Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कांग्रेसमा देउवाको बचाउ, पौडेलको आलोचना, कसले के भने ?

\"\"काठमाडौं । कांग्रेसमा पाँचौँ दिनसम्मको केन्द्रीय समितिको बैठकसम्म आइपुग्दा पक्ष र विपक्षमा बहस हुने क्रम अझै जारी छ । बिहीबारको बैठकमा बोल्ने चार केन्द्रीय सदस्यले संस्थापन पक्षको बचाउ गर्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहको आलोचना गरेका छन् । केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, महेन्द्र यादव र भीष्मराज आङदेम्बे सभापति शेरबहादुर देउवाको बचाउमा उभिएका हुन् । आजको नयाँपत्रिका दैनिकमा खबर छ– उनीहरूले विधानविपरीतका समिति बनेको भए टिकट दिलाउन आफ्ना मान्छेका लागि पौडेल पक्षका नेताहरू किन मरिहत्ते गरेको भन्दै सभापतिलाई मात्र हारको दोष नदिन चेतावनी दिए । उनीहरूले हारबारे फरक दृष्टिकोणले व्याख्या गर्नुपर्ने र कारण खोज्दै समाधान खोज्न सुझाएका छन् । यसअघि पौडेल पक्षका केन्द्रीय सदस्यहरूले निर्वाचनमा सभापति देउवाकै असक्षमताका कारण कांग्रेसले पराजय बेहोरेको भन्दै आलोचना गरेका थिए । कसले के भने ? सहमतिमा सही गर्ने पनि उत्तिकै दोषीः ज्ञानेन्द्रबहादुर कार्की पार्टीको हारको जिम्मा एकथरीले सभापतिलाई मात्र दिनुपर्छ भनिरहेका छन् । तर, यसरी सभापतिलाई मात्र दोष थोपरेर हामी कोही पनि उम्कन खोज्नु हुन्न । हारको जिम्मेवारी सबैले वहन गर्नुपर्छ । टिकट बाँड्ने समिति गठन गर्नेदेखि कार्यसम्पादन समिति गठनसम्म प्रक्रियामा सहभागी भएका साथीले त झन् विरोध गर्न सुहाउँदैन । हिजो सहमतिमा सही गर्ने अनि बाहिर आएर विरोध गर्ने रु यसरी चल्दैन, हुँदैन । सहमतिमा जानु नै सभापतिको गल्तीः महेन्द्र यादव सभापति विधानअनुसार गएको भए बहुमतमा उहाँले सबै एक्लै गर्न सक्नुहुन्थ्यो । तर, विधानअनुसार नचली पार्टीमा बहुमतले नपेलौँ, सहमतिमा जाऔँ भनेर सहमतिमा जान तयार हुनु नै उहाँको गल्ती भयो । हिजोका दिनमा गणेशमान, किसनुजीले सहमतिको राजनीति अघि बढाउन खोज्नुभयो, आज शेरबहादुरजीले पनि सहमतिमा जान प्रेरित गर्नुभयो । निर्वाचन हारेपछि यही प्रयासलाई उहाँको कमजोरी मानिँदै छ । सहमतिको प्रक्रियामा सहमत हुने अनि टिकट लगेका रामचन्द्र दाइ र प्रकशमानजीले विरोध गर्न कसरी सुहाउँछ ? अहिले एउटा निर्वाचनमा हामी हारेका छौँ, तर हाम्रा एजेन्डा बिस्तारै स्थापित हुन्छ र हामी फेरि जित्छौँ । पहिलो संविधानसभामा पार्टी हारे पनि देशले जित्यो भन्दा गिरिजाबाबु महान् हुनुभयो, आज देशलाई निकास दिने तीनवटा निर्वाचन गराएका शेरबहादुर देउवा कसरी खत्तम हुन सक्छन् रु प्रकाशमानजी ठूला कुरा गर्नुहुन्छ, तर संघीय मामिलामन्त्री हुँदा उहाँले कांग्रेसले जित्न सक्ने गरी कुन वडामा नक्सांकन गराउन पहल गर्नुभयो , संगठनका लागि योगदान गर्न सक्ने ठाउँमा नगर्ने अनि आएर ठूला कुरा गर्न कसैलाई पनि सुहाउँदैन । हाम्रो नुर गिरेको छैनः रमेश रिजाल पराजयको कारण शेरबहादुरजी मात्र होइनन्, यसमा कांग्रेसको विगत पनि हेर्नुपर्छ । किसुनजीलाई अन्तर्घात गरेर हराउने, जीवनको उतराद्र्धमा किसुनजी र गणेशमानलाई पार्टी छोड्न बाध्य बनाउने कारण पनि यस्तो नतिजामा जिम्मेवार छन् । तर, हामी सभापति मात्रै दोषी हुन् भनेर कसरी भन्न सक्छौँ ? आफ्नो स्वार्थका लागि निर्वाचित जिल्ला सभापतिलाई अपदस्थ गराउने, आफू अनुकूलकालाई क्रियाशील सदस्य बनाउने, महाधिवेशनमा आफ्ना मान्छे ल्याउन खोज्दा वास्तविक कार्यकर्ता पछि परेका छन् । यस्तो हुँदा कसरी निर्वाचन जितिन्छ ? वामपन्थी एकता हुनु, मधेसी दल मिल्नु, कांग्रेसभित्र अन्तर्घात हुनु, कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसक्नु पनि हारका कारण हुन् । तर, हामी कार्यसम्पादन समितिमा बस्ने, टिकट लाँदा आफ्ना मान्छेलाई टिकट दिलाउने अनि हारको कुण्ठा सभापतिमाथि मात्रै थोपर्ने इखको राजनीतिले कहीँ पुग्दैनौँ । नेतृत्वमा भएको हिसाबले सभापतिमाथि जिम्मेवारी बढी छ । तर, हामी सबै दोषमुक्त छैनौँ । हारको विश्लेषण फरक ढंगले गरौँः भीष्मराज आङदेम्बे रामचन्दूजी र प्रकाशमानजीले जसरी पार्टी नेतृत्वको आलोचना गर्दै प्रतिवेदन ल्याउनुभयो, यो उहाँहरूको राजनीतिक उचाइअनुसारको होइन । जिम्मेवार नेताहरूले यति तल झरेर अरूलाई मात्र दोष थोपर्ने गर्नु हुँदैन । सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नै हुने थिएन । बनाएपछि प्रस्तावक र समर्थक बस्ने देउवा र पौडेल पनि उत्तिकै दोषी हुन् । तर, पार्टीको हारमा यी मात्र कारण होइनन् । हारको विश्लेषण अलि फरक ढंगले पनि हुनुपर्छ । देशमा एकल पहिचान माग हुँदा हामीले बहुपहिचान भन्यौँ ? यसको अभियानमा लाग्यौँ, तर मधेसी, जनजाति, महिला, दलित, लिम्बुवान, किरात, खस–आर्यको सन्दर्भमा हामीले के गर्‍यौँ रु मन्त्री बनाउँदा किरात, लिम्बुवानले किन पाएनन् ? कुन व्यक्ति कहाँ ठीक हुन्छ भनेर कहिल्यै हेर्नुभएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending