Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

वैदेशिक रोजगारीमा गएका एकै परिवारका ३ भाइको मृत्यु

\"\"म्याग्दी । म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् । धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । आजको नयाँपत्रिका दैनिकमा खबर छ–बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर, उनको सपना मलेसियामै समाप्त भयो । रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए । तर, झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुरमात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साताअघिमात्रै नेपाल फर्किएका थिए । मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । ‘सम्पती कमाउन गएको परिवारको सदस्य नै गुमेपछि अब के नै आशा बाँकी रहयो र १’ थमबहादुरले भने, ‘दुई दाइको निधन भएपछि भाइ र मैले नै जेनतेन घरपरिवार सम्हाल्दै आएका थियौँ, भाइले पनि संसार छोडेर गयो ।’ थमबहादुरसँगको अन्तिम भेटमा धर्मलालले भनेका थिए रे, दशैँमा घर आउँछु र विहे गर्छु । भाईको बचन सुनाईदिँदा बुढी आमा बुहारी पाउने आशले उद्देलित भएको थमबहादुरले स्मरण गरे । तर, अहिले यी सब उनलाई सपनाझैँ लागिरहेछ । ‘हप्ता दिनअघि हाँसी हाँसी विदा भएको भाईलाई बन्द बाकसमा भेट्दा सपनाझैँ लागेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्दै गर्दा उनले भने । पहिले दुई छोराको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । त्यतिबेला मृत छोराका मुहार हेर्न लिलामति र धनबहादुर काठमाडौं नै आएका थिए । तर, अहिले उनीहरु दुवै काठमाडौं आउने अवस्था छैन । त्यसैले बाबुआमाको आग्रहमा थमबहादुर भाईको शव लिएर म्याग्दीतिर हिँडिसकेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शव लैजान गाडीको व्यवस्था मिलाइदिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending