Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

जनप्रतिनिधिले तलब नपाउने

\"\"सुर्खेत । कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको लागि पारिश्रमिक नतोक्ने संकेत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले संवैधानिक व्यवस्था औंल्याउँदै यस्तो बताएका हुन् । ‘संविधानमै स्थानीय जनप्रतिनिधिको पारिश्रमिकसम्बन्धी व्यवस्था छैन, बरु सेवासुविधासम्बन्धी दिन सकिने उल्लेख छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक कसरी तोक्न सक्छ  ?’ आजको कान्तिपुर दैनिकमा खबर छ–स्थानीय जनप्रतिनिधिको सेवासुविधा भने कानुनद्वारा तोकिने उनले बताए । कर्णाली प्रदेशका ७९ स्थानीय तहमा सात सय १७ वडा छन् । यस हिसाबले प्रदेश सरकार बनेपछि पारिश्रमिक पाउने आसमा बसेका आठ सय ७५ जनप्रतिनिधि प्रभावित हुनेछन् । पारिश्रमिकसम्बन्धी कानुन संसद्मा पेस गर्ने विभागीय मन्त्रीले नै यस्तो बोलेपछि आफूहरू निराश भएको सुर्खेतका एक जनप्रतिनिधिले प्रतिक्रिया दिए । ‘उहाँहरू आफ्नो लागि पारिश्रमिक तोक्न हतारोमा हुनुहुन्छ, हामीले भने अहिलेसम्म घरबाट खर्च लगेर काम गरिरहेका छौं,’ ती जनप्रतिनिधिले भने । दैलेख, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जनप्रतिनिधिको पारिश्रमिक वा सेवासुविधालाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउनुभन्दा छिटो टुंग्याउनुपर्ने बताए । ‘सेवा सुविधाजस्तो विषयमा हामीले आफै आवाज उठाउनु उपयुक्त हुँदैन, सम्बन्धित निकायले नै छिटो निर्णय लेओस्,’ उनले भने, ‘अन्योल नै हो भने संघीयता लागू भएका अन्य देशमा के कस्तो अभ्यास छ सोहीअनुसार गरे भैगो नि । यसैबीच, शुक्रबार कर्णाली प्रदेश संसद् सचिवालयमा पहिलो विधेयकको रूपमा आर्थिक कार्यविधि विधेयक दर्ता भएको छ । अब बस्ने संसद् बैठकमा उक्त विधेयकबारे छलफल हुने मन्त्री ज्वालाको भनाइ छ । उक्त विधेयकमा कर्णाली प्रदेशमा ‘विद्युतीय लेखाप्रणाली’ लागू गरिने उल्लेख छ । मन्त्रालयका सचिव ढुण्डीराज निरौलाका अनुसार यो विधेयक पास भएर ऐन बन्यो भने प्रदेशको आर्थिक प्रणाली छरितो हुनुका साथै आर्थिक अनियमितता पनि कम हुनेछ । ‘सूत्र’ नामक सफ्टवेयरबाट विद्युतीय प्रणाली सञ्चालन तथा नियन्त्रण हुने उनले बताए । मन्त्री ज्वालाले यही चैतभित्र प्रदेश सरकारले एक अर्ब दुई करोड रुपैयाँको सीमाभित्र रहेर सन्तुलित बजेट ल्याउने तयारी गरेको जानकारी दिए । नयाँ आर्थिक वर्षको लागि भने पूर्ण बजेट ल्याइने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending