Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

भारतबाट फर्किएलगत्तै प्रधानमन्त्री अोलीको यस्तो तयारी

[caption id=\"attachment_177624\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो । आजको नयाँ पत्रिकामा खबर छ-दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोरमका वरिष्ठ नेता अशोक राईले बताए । प्रधानमन्त्री ओली भारतबाट फर्केपछि सम्झौतापत्रमा हस्ताक्षर हुने र आफूहरू सरकारमा सहभागी हुने उनले बताए । सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ । उसले स्वास्थ्य र सहरी विकास मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय फेरबदल हुन सक्छ फोरम सरकारमा जाने अवस्थामा अहिले भएका मन्त्रीलाई साटफेर गरेर भए पनि सहमति गर्न सकिने सन्देश प्रधानमन्त्री केपी ओलीले यादवलाई पठाइसकेका छन् । अध्यक्ष यादवका लागि एउटा विकासे मन्त्रालय मिलाउने ओलीले वचन दिएका छन् । फोरमका एक नेताका अनुसार सहरी विकास मन्त्रालयमा खानेपानी मन्त्रालयलाई गाभेर फोरमलाई दिने तयारी भएको छ । खानेपानीमन्त्री विना मगरलाई अन्य मन्त्रालयमा सार्न सकिने जानकारी फोरमलाई गराइएको छ । त्यसैगरी, स्वास्थ्य मन्त्रालय पनि फोरमले पाउनेछ । स्वास्थ्य मन्त्रालयमा अहिले एमाले नेत्री पद्यमा अर्याल राज्यमन्त्री छिन् । फोरम नेता राईले सूचना तथा सञ्चार मन्त्रालय पनि फोरमको भागमा आउन सक्ने बताए । दुई मन्त्रीका लागि सातभन्दा बढी दाबेदार फोरम नेताहरूका अनुसार दुई मन्त्रालय पाउने भए पनि मन्त्रीका लागि सातभन्दा बढी नेताको दाबेदारी छ । फोरम स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य नेताको नाममा विवाद छ । अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने अवस्थामा अन्य एक मन्त्री र एक राज्यमन्त्री आकांक्षीमध्येबाट छान्नुपर्ने हुन्छ । एक मन्त्रालयका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेत्री रेणु यादव, मोे. इस्तियाक राई, उमाशंकर अरगरिया, हरिनारायण रौनियारलगायत दाबेदार छन् । पेचिलो दाबेदारी भने श्रेष्ठ र यादवमै रहेको नेताहरू बताउँछन् । मन्त्री टुंगो लगाउने दुई उपाय फोरमको पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउन सक्ने अवस्था नदेखिएकाले दुई उपाय रहेको नेताहरूले बताएका छन् । पहिलो, अध्यक्ष उपेन्द्र यादवले एकल निर्णय गरी सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र दोस्रो, १५ सदस्यीय पदाधिकारीबीच मतदान गरेर टुंगो लगाउने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending