Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अझै मिलेन कांग्रेसको विवादः देउवा पक्षद्वारा अग्रिम महाधिवेशनको विरोध

\"\"काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् । संस्थापन इतर पक्षले संघीय संरचनाअनुसार रुपान्तरण हुने पार्टीको निकायलाई पूर्णता दिन अग्रिम महाधिवेशनको माग गरीरहेका बेला देउवा पक्षीय सदस्यहरुले भने विरोध जनाउँदै सभापति देउवाको बचाउ गरेका हुन् । कांग्रेसको महासमिति बैठकमा विधान संशोधन गर्ने तयारी छ । आजको कान्तिपुर दैनिकमा खबर छ–कांग्रेसको पार्टी संरचना अहिले ७५ जिल्ला, २ सय ४० निर्वाचन क्षेत्र र झन्डै चार हजार संख्याको स्थानीय निकायमै आधारित छ । राज्यको संघीय संरचनाअनुसार जाँदा ७७ जिल्ला, १ सय ६५ प्रतिनिधिसभा र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र अनुसारको पार्टी संरचनामा जानुपर्ने हुन्छ । विधान संशोधन गर्नासाथ नयाँ संरचनाअनुसार पार्टीको संरचना तयार गर्न १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाउनु पर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितले दबाव दिँदै आएका छन् । तर, संस्थापन पक्षका सदस्यहरुले तत्कालका लागि तदर्थ समिति बनाउन उपयुक्त हुने भन्दै अग्रिम महाधिवेशनको विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले लिखित रुपमै अग्रिम महाधिवेशनको माग बैठकमा प्रस्तुत गरेका थिए । ‘अर्ली महाधिवेशनमा नलागौं’ बिहीबारको बैठकमा बोल्दै नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘यही विषयलाई लिएर सभापतिलाई कमजोर बनाउन खोज्दा अन्ततस् पार्टी कमजोर हुन्छ ।’ उनले संसदीय दलको नेतामा उम्मेदवार नबनाउन धेरैतिरबाट कसरत हुँदा समेत सभापतिले अत्यधिक मतबाट विजयी भएको बताउँदै कार्कीले थपे, ‘अहिले पनि पार्टीभित्र सभापतिकै पक्षमा जनमत बलियो छ । सस्तो लोकप्रियताका लागि कोही पनि नलागी पार्टीलाई एक बनाउने दिशामा लाग्यौं ।’ भारतीय नाकाबन्दीमा पार्टी नबोल्नुलाई भने उनले गल्ती भएको बताए । ‘हामीले भारतलाई नाकाबन्दी नगरी मित्रवत् व्यवहार गर्न कन्भिन्स गर्न सक्नु पर्थ्यो’ कार्कीले भने, ‘हाम्रो कमजोरी र भूलले राष्ट्रियताको मुद्दा अहिले ओली ब्रान्ड बन्न पुगेको छ ।’ उनले निर्वाचनमा पार्टी हार्नुमा नेतृत्वको दोषमात्रै नभएको दाबी गरे । ‘मूल कारण एमाले र माओवादी केन्द्रको गठबन्धन नै हो । कांग्रेसले पनि माओवादीसंग गठबन्धन गरेर निर्वाचनमा गएको भए हाम्रै अवस्थामा एमाले हुने थियो’ उनले भने, ‘भरतपुरको पाठले पनि हामी माओवादी केन्द्रसँग गठबन्धन गर्न सकेनौं ।’ राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनका कारण बिहीबार केही छिनमात्रै बैठक बसेको थियो । बैठकमा कार्की, केन्द्रीय सदस्य भीष्म आङदेम्बे, महेन्द्र यादव र रमेश रिजालले मात्रै मन्तव्य राखेका थिए । चारै जना देउवा पक्षीय सदस्य हुन् । उनीहरू सबैले नेतृत्वको बचाउ गर्दै पार्टीभित्र विवाद र ध्रुवीकरण नबढाउन आग्रह गरे । रिजालले कांग्रेस मन नपराउनेलाई बैकल्पिक पार्टीमा जाने अवसरसमेत भएकाले पार्टीले कार्यकर्ता पंक्तिलाई सन्तुष्ट बनाउने गरी काम गर्नुपर्ने बताए । बैठक शुक्रबार बिहानदेखि नै बस्दैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending