Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीले राजदुत थर्काएपछि...

\"\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञसँगको छलफलमा नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट पीडित हुन नहुने बताएका छन्।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित दिवा भोजमा मंगलबार उनले विदेशी स्वार्थप्रेरित एजेन्डाबाट नेपाल र नेपाली पीडित हुन नहुनेमा कूटनीतिज्ञलाई सावधान गराएका हुन्। विवादित ईयू प्रतिवेदनमाथि दुई दिनअघि कडा टिप्पणी गरेका ओलीले मंगलबार नियोगका कूटनीतिज्ञसामु आफूहरू आन्तरिक मुद्दा सल्टाउन आफैं सक्षम भएको बताउँदै नेपालका आन्तरिक मामिलामा अनावश्यक चासो नराख्नसमेत आग्रह गरे। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–ठूलो मूल्य चुकाएर आफूहरूले शान्ति स्थापना गर्न सकेको बताउँदै उनले नेपालको शान्ति र स्थायित्व खलबल्याउने प्रयास कसैलाई पनि नगर्न चेतावनी दिए। उनले भने, ‘अब नेपाली समाजमा हिंसा स्वीकार्य छैन। नेपालको सामाजिक एकता भाँड्ने र सद्भाव बिथोल्ने कुनै पनि दुष्प्रयास गर्नेलाई सबै नेपाली एकजुट भएर पराजित गर्नेछौं।’ प्रधानमन्त्री ओलीले जननिर्वाचित संविधानसभाबाट जारी प्रगतिशील र लोकतान्त्रिक संविधान र राजनीतिक रूपान्तरण प्रक्रियाका साक्षी नेपालस्थित विदेशी कूटनीतिज्ञहरू नै भएको पनि बताए। उनले एक दशकयता भइरहेको तीव्र राजनीतिक रूपान्तरणबाट सबै क्षेत्र प्रभावित भएको पनि उल्लेख गरे। समावेशीता नै नेपालको संविधानको मूल मर्म भएको भन्दै ओलीले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को सफलतापूर्वक सम्पन्न चुनावलाई अर्को कोसेढुंगाका रूपमा व्याख्या गरे। ‘सबै निर्वाचित निकायमा महिला प्रतिनिधित्व ४१ प्रतिशत रहेको जानकारी गराउन पाउँदा म औधी गौरवान्वित छु, यो धेरै ठूलो उपलब्धि हो’, उनले भने, ‘महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन हाम्रो अथक प्रयास हुनेछ।’ प्रधानमन्त्री ओलीले स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता हुन नसक्ने अडान दोहोर्‍याए। उनले सबै नेपालीले राष्ट्रको कहिल्यै पराधीन हुनु ९कसैको उपनिवेश बन्नु० नपरेकोमा गर्व गर्दै भने, ‘नेपालीका लागि देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय हित र स्वतन्त्रताको रक्षा नै राष्ट्रियता हो।’ प्रधानमन्त्री ओलीले सरकारको विदेश नीति पञ्चशीलका आधारमा हुने जनाएका छन्। विदेश नीति प्रस्ट्याउँदै उनले भने, ‘हाम्रो विदेश नीति असंलग्न नीति, संयुक्त राष्ट्रसंघ ९यूएन० बडापत्र र अन्तर्राष्ट्रिय कानुनमा आधारित हुनेछ।’ उनले सबैसँग मित्रता, कसैसँग पनि वैमनश्यता नहुने नीति सरकारले अख्तियार गर्ने भन्दै थपे, ‘आपसी हित र स्वार्थका आधारमा छिमेकी भारत र चीनका साथै सबै अन्तर्राष्ट्रिय देशसँग बहुआयामिक सम्बन्ध स्थापना हुनेछ।’ उनले वैदेशिक लगानी भित्याउने गरी वैदेशिक नीति अख्तियार गरिने उल्लेख गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending