतमाथि गम्भीर प्रश्न खडा भएको जनाएको छ। मापदण्ड नपुर्‍याई कक्षा सञ्चालन गरेकोले विद्यार्थीद्वय अर्याल र श्रेष्ठलाई लाइसेन्स परीक्षामा सामेल नगराइएको काउन्सिलकी रजिस्टार लक्ष्मी राईले बताइन्। मान्यताप्राप्त नगरेका शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीलाई नाम दर्ता ९लाइसेन्स० परीक्षामा सामेल गर्न नमिल्ने ठहर काउन्सिलको बोर्ड बैठकले गरेको थियो। कलेजमा दुई विद्यार्थीले बीएस्सी नर्सिङ उत्तीर्ण गरेका र ६९ जना विद्यार्थी अध्ययनरत छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending