Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती

\"\"धनगढी । प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर भित्र्याउने गरेको पाइएको छ। बजारमा बेचिने कपडादेखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ। सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ। कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– ‘तयारी कपडा, थानको कपडा, मोटरपार्टस्, हार्डवेयर र भाँडाकुँडाका सामान ९० प्रतिशत चोरी तस्करीबाट भित्रिरहेको छ’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढी बजारका हार्डवेयर, भाँडाकुँडा र कपडाका पसलमा बेचिने भारतीय सामानको १० प्रतिशत मात्रै भन्सार हुने गरेको छ।’ थानमा भएको कपडामा ३० प्रतिशत, रेडिमेड कपडामा ४० प्रतिशत र मोटरपार्टस तथा हार्डवेयरको सामानमा ४५ प्रतिशतभन्दा बढी भन्सार महशुल तोकिएको छ। वार्षिक पौने चार अर्ब भन्सार राजस्व लक्ष्य तोकिएको कैलाली भन्सारमा बढी भन्सार लाग्ने सामान चोरी तस्करी भइरहेको हो। धनगढीदेखि टीकापुरसम्म दुई सय ३५ वटा हार्डवेयर पसल संघमा दर्ता छन। एक सयभन्दा बढी व्यवसायीले संघको सदस्यता नलिएका हार्डवेयर संघ कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए। उनले भने, ‘हार्डवेयरको सामानमा फलामे छड र सिमेन्टबाहेकेका सबै सामान भारतबाटै आयात हुन्छ।’ प्रदेश नम्बर ७ का महाकाली र सेती अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्यांकका आधारमा सवा लाख सवारीसाधन दर्ता छन्। कैलाली र आसपासमा ती सवारीसाधनमा लाग्ने पार्टस तीन सयभन्दा बढी पसल छन्। ‘यी सबैजसो सामान भन्सार छलेर आइरहेका छन्’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले भने। कैलाली भन्सार कार्यालयले साउन यता हार्डवेयरका सामानको तीन करोड ३० लाख, कपडाको १९ लाख, र मोटस पार्टसको ४६ लाख मात्रै भन्सार संकलन गरेको छ। मासिक अनुपातमा ३४ करोड राजस्व संकलन लक्ष्य पाएको कैलाली भन्सार कार्यालयमा यी सामान नगन्य आउने गरेको भन्सार कार्यालयको ठहर छ। ‘एक सय एक किलोमिटर लामो सिमानाको कुरा त परै छोडौं, भन्सारसँगै जोडिएको मोहना नदीको घाट नम्बर १ देखि ६ सम्म शसस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमै तस्करी भइरहेको छ’, भन्सार कार्यालय नजिकैको तिल्केताल टोल सुधार समितिका अध्यक्ष मणीराज जोशीले भने, ‘हामीले एकै रातमा पाँच लाख बराबरको सामान पक्रेर भन्सारलाई बुझाएका छौं।’ कैलाली भन्सार कार्यालयले साधन स्रोतको अभाव भएकाले पनि तस्करी नियन्त्रण गर्न नसकिएको जनाएको छ। कैलाली भन्सारका सूचना अधिकारी उप्रतीले भने ‘द्वन्द्वकालमा विस्थापित भएका कैलालीका चार वटा छोटी भन्सार अझै पुनस्र्थापना भएका छैनन्। भन्सार गस्ती भनेर छुट्टै गस्ती टोली दिएको छैन। भएको एउटा सवारीसाधन पनि प्रदेश मन्त्रालयमा लगिसकेको छ। शसस्त्र प्रहरी सीमा सुरक्षा बल कैलालीका प्रवक्ता शसस्त्र प्रहरी नायव उपरिक्षक खगेन्द्र चन्दले भने १ सय १ किलोमिटरको खुला सीमानामा दुई वटा मात्रै पोष्ट रहेकाले एउटाले ५० किलोमिटरको क्षेत्र हेर्न नसकेको बताए। यस्तै कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले पनि प्रहरीको संलग्नतामा तस्करी भएको प्रमाण दिए त्यो प्रहरीलाई कारबाही गर्ने बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending