Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

असुरक्षित बन्दै नेपाल, नौ महिनामा दुई दर्जन बलात्कृत

\"\"ललितपुर । घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। आजको अन्नपूर्णपोष्टमा खबर छ–अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो कपडा खोलेको बालिकाले बताएकी छन्। प्रहरीले उनलाई पक्राउपछि अनुसन्धान गरिरहेको छ। घटना ३ चैत ८ गते ललितपुरको बडीखेलमा सानुभाइ पहरी आफ्नै भान्जीको कोठामा चिया खाने निहुँ पारेर गए। चिया पकाउने भाँडो माझ्न लाग्दा उनले जबर्जस्ती तानेर भान्जीलाई ‘बाथरुम’भित्र लैजान खोजे। भान्जीले प्रतिकार गरिन्। त्यसक्रममा उनको कुर्ता च्यातियो र नङसमेत गाडियो। घटनाबारे सातदोबाटोस्थित प्रहरी वृत्तमा जाहेरी दर्ता भएको छ। यसरी ललितपुरमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन्। उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन्।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन्। चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन्। तीमध्ये तीन घटनामा बालिका पीडित छन्। चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो। चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए। रेग्मीका अनुसार सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए। चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन्। ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने। उनका अनुसार ‘बेइज्जत हुने’ भन्दै कतिपय घटना आपसमा मिलाउने गरिएको छ। घटना बाहिर सार्वजनिक भइसकेपछि मात्रै प्रहरीकहाँ पुग्ने प्रवृत्ति देखिएको उनले बताए। खासगरी बढी उमेर समूहका बालात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतो हुने गरेको छ। ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको कथन थियो। साउनयता जावलाखेल प्रहरी परिसरमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन्। जावलाखेल प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दले असार मसान्तयता नौ महिनामा ललितपुर जिल्लाभर २४ वटा बलात्कारका घटना भएको बताए। सातदोबाटो वृत्तका डीएसपी सिलवालले अचेल यौन दुव्र्यवहारका घटनालाई ‘जबर्जस्ती करणी उद्योग’ अन्तर्गत दर्ता गर्ने प्रचलन बढेको उल्लेख गरे। घटना ढाकछोप गर्नेभन्दा सम्बन्धित पक्षलाई सुझाव र परामर्शका माध्यमबाट न्यायका लागि उत्प्रेरित गर्ने गरिएको सिलवालले बताए। ‘कानुनी कारवाही हुने कुरामा विश्वस्त भएपछि बलात्कार र यौन दुराचारका घटना बाहिर आउन थालेका छन्’, उनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending