Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

माओवादीको गोप्य भेलामा नेता नारायणकाजीले दिए कार्यकर्तालाई यस्तो निर्देशन

\"\"काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी चैत १९ वा २० गते एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । आज भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले आयोजना गरेको गोप्य प्रशिक्षण कार्यक्रममा पार्टी एकताको मितिबारे खुलासा गरेका हुन् । उनले भने,‘पार्टी एकताको मिति कम्युनिस्ट पार्टी स्थापना भएको दिन ९ बैशाख (लेनिन जयन्ती २२ अप्रिल)लाई तोकिएको थियो । आजको नयाँपत्रिका दैनिकमा खबर छ–तर, अहिले पार्टी एकता चैतको १९ वा २० गते गर्ने गरी तयारी भइरहेको छ, तपाईहरु पनि त्यही अनुसार तयारीमा जुट्नुहोला ।’ एकीकृत पार्टीको अन्तरिम विधान र सांगठानिक संरचनाबारे खाका तयार भइसकेको बताएका श्रेष्ठले आगामी तीन दिन भित्रमा पूर्णता दिनेगरी आजैबाट गम्भिर छलफलमा जुट्ने बताए । उनले भने,‘संविधान कार्यान्वयन र त्यसको विकास, शान्ति र सरकार, वैज्ञानिक समाजवाद निर्माण गर्ने विषयमा सहमति भइसकेको छ ।’ पार्टी एकता सम्मानजनक रुपमा हुने बताएका श्रेष्ठले सत्तामा पुग्न र पद लोलुप भएर मात्रै एकता हुन लागेको नठान्न विद्यार्थीहरुसँग आग्रह गरे । उनले समाजवाद निर्माणकै लागि पार्टी एकता गर्न लागिएको जिकिर गरे । विद्यार्थीहरुलाई सोही अनुसार तयारी गर्न पनि उनले निर्देशन दिएका छन् । श्रेष्ठले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे हस्तक्षेप गर्न पनि निर्देशन गरे । उनले नेपालको संविधानले अंगिकार गरेको शासकिय स्वरुप संसदीय व्यवस्था अनुरुपको भए पनि राजनीतिक र सामाजिक रुपमा भने संसदीय प्रकारको नभएको जिकिर गरे । नेता श्रेष्ठले नेपालका वामपन्थी दलहरुले सामन्ती व्यवस्था फालेकाले मुलुक अब समाजवादी दिशामा अघि बढ्ने बताए । अहिलेको गणतन्त्र मुलभूत रुपमा पुजीवादी चरित्रकै भए पनि वामपन्थीको वर्तमान सरकारले समाजवादी दिशामा लैजाने बताए । उनले कांग्रेस निरंकुश र स्वेच्छाचारी पार्टी भएको भन्दै रोश प्रकट गरे । श्रेष्ठले कांग्रेसप्रति कटाक्ष गर्दै भने,‘भारतमा विजेपीले चुनाव जितेपछि कस्तो गर्‍यो रु लेनिनको शालिक ढाल्यो । नेपालको कांग्रेस पनि विजेपी भन्दा कम छैन । निकै निरंकुश र स्वेच्छाचारी छ ।’ उनले विद्यार्थी संगठन पार्टीको साखा नभइ विद्यार्थीको पीडा मर्म बुझ्ने संगठन बनाउन पनि निर्देशन दिए । श्रेष्ठले विद्यार्थीहरुलाई समाजवाद उन्मुख शिक्षा प्रणालीको विकासमा जुट्न र संठनमा आन्तरिक कमिकमजेरी भए त्यसलाई मिलाएर अघि वढ्न विद्यार्थी संगठनका नेताहरुलाई निर्देशन दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending