Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

महाभूकम्पमा बेपत्ता ‘कुलिन’हरुका नाममा

तिनले मिडिया उचाल्थे । ती सदैव छाउँथे । ती ‘प्रजातन्त्र’ र ‘लोकतन्त्र’ का कुरा गर्थे । सामाजिक सञ्जालमा उनीहरु भएका बखत अरु बोल्न डराउँथे । ती जन्मजात बोलवाला, बाँकी अरुहरुका बोलिदिने; अरुहरुका अधिकारको खटनपटन गरिदिने । खासमा उनीहरु परिवर्तनका आन्दोलनमा हुन्नथे तर शासकसँगको वार्ता र संवादमा हुन्थे । सडकमा हुन्नथे; टेलिभिजनका स्क्रिनमा चाहिँ ‘अधिकार’ का कुरा गर्थे । परिवर्तन वा अग्रगमनको अन्तिम पहरमा टुप्लुक्क टुप्लिन्थे र ठालु हुन्थे । भन्थे– म नभएको भए अग्रगमन आउँदैनथ्यो । हो जस्तै बनाइदिने मिडिया जो थियो । हो जस्तै बनाएपछि ‘हो’ ठान्ने साधारण मानिसहरु नपाइने कुरै भएन । आज मुलुक विपतमा छ । विपतभर ती कतै देखिएनन् । फुत्त सामाजिक सञ्जालमा आए र ठालु कुरा गरेर लुत्त भागे । विपत सम्हालिँदै गर्दा ती आउने बेला भयो । यहाँ ती अर्थात् माथि भनिएकाहरुको अर्थ ‘कुलीन’ मानिसहरु हुन् भन्ने बुझौं । ती आउने बेला भयो । ती छाउने बेला भयो । मोबाइलमा भूकम्पमापन यन्त्र बोकेर ती पक्कै पल्लो टोलमा चाउचाउ बाँड्न पुगेको हुनुपर्छ । कुलीनहरु चाउचाउ बाँडेको फोटोसहित आउँछन् । भूकम्पप्रतिरोधी महलमा बसेर तिनले डलरका योजना बनाउन पक्कै भ्याए । घर लडेका गाउँका मानिसहरुलाई ती जीवनदाता झैं लाग्नेगरी आउँछन् । २–४ जागिरदार आफ्नाहरुले उनका लागि घरले किचेका मानिसहरुका फोटा बटुले होलान् । आमा–बा गुमाएर स–साना लालाबाला रुँदै गरेका करुण तस्बिर उनीकहाँ पुगे होलान् । ती फोटा ‘म्याकबुक प्रो’ को ‘पोर्ट’ हुँदै यतिबेला युरोपमा आँशु बगाउँदै होलान् । ती आएनन्, जतिबेला घर लड्दै थियो । विनाशकारी भूकम्प पैसो सिद्धिएको मोबाइलबाट ‘मिसकल’ मारे झैं गर्दै थियो । ती ज्यान जोखिममा पारेर पत्रकारले खिँचेका ‘फुटेज’ हरुलाई रेकर्डएवल टेलिभिजनमार्फत रेकर्ड गर्दै बसे; जसलाइ भोलि युरोपतिर देखाएर डलरमा साट्न पाइयोस् ।   मानिसहरु सडकमा किचिएर मर्दा तिनका फराकिला बंगलामा आम मानिसहरुले प्रवेश पाएनन् । मानिसहरु घाइते थिए । प्रत्येक नेपाली उद्धारकर्ता बनेका थिए र पनि उद्धारकर्ता पुगेका थिएनन् । ती कुलीनहरु शान्त थिए । तिनलाई खाद्यान्न नपाइने चिन्ता थियो । तिनका ढोकामा बिहान आउने दूधको पोकाको उनलाई शोक थियो । तिनलाई काठमाडौंमा मानिसहरु मरेपछि फैलन सक्ने महामारीको चिन्ता थियो । अहँ ती आएनन् । ती आउँथे– सडकमा कुनै अग्रगमनकारीले परिवर्तनका कुरा गरे भने रोक्न आउँथे । तिनलाई परिवर्तनसँग खुब झोंक चलेको होला, शायद !  ती ‘सेता टी–सर्ट’ लगाएर आउँथे । तिनलाई बन्द या हड्तालले खास कठिन के हुन्थ्यो ? छ दिनको बन्दमा समेत हजारौं टी–सर्ट छाप्न भ्याउँथे । तिनका टी–सर्ट भिर्नेहरु पनि हुन्थे । ती कुलीनहरुलाई पशुपतिको भारतीय पुजारी फेरिएर नेपाली आउला भन्ने ठूलो डर थियो र सडकमा आउँथे । ती सडकबाट जनाधिकार स्थापित होला भन्ने डरले ‘सत्ता कब्जा’ को कुरा गर्थे । उतिबेला कुलीनहरुलाई कटवालको खुब ठूलो चिन्ता थियो । जनताको एउटा प्रतिनिधिले निरंकुश सैनिक जनरल कटवाललाई हटाउला भन्ने त्रासमा सयौंको फौज बनाउन तिनले भ्याए । र, उनै जनरलको पक्षमा ती सडकमा आए । ती भारतीय पूजारीको पक्षमा सडकमा आए । ती खोपीका राष्ट्रपतिलाई धन्सारमा निकाल्न आए । नारा लगाए । जनअधिकारका ठूलठूला कुरा गरे; जीवन न्यौछावर गर्ने बताए । आज केही खतरा मोलेर भए पनि जनताको दुःखमा आउनुपर्ने दिन चाहिँ ती आएनन्, हराए । शायद ती डराए । बिचरा ! तिनले अहिले ‘टी–सर्ट’ छाप्ने ठाउँ पाएनन् होला । तिनले तयार पारेका ‘टी–सर्टधारी’ पक्कै तीभन्दा गुनी छन् । तिनको वर्ग अहिले आपतमा परेको वर्ग हो त्यसैले उनीहरु उतै गए होलान् । कुलीनहरुले ‘मोबाइल नेटवर्क’ भेट्टाएनन् होला । तिनका क्यामेरामा ब्याट्री सिद्धिएकाले ‘चार्ज’ भएनन् होला । आऊन् पनि कसरी ? आफैंलाई झन् ठूलो आपत परेका बेला ! टी–सर्ट छाप्ने ठाउँ छैन । टी–सर्ट लाउने मान्छे छैनन् । मोबाइल नेटवर्कले काम नगरेपछि ‘पप्पी’ (घरपालुवा कुकुर) ले के खायो– कसरी सोधून् ! बत्ती थिएन, क्यामराको ब्याट्री चार्ज कसरी गरुन् ! प्रकोपमा परेका जनतालाई आफूले साथ दिएका फोटा पनि कसरी खिचून् ! र, ती विचरा कसरी आऊन् ? अब आउँछन् । भूकम्प गयो । भूगर्भविद्हरुले ‘अबका केही वर्ष ठूला भूकम्प आउनै नसक्ने’ बताइसके । यसो भएपछि झन् अब उनीहरु आउँछन् । संसारका कुना–कुनाबाट उद्धारकर्ता आए र उद्धार गरिवरी फर्किए । एक हदसम्म प्रभावित क्षेत्रहरु शान्त जस्ता पनि भए । सडकमा बसेका मानिसहरु पनि घर–घर फर्किए । काजक्रिया पनि सकिँदैछ । मानिसहरुले गोठ नभए पनि ओतमा बस्न आफूलाई अभ्यस्त बनाइसके । स–साना नानी–बाबुहरु पनि ‘अब त आउँदैन’ भन्न थालिसके । यति भइसकेपछि कुलीनहरु आउँछन् । जनताका गीत गाउँछन् । दुःखमनाउ गर्दै फलाक्छन् । प्याजका गान्टा झोलाभरि हालेर अब ती गोरखाको बारपाक जान्छन् । आँशु बगाएका जनतासँगै आफ्ना आँखामा प्याज दलेर रसाउने बनाउँछन् । २–४ थान थोत्रा पाल र २–४ बोरा चामल फ्याँकेर अवश्यै तिनले ‘फोटोसेसन’ गर्छन् । अ, अब छाउने बेला भयो– प्रेसमा तिनका भैंसी–अक्षर । स्क्रिनमा तिनका डलरे अनुहार आउँछन् । तिनले पुनर्निर्माणको अन्तर्राष्ट्रिय महाभारत फलाक्छन् । तिनले राहत र पुनर्वासको सौर्यकल्पना पनि बाँड्छन् । कुलीनहरुले यसो गरिरहँदा नियालेर हेरौं– उनका आँखामा हरिया डलर नाचिरहेका हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies