Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

चुनावी नतिजामा पछि परेको कांग्रेस कसरी भयो एमाले भन्दा अगाडी ?

\"\"काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी हार बेहोरेको विषयमा समीक्षामा जुटिरहेका कांग्रेस नेता तथा कार्यकर्तालाई राहत दिने खबर छ ।प्रत्यक्षतर्फको लोकप्रिय मतका आधारमा कांग्रेस पहिलो पार्टी भएको छ । सिट संख्याका आधारमा संसदमा ठूलो अन्तरले पछाडि परेको कांग्रेसले लोकप्रिय मतमा भने एमालेलाई उछिनेको हो। आजको कान्तिपुर दैनिकमा खबर छ–निर्वाचन आयोगले तयार पारेको निर्वाचन प्रतिवेदनअनुसार प्रत्यक्षतर्फ कांग्रेसले ३५ दशमलव ७५ प्रतिशत मत ल्याएको हो। संसदमा पहिलो पार्टी बनेको एमालेको मत ३० दशमवल ६८ प्रतिशत मात्र छ। कांग्रेस ५ प्रतिशतले एमालेभन्दा अगाडि देखिएको छ। संसद्मा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै पाएको छ। कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये ६८.६७ प्रतिशत मतदान भएको थियो। खसेको मतको प्रतिशत गणनाका बेला यकिन भएको मतपत्रका आधारमा निकालिएको हो। प्रत्यक्षतर्फ खसेको १ करोड ५ लाख ९४ हजार ४४ मतमध्ये कांग्रेसका उम्मेदवारले ल्याएको कुल मत ३५ लाख ९० हजार ७ सय ९३ छ। एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २ सय ७७ मत पाएको छ। ५ लाखभन्दा बढी मत अन्तरले कांग्रेस अगाडि देखिएको हो। मत संख्यामा तेस्रो स्थानमा रहेको माओवादीले प्रत्यक्षमा ३६ सिट जितेको छ। उसका उम्मेदवारले पाएको कुल मत १५ लाख १० हजार ७ सय ६० छ। प्रत्यक्षतर्फ माओवादीले पाएको मत प्रतिशत १५ हुन आउँछ। प्रत्यक्षतर्फ कांग्रेसले बढी मत पाउनुको कारण उम्मेदवार संख्या एमालेको भन्दा बढी हुनु पनि हो। कांग्रेसले १ सय ५४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो भने माओवादीसँगको तालमेलका कारण एमालेको १ सय ३ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो। माओवादीबाट ५९ उम्मेदवार थिए। तर, देशैभरलाई एउटा निर्वाचन क्षेत्र मानेर समानुपातिकतर्फ प्रतिस्पर्धामा उत्रिएका दलहरुबीच पनि कांग्रेस थोरै मत अन्तरले दोस्रो भएको थियो। यसले पनि मतदाताबीच कांग्रेसको स्थान पूरै खस्किनसकेको देखाउँछ। समानुपातिकमा एमालेभन्दा कांग्रेस शून्य दशमलव ४७ प्रतिशतले मात्रै पछाडि छ। एमालेले समानुपातिकतर्फ कुल खसेको मतको ३३ दशमलव २५ प्रतिशत मत ल्याएको छ भने कांग्रेसले ३२ दशमवल ७८ प्रतिशत। एमालेको मत संख्या ३१ लख ७३ हजार ४ सय ९४ छ भने कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ। एमालेभन्दा कांग्रेस ४५ हजार १ सय ५ मतले मात्रै पछाडि छ। स्थानीय तह निर्वाचनमा पनि दुई दलबीचको मतान्तर यस्तै थियो। स्थानीयमा पनि पहिलो पार्टी बनेको एमालेभन्दा कांग्रेस कुल मतमा ८२ हजार ३ सयले मात्रै पछाडि परेको थियो। एमालेले ३० लाख ६४ हजार ५ सय ४० मत ल्याउँदा कांग्रेसको मत २९ लाख ८२ हजार २ सय ४० थियो। माओवादीले भने प्रत्यक्षमा पाएको लोकप्रिय मतको तुलनामा समानुपातिकमा पाएको मत संख्या कम देखिन्छ। उसले पाएको मत प्रतिशत १३ दशमलव ६६ थियो। समानुपातिकमा एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट र माओवादीले १७ सिट जितेको छ। एक सिटले उछिनेर संसदमा चौथो दल बनेको राष्ट्रिय जनता पार्टी प्रत्यक्षतर्फको कुल मतमा भने संसदभित्रको पाँचौ दल संघीय समाजवादी फोरम नेपाल भन्दा पछाडि देखिएको छ। फोरमका सबै उम्मेदवारले ल्याएको मत प्रतिशत ५ दशमलव २६ प्रतिशत छ भने राजपाको कुल मत प्रतिशत ४ दशमलव ५६ मात्र। समानुपातिकतर्फ भने राजपाले फोरमलाई २ हजार ५३ मत अन्तरले उछिनेको थियो। समानुपातिकमा राजपाले मत प्रतिशत ४ दशमलव ९५ तथा फोरमको ४ दशमलव ९३ थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending