Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

प्रदेश ५ मा आर्थिक बहसः निजी क्षेत्रसँग साझेदारी गर्न सरकार तयार

\"\"काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रादेशिक विकासका लागि निजी क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताएका छन् । निजी क्षेत्रले सहयोग गरे विकासमा प्रदेश ५ ले फड्को मार्ने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नयाँ पत्रिका र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रूपमा आइतबार नेपालगन्जमा गरेको ‘प्रादेशिक आर्थिक बहस’ कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यो प्रदेशलाई समृद्ध बनाउन सके देशलाई नै टेवा पुग्ने दाबी गरे । आजको नयाँपत्रिका दैनिकमा खबर छ– प्रदेश ५ लाई ‘मिनी नेपाल’को संज्ञा दिँदै उनले भने, ‘गरिबी र अभाव भए पनि प्रचुर सम्भावना बोकेको प्रदेश हो ।’ मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरेका छन् । ‘निजी क्षेत्रको सहयोगविना विकास गर्न मुस्किल छ । प्रदेशको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गर्न तयार छौँ,’ उनले भने । प्रदेश ५ मा लगानीको वातावरण बनाउने मुख्यमन्त्री पोखरेलले प्रतिबतद्धता जनाएका छन् । ‘तपाईंहरू लगानी गर्न तयार हुनुस्, सुरक्षाको वातावरण बनाउन प्रतिबद्ध छौँ,’ मुख्यमन्त्री पोखरेलले भने । उनले ढोरपाटन सिकार आरक्ष, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई प्रदेशको सम्पत्तिका रूपमा चर्चा गरे । पूर्व–पश्चिम राजमार्गमा पर्ने चुरे पहाडलाई निकुञ्ज घोषणा गरेर पर्यटन प्रवद्र्धनको नीति ल्याउने तयारी भएको बताए । ‘पाल्पादेखि रोल्पासम्मको महाभारत पर्वतमा हिल स्टेसन स्थापना गरी बाह्य तथा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न सकिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने । प्रदेशको विकास गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइने बताउँदै उनले कृषि क्षेत्रको विकास गर्न उद्योगी, व्यवसायीले लगानी गर्नुपर्ने औँल्याए । ‘कृषि क्षेत्रमा लगानी गरे कृषकको आत्मबल बढ्ने र देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन मद्दत मिल्नेछ,’ उनले भने । सिँचाइका लागि कपिलवस्तुको वाणगंगा र सुराही तथा दाङको कटुवा खोला र ग्वार खोलामा हाइड्याम निर्माण गर्न सकिने उनको भनाइ थियो । बाँके, रुपन्देही र दाङलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने बताए । रूपन्देहीलाई चिम्नीरहित जिल्ला बनाउने उद्घोष गरेका मुख्यमन्त्री पोखरेलले तिनाउलाई औद्योगिक करिडोर बनाउने योजना सुनाए । प्राविधिक शिक्षाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो । ‘संघीय सरकारबाट प्रदेश सरकारलाई अधिकार प्रत्योजन हुन नसक्दा योजना बनाउन सकिएको छैन, अधिकार नपाउँदै प्रतिबद्धता जनाउन सकिँदैन,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending