Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

किम जोङ चिनियाँ सरकारलाई खबर नगरी सुटुक्क किन पुगे बेइजिङ ?

\"\"बेइजिङ । जापानी सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन रेलबाट चीन आएको समाचार सम्प्रेषण गरेका छन्। ब्लुमबर्गले तीनवटा अज्ञात सूत्रले जानकारी दिएको बताउँदै यो खबर उल्लेख गरेको छ। सन् २०११ मा उत्तर कोरियाली नेताको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा भएको मानिएको छ। आजको अन्नपूर्णपाेष्ट दैनिकमा खबर छ–आगामी मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट हुनुपूर्व उनले चीनको यात्रा गरेको अनुमान गरिएको छ। किमको यात्राको विस्तृत जानकारी अहिलेसम्म थाहा हुन सकेको छैन। बेइजिङसँगको सम्बन्ध सुधारका लागि उत्तर कोरियाली नेता चीन आइपुगेको सम्पर्क सूत्रलाई उद्धृत गर्दै ‘क्योदो’ समाचार समितिले दाबी गरेको छ। गत वर्ष उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको पक्षमा चीनले संयुक्त राष्ट्रसंघमा मतदान गरेको थियो। चीनले उत्तरलाई आफ्ना आणविक कार्यक्रम स्थगित गर्न पनि सुझाव दिएको थियो। निपोन समाचार सञ्जालको एउटा फुटेजमा हरियो रंगको रेल बेइजिङ आइपुगेको देखाइएको छ। वर्तमान नेता किमका पिता सन् २०११ मा चीनयात्रामा आएको जस्तै रेल देखाइएको छ। उत्तर कोरियाली नेताहरूले सुरक्षाको कारण देखाउँदै रेलबाट यात्रा गर्ने गरेका छन्। हाल उत्तर कोरियाको सबैभन्दा नजिकको मित्र चीन नै हो। क्योदोले उक्त रेल चीनको सीमावर्ती शहर तान्ताङबाट बेइजिङ गएको उल्लेख गरेको छ। यसैगरी रोयटर्सका सञ्चारकर्मीले पनि उत्तर कोरियाली नेता रेलबाट तान्ताङको यात्रा गरेको जानकारी दिएका छन्। बेइजिङ र तान्ताङको दूरी १ हजार २ सय किलोमिटर छ। सामान्य रेलबाट यात्रा गर्दा उक्त दूरी १४ घण्टामा पूरा हुने गरेको छ। चिनियाँ सामाजिक सञ्जालमा पनि यो सूचना आएको छ। तान्ताङका बासिन्दाले त्यहाँको रेल स्टेशनमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको जानकारी दिएका छन्। उत्तर कोरियाली नेता यो बाटो हुँदै गएकाले यसले पुष्टि हुने उनीहरूको भनाइ छ। सोमबार मध्याह्नमा बेइजिङमा पूर्वी भागदेखि पश्चिमी क्षेत्रसम्म सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिन्थ्यो। कुनै कुनै घरमा पस्न पनि रोक लगाइएको थियो। चिनियाँ प्रहरीले थ्यानमन (तियानमन) स्क्वायरबाट सबै पर्यटकलाई हटाएको छ। ग्रेट हल अफ दि पीपलमा चीनका वरिष्ठ नेताहरूले विदेशका राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई महत्वपूर्ण भेट गर्दा मात्रै त्यहाँबाट पर्यटकलाई हटाउने गरिएको छ। सोमबार साँझ ग्रेट हलको बाहिर सयौं सुरक्षाकर्मी देखिन्थे। रोयटर्सले पनि सोमबार साँझ कुनै विदेशी नेता स्टेट गेस्ट हाउसतर्फ गएको उल्लेख गरेको छ। त्यस बेला कालो सिसा भएको लिमोजिन गाडीमा उनी गएको उल्लेख गरेको छ। उक्त गाडीलाई प्रहरीले स्कर्टिङ गरेको बताइएको छ। चिनियाँ सैन्य सूत्रले पनि किम जोङ उन बेइजिङ आएको कुरा अस्वीकार गर्न नसकिए पनि पुष्टि गर्न पनि नसकिने बताएको रोयटर्सले दाबी गरेको छ। किम जोङ इलले बेइजिङको यात्रा गर्दा पनि चीनले कुनै जानकारी दिएको थिएन्। उनी प्योङयाङ फर्किएपछि मात्रै चीनले उनको यात्रा भएको पुष्टि गर्ने गरेको थियो। किम जोङ इलले कडा सुरक्षा व्यवस्थाबीच व्यक्तिगत रेलबाट चीन र रूसको यात्रा गर्ने गरेका थिए। आफ्नो सुरक्षामा खतरा हुने भन्दै उत्तर कोरियाली नेताहरूले जहाजबाट यात्रा नगरी व्यक्तिगत रेलबाट गर्ने चलन छ। भ्रमणबारे थाहा छैनः चीन उत्तर कोरियाली नेता किम वा कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्ला भएको बताएका छन्। उनले भने, ‘यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिक रूपमै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन।’ यस विषयमा कुनै सूचना प्राप्त भएमा त्यसलाई सार्वजनिक गरिने उनले दाबी गरे। यद्यपी चिनियाँ विभिन्न सूत्रले किम भ्रमणमा आएको पुष्टि गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending