Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

किशोरीको रहस्यमय मृत्यु, बलात्कारपछि हत्या आशंका

\"\"सुर्खेत । एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ। एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत फेला परेकी थिइन्। घटनामा संलग्नताको आशंकामा प्रहरीले एक ट्राफिक प्रहरीसहित तीन जनालाई पक्राउ गरेको छ। डेराबाहिर लगेर किशोरीलाई बलात्कार गरिएको र हत्या गरेर कोठामा छोडिएको अनुमान प्रहरीको छ। प्रहरी जवानकै नेतृत्वमा सोमबार मध्यराति किशोरीलाई डेरादेखि टाढा चौरमा पु¥याएर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले अस्थायी ट्राफिक पोस्ट, बाबियाचौरमा कार्यरत प्रहरी जवान हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो। सोमबार मध्यराति साढे १२ बजे प्रहरी जवान कोइराला र स्थानीय युवक लक्ष्मी बास्तोलाले गोरीकलालाई डेराबाट मोटरसाइकलमा राखेर लगेका थिए। इलाका प्रहरी कार्यालय, बाबियाचौरभन्दा करिब दुई सय मिटर टाढाको चौरमा लगेर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेको पाइएको सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। उनले भने, ‘किशोरीको मोबाइल डिटेल अध्ययन गर्दा प्रहरीको पनि संलग्नता देखियो, मध्यराति चौरमा लगेर यौनजन्य अपराध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’ किशोरीको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन्। घटनामा संलग्न रहेको आशंकामा गोरीकलालाई प्रहरी जवान कोइरालाको जिम्मा लगाउने स्थानीय माझीगाउँका २० वर्षीय युवक लक्ष्मी बास्तोला र डेरामा छोड्न जाने लक्ष्मीका दाइ खुमप्रसाद बास्तोलालाई पनि प्रहरीले नियन्त्रणमा राखेको छ। ‘मदिरा सेवन गरेर मातेको पाइयो, चौरमा लिएर किशोरीमाथि यौनजन्य क्रियाकलाप गरेर डेरामा छोडिएको अनुसन्धानले देखाएको छ तर हत्या वा दुर्घटनाबाट मृत्यु हो, पोस्टमार्टम रिपोर्टपछि मात्र यकिन हुन्छ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending