Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

निजी क्षेत्र अलग राखेर समृद्धि हासिल हुँदैनः मुख्यमन्त्री पौडेल

\"\"हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी क्षेत्रलाई अलग राखेर विकास र समृद्धि हासिल गर्न नसकिने बताएका छन् । नयाँ पत्रिका राष्ट्रिय दैनिक, नेपाल उद्योग वाणिज्य महासंघ र आर्थिक पत्रकार समाज(सेजन)को आयोजनामा बिहीबार हेटौँडमा भएको प्रादेशिक आर्थिक बहस कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकास र समृद्धिका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहने बताए । ‘समृद्धिको बहस सुरु भयो । संघीयता असफल हुँदैन । निजी क्षेत्रलाई अलग राखेर विकास गर्छु भन्नु गलत साबित हुन्छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ–सहकार्य आवश्यक छ मुलुकको विकासका लागि । ३ नम्बर प्रदेश आफैँमा समृद्ध छ । अझै बढी समृद्धि आवश्यक छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘निजी क्षेत्रले गरेको गाली समृद्धिका लागि हुनुपर्छ, सबैको एउटै सोच र मान्यताले मात्रै प्रदेशको समृद्धि सम्भव हुन्छ ।’ उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सोचेजस्तो संविधान र स्थायी सरकार पाएकोमा उद्योगी व्यवसायीहरू खुसी भएको बताइन् । अब विकास र समृद्धि टाढा नरहेको उनको भनाइ छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली भोकै नमर्ने उद्घोष गर्नुभएको छ,’ राणाले भनिन्, ‘जनता भोकै नमर्नका लागि चाहिने भनेको आर्थिक विकास र समृद्धि नै हो । यो सरकारले रोजगारीमूलक आर्थिक समृद्धि तथा सुशासनसहितको आर्थिक समृद्धिलाई जोड दिएर अघि बढेको छ ।’ नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटाले अबको राजनीति सडकमा नभई विकास र समृद्धिमा केन्द्रित हुने बताए । ‘अब राजनीतिक सूचकांक र उपलब्धिका व्याख्या बदलिएका छन् । अब आर्थिक सूचकांकले नै सरकारका सफलतालाई स्थापित गर्नेछन्,’ सम्पादक देवकोटाले भने, ‘रोजगारी कसरी सिर्जना हुन्छ, जनताको जीवनस्तरमा के कति परिवर्तन हुन्छ, त्यही कुराले प्रादेशिक सरकारको सफलता र असफलता तय गर्नेछ ।’ अहिले प्रादेशिक सरकारको सफलता र असफलताले राजनीतिक प्रणालीको सफलता वा सफलता तय गर्ने बिन्दुमा देश आइपुगेको देवकोटाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending