Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

प्रदेशमा यातायातका साधनको चरम समस्या हुँदा सिंहदरबारमा तीन सय गाडी अलपत्र

\"\"काठमाडौं । प्रदेशका उच्च पदाधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् । सरकारले सामान्य रूपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन बिग्रँदै र थन्किँदै गएका हुन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालयनजिक तथा सिंहदरबारभित्रकै ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएको अवस्थामा अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ । केही दिनअघि प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको छलफल कार्यक्रममा सबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नुपरेका मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सयौं गाडी मर्मत गरेर पठाउनेबारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन । प्रधानमन्त्री कार्यालयले केही महिनाअघि बिग्रिएका गाडी मर्मत गर्न सकिने खालका भए मर्मत गरेर प्रयोगमा ल्याउने र मर्मत हुन नसक्नेलाई लिलामी गर्नुपर्ने भन्दै त्यसका लागि कार्यालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा प्रक्रिया अघि बढाएको थियो । सचिव राईले विभिन्न कारणले सो कार्य रोकिए पनि अब त्यस्ता गाडीको अवस्थाबारे खोजतलास गरी आवश्यक प्रक्रिया थालिने जानकारी दिए । प्रधानमन्त्री कार्यालयका सचिव राईले वर्षौंदेखि सयौं गाडी त्यत्तिकै राखिएको स्विकार्दै अब तिनको शीघ्र व्यवस्थापन जरुरी रहेको बताए । गृह मन्त्रालयका अनुसार गृहमा महँगो र बहुमूल्य मानिएको ७ वटा मर्सिडिज वेञ्जकार नै अलपत्र अवस्थामा राखिएको छ । यो गाडीको सुरुको मूल्य हाल २ करोडभन्दा बढी छ । त्यसैगरी, गृहका २० वडा गाडी बिग्रिएर अलपत्र छन् । गृहका अनुसार परराष्ट्र मन्त्रालयका ५० भन्दा बढी महँगा कार नारायणहिटी दरबारभित्र त्यसै थन्क्याएर राखिएको छ भने सिंहदरबारभित्र वन तथा वातावरण, जलस्रोत ऊर्जा तथा सिँचाइ, कृषि विकास, भौतिक मन्त्रालय, अन्य विभिन्न आयोग तथा नियोग र संसद् सचिवालयको नाममा रहेका सयौं गाडीसमेत त्यत्तिकै अलपत्र अवस्थामा राखिँदै आइएको छ । यसैगरी, महँगा खालका मित्सुबिसी, टोयटा, कोरोलाजस्ता सयौँ गाडी सिंहदरबारभित्र बेवारिस छन् । विभिन्न मन्त्रालयको नाममा रहेका ती गाडी बिग्रिनेबित्तिकै सरकारी अधिकारीले राम्ररी मर्मत गर्न छाडेर त्यसलाई त्यसै थन्क्याएर नयाँ गाडी किन्ने गर्दा सामान्य रूपमा बिग्रिएका र काम लाग्ने गाडीसमेत मिल्काउने गरिएको छ । मन्त्रालयका उच्च अधिकारीले ती गाडीलाई मर्मत गर्ने वा लिलाम गरेर राजस्व आम्दानी गराउने प्रयास नगर्दा अर्बौं मूल्यका गाडी खेर जाने अवस्था आएको गृह मन्त्रालयका चालक एसोसिएसन अध्यक्ष ताराप्रसाद आर्यालले जानकारी दिए । ‘अर्बौं मूल्यका गाडी कुहिएर, मक्किएर त्यसै खेर गइरहँदासमेत सरोकारवाला कार्यालय प्रमुख तथा शाखाका कर्मचारीको ध्यान नजानु दुःखद भएको अर्यालको भनाइ छ । गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखा प्रमुख उपसचिव यदुनाथ पौडेलले अर्बौं मूल्यका गाडी बिग्रिएर त्यसै रहेको भए पनि विभिन्न समस्याका कारण ती गाडीको व्यवस्थापनमा कठिन भएको बताए । यद्यपि, अब त्यस्ता सबै गाडीको मर्मत वा लिलाम गर्नुपर्छ भन्ने विषयमा गम्भीर छलफल सुरु भएको र छिट्टै यो विषयमा टुंगोमा पुगिने उपसचिव पौडेलले दाबी गरे । सिंहदरबारभित्र त्यसै थन्क्याएर राखिएका गाडीका पांग्रा, टायर, अन्य मेसिनरी पार्टपुर्जा दिनहुँजसो चोरिने भए पनि त्यो नियन्त्रण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । बिग्रिएर डम्प गरिएका गाडीका महत्वपूर्ण पार्टपुर्जा दुई÷चार महिना नपुग्दै हराउने गरेको कर्मचारी बताउँछन् । कर्मचारीका अनुसार पुराना गाडी मर्मत गर्दा कमिसन नआउने तर त्यसलाई डम्प गरेर नयाँ किन्दा लाखौं कमिसन आउने लोभले कार्यालय प्रमुखहरू गाडी मर्मत गर्नभन्दा पनि नयाँ खरिद गर्ने काममै बढी सक्रिय हुने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending