Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

निजी क्षेत्र अलग राखेर समृद्धि हासिल हुँदैनः मुख्यमन्त्री पौडेल

\"\"हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी क्षेत्रलाई अलग राखेर विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । नयाँ पत्रिका राष्ट्रिय दैनिक, नेपाल उद्योग वाणिज्य महासंघ र आर्थिक पत्रकार समाज(सेजन)को आयोजनामा बिहीबार हेटौँडमा भएको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकास र समृद्धिका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहने बताए । ‘समृद्धिको बहस सुरु भयो । संघीयता असफल हुँदैन । निजी क्षेत्रलाई अलग राखेर विकास गर्छु भन्नु गलत साबित हुन्छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–सहकार्य आवश्यक छ मुलुकको विकासका लागि । ३ नम्बर प्रदेश आफैँमा समृद्ध छ । अझै बढी समृद्धि आवश्यक छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘निजी क्षेत्रले गरेको गाली समृद्धिका लागि हुनुपर्छ, सबैको एउटै सोच र मान्यताले मात्रै प्रदेशको समृद्धि सम्भव हुन्छ ।’ उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सोचेजस्तो संविधान र स्थायी सरकार पाएकोमा उद्योगी व्यवसायीहरू खुसी भएको बताइन् । अब विकास र समृद्धि टाढा नरहेको उनको भनाइ छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली भोकै नमर्ने उद्घोष गर्नुभएको छ,’ राणाले भनिन्, ‘जनता भोकै नमर्नका लागि चाहिने भनेको आर्थिक विकास र समृद्धि नै हो । यो सरकारले रोजगारीमूलक आर्थिक समृद्धि तथा सुशासनसहितको आर्थिक समृद्धिलाई जोड दिएर अघि बढेको छ ।’ नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटाले अबको राजनीति सडकमा नभई विकास र समृद्धिमा केन्द्रित हुने बताए । ‘अब राजनीतिक सूचकांक र उपलब्धिका व्याख्या बदलिएका छन् । अब आर्थिक सूचकांकले नै सरकारका सफलतालाई स्थापित गर्नेछन्,’ सम्पादक देवकोटाले भने, ‘रोजगारी कसरी सिर्जना हुन्छ, जनताको जीवनस्तरमा के कति परिवर्तन हुन्छ, त्यही कुराले प्रादेशिक सरकारको सफलता र असफलता तय गर्नेछ ।’ अहिले प्रादेशिक सरकारको सफलता र असफलताले राजनीतिक प्रणालीको सफलता वा सफलता तय गर्ने बिन्दुमा देश आइपुगेको देवकोटाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending