Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

५ लाख पर्ने सुट लगाएकोबारे उर्जामन्त्री पुनले निकाले यस्तो बिज्ञप्ति

\"\"काठमाडाैं । उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै पुनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् । ‘कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्यबिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगतरुपमा आक्षेप लगाउने नियतका साथ आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतिले नै प्रष्ट पारेको छ ।’ उक्त समाचार पढ्दा मन्त्री पुनको चरित्रहत्या गर्न खोजिएको र आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं ।’ ‘आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।’ विज्ञप्तिमा पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ । प्रेस विज्ञप्ति उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनका बारेमा सांघु न्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघु न्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको हामी स्पष्ट पार्न चाहन्छौं । कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्य बिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगत रुपमा आक्षेप लगाउने नियतका साथ आएको छ । यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतीले नै प्रष्ट पारेको छ । माननीय मन्त्रीज्यूले राजनीतिक जीवनमा आजसम्म पाँच लाख त के १० हजारभन्दा माथिको सुट लगाएको प्रमाणित गर्न पनि हामी सांघु न्युजलाई चुनौती दिन चाहन्छौ । यो समाचार पढ्दा मन्त्रीज्यूको चरित्रहत्या गर्न खोजिएको छ भने आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको छ । यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं । आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं । तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ । त्यसैले पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहन्छौं । मितिः २०७४/१२/१२

रोशन खड्का प्रेस संयोजक उर्जा, जलस्रोत एवं सिंचाईमन्त्रीको सचिवालय

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending